back
CTIZAN AD

अल्पमतमा परे रवीन्द्र मिश्र, बहुमत सदस्य पुगे निर्वाचन आयोग

वि.सं.२०७८ चैत १६ बुधवार

924 

shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीसँग एकता प्रयासमा जुेटका विवेकशील साझाका अध्यक्ष रवीन्द्र मिश्र अन्ततः आफ्नै पार्टीभित्र अल्पमतमा परेका छन् । उनीविरुद्व बहुमत केन्द्रीय सदस्य उजुरी बोकेर निर्वाचन आयोग पुगेका छन् । विवेकशील साझाका १६३ केन्द्रीय सदस्यमध्ये ९६ जनाले उनीविरुद्व सोमबार आयोगमा उजुरी दिएका हुन् ।

१६३ सदस्यीय पार्टीमा बहुमत पुर्‍याउन ८२ केन्द्रीय सदस्यको आवश्यकता पर्दछ । तर, निर्वाचन आयोगमा बहमुतभन्दा बढी सदस्यले उजुरी बुझाएका हुन् । जसबाट स्पष्ट रुपमै मिश्र अल्पमतमा परेको देखिएको छ । आयोगमा उनीविरुद्व ९६ जना उभिएसँगै उनको पक्षमा मात्रै ६७ जना सदस्य देखिएका छन् ।

आइतबार बसेको विवेकशील साझा पार्टीको केन्द्रीय कमिटी बैठकमा केन्द्रीय सदस्यहरुले अध्यक्ष मिश्रलाई राप्रपासँगको एकताबारे स्पष्ट पार्न भनेका थिए । तर, एजेण्डा नै नभएको विषयमा छलफल नगर्ने भनेपछि बैठक भाँडिएको थियो । बैठकमा चर्काचर्की भएसँगै मिश्रले बैठक आकस्मिक रुपमा अन्त्य गरिदिएका थिए ।

मिश्रको निर्णयप्रति आपत्ति जनाएका नेताहरुले मिश्रलाई नै स्पष्टीकरण सोध्ने निर्णय गरेका थिए । जेष्ठ सदस्य भीमप्रसाद अधिकारीको अध्यक्षतामा बसेको असन्तुष्ट समूहको बैठकले मिश्रलाई अध्यक्ष पदबाट निष्कासन किन नगर्ने ? भनि तीन दिने स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो ।

असन्तुष्ट पक्षले स्पष्टीकरण टुंगो नलगाउँदासम्म बैठक आव्हान गर्न रोक्ने निर्णय गरेको थियो । असन्तुष्ट समूहको निर्णय र मिश्रलाई कारबाहीको माग राख्दै संगठन विभाग प्रमुख निर्देश सिलवाललगायतले निर्वाचन आयोगमा उजुरी दिएका हुन् ।

वि.सं.२०७८ चैत १६ बुधवार १२:३२ मा प्रकाशित

रास्वपा महाधिवेशनः प्रतिनिधिहरुलाई झोला वितरण, के  छ त भित्र ?

रास्वपा महाधिवेशनः प्रतिनिधिहरुलाई झोला वितरण, के छ त भित्र ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को जारी पहिलो ऐतिहासिक...

लगातार तेस्रो कारोबार दिन नेप्से ओरालो, तीन दिनमै ४० अंकभन्दा बढी क्षति

लगातार तेस्रो कारोबार दिन नेप्से ओरालो, तीन दिनमै ४० अंकभन्दा बढी क्षति

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक बुधबार १४.४५ अंकले...

राहदानी विभागमा एक महिनालाई मात्र पुग्ने पासपोर्ट स्टक, नयाँ आपूर्तिमा अन्योल

राहदानी विभागमा एक महिनालाई मात्र पुग्ने पासपोर्ट स्टक, नयाँ आपूर्तिमा अन्योल

काठमाडौं । राहदानी विभागमा हाल करिब एक महिनालाई मात्र पुग्ने...

रास्वपासंग सीके राउत असन्तुष्ट भन्छन्, ‘मधेशी जनतालाई धोखा भयो’

रास्वपासंग सीके राउत असन्तुष्ट भन्छन्, ‘मधेशी जनतालाई धोखा भयो’

काठमाडौं । जनमत पार्टीका अध्यक्ष सीके राउतले राष्ट्रिय स्वतन्त्र पार्टी...

नेपाल बैंकको अत्याधुनिक नवर्मित भवन अर्थमन्त्री वाग्लेद्वारा उद्घाटन

नेपाल बैंकको अत्याधुनिक नवर्मित भवन अर्थमन्त्री वाग्लेद्वारा उद्घाटन

काठमाडौँ । आइतबार अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले बागमती प्रदेशको राजधानी हेटौंडा...

वीरगञ्जको नीति तथा कार्यक्रमः सुशासनयुक्त महानगरमा जोड

वीरगञ्जको नीति तथा कार्यक्रमः सुशासनयुक्त महानगरमा जोड

वीरगञ्ज (पर्सा) । वीरगञ्ज महानगरपालिकाले आर्थिक वर्ष २०८३÷८४ को नीति...