काठमाडौं । संसारमा ४० वर्ष मुनिका ८७ यस्ता अर्बपतिहरू छन् जसले यो सम्पत्ति आफ्नै बलमा कमाए। पछिल्लो एक वर्षमा उनीहरुको संख्यामा थप ८ नाम थपिएका छन् भने पाँच वर्षमा यो संख्या झण्डै दोब्बर भएको छ । यो जानकारी हुरुन र सांघाई स्थित कम्पनी हिविन वेल्थद्वारा हालै जारी गरिएको सूचीबाट आएको हो।
हुरुन ग्लोबल फोर्टी र अन्डर सेल्फ-मेड बिलियनियर्स-२०२२ को सूची अनुसार अमेरिका ३७ अर्बपतिहरूसँग शीर्ष स्थानमा छ। त्यस पछि चीनमा २५ अर्बपति रहेका छन् । आठ अर्बपतिसहित बेलायतले भारतलाई उछिन्दै तेस्रो स्थानमा पुगेको छ । यसले सूचीमा तीन स्थान सुधार गरेको छ ।
एक वर्षमा अमेरिकामा ६ अर्बपति र बेलायतमा पाँच अर्बपति बढेको छ भने चीनमा पाँचले घटेको छ । योसँगै भारत ६ अर्बपतिसहित यो सूचीमा चौथो स्थानमा छ । पछिल्लो एक वर्षमा भारतमा दुई अर्बपति बनेका छन् ।
जुकरबर्ग शीर्षमा
पछिल्लो एक वर्षमा १.९० लाख करोड रुपैयाँको सम्पत्ति गुमाए पनि फेसबुकका ३७ वर्षीय संस्थापक मार्क जुकरबर्ग ५.८० लाख करोड रुपैयाँको नेटवर्थका साथ शीर्ष स्थानमा छन्। टिकटकका संस्थापक ३९ वर्षीय झाङ यिमिङले ४.१२ लाख करोड रुपैयाँ खर्च गरेका थिए । नेट वर्थ दोस्रो स्थानमा छ। एजेन्सीबाट
वि.सं.२०७८ चैत १६ बुधवार १२:५६ मा प्रकाशित






























