काठमाडौं । रुस–युक्रेन युद्धको आज ३५ औं दिन हो । यस दिनसँग युद्धविरामको आशा पनि देखिएको छ । वास्तवमा, मंगलबार इस्तानबुलमा दुवै देशका प्रतिनिधिमण्डलबीच भेट भएको थियो। यहाँ यो भेटमा दुवै पक्ष आक्रमण कम गर्न सहमत भएक थिए । वार्ताले पुटिन र जेलेन्स्कीबीच प्रत्यक्ष भेट हुने सम्भावना बढाएको छ ।
पुटिन–जेलेन्स्की भेट्न सक्छन्
दुई देशका नेताबीच मंगलबार इस्तानबुलमा भेटवार्ता भएको थियो । यसपछि रुस–युक्रेन युद्धविराम हुने आशा देखिएको छ । यदि रिपोर्टहरू विश्वास गर्ने हो भने, युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्की र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच प्रत्यक्ष वार्ता हुन सक्छ।
कीभबाट पछि हट्यो तर, अरुतिर आक्रमण
रुस र यूक्रेनबीचको वार्ता पछि रुसी सेना यूक्रेनको राजधानी कीभबाट पछि हटेको छ । मस्कोले वार्ताकै कारण पछि हटेको भने बताएको छैन । तर, कीभबाट पछि हटाएपनि रुसले अन्य क्षेत्रमा भने आक्रमणलाई तिव्रता दिएको छ । रिपोर्टहरुका अनुसार जाइटोमिर, खार्किभ डिनिप्रो, पोल्टावामा धेरै ठाउँमा विस्फोटहरुको आवाज सुनिएको थियो।
रुसले युक्रेनी सहर माइकोलाइभमा मिसाइल आक्रमण गरेको छ । यस आक्रमणमा हालसम्म १२ जनाको मृत्यु भइसकेको छ । सोही क्रममा भवन भत्किँदा ३५ जना घाइते भएका छन् ।
सम्बन्धित समाचार
वि.सं.२०७८ चैत १६ बुधवार १२:०८ मा प्रकाशित






























