back
CTIZAN AD

गठबन्धन दलहरूबीच मात्रै चुनावी तालमेल हुने, केन्द्रदेखि स्थानीय तहसम्म संयन्त्र निर्माण गरिने

वि.सं.२०७८ चैत १७ बिहीवार

699 

shares

काठमाडौं । सत्ता साझेदार दलहरुबीच स्थानीय तहको निर्वाचनमा साझेदार दलहरुबीचमै मात्र चुनावी तालमेल गर्ने सहमति भएको छ । बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता साझेदार दलहरुको बैठकले यस्तो निर्णय गरेको हो ।

दलहरुले आगामी स्थानीय तहको चुनावमा तालमेल गर्न केन्द्रदेखि स्थानीय तहसम्मै संयन्त्र निर्माण गर्ने सहमति गरेका पनि गरेका छन् । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का स्वकीय सचिव रमेश मल्लले जानकारी दिएअनुसार अब केन्द्रदेखि स्थानीय तहसम्म सत्ता साझेदार दलहरुबीच चुनावी तालमेल गर्न संयन्त्र निर्माण गरिनेछ ।

सत्ता साझेदार दलहरुबीच आगामी चुनावमा तालमेल गर्ने वा आ–आफ्नो ढंगले प्रतिस्पर्धा गर्ने भन्ने विषयमा अन्योल रहँदै आएको थियो । सत्ता गठबन्धनको मुख्य दल कांग्रेसभित्र तालमेलको विषयले निकै किचलो पनि निम्त्याएको थियो ।

कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकले आवश्यकताअनुसार तालमेल गर्ने निर्णय गरेसँगै सत्ता साझेदार दलहरुको बैठक बसेको हो । बिहीबार बसेको बैठकमा सत्ता गठबन्धनबाट बाहिरिएको निर्णय गरेको राष्ट्रिय जनमोर्चा सहभागि थियो ।

वि.सं.२०७८ चैत १७ बिहीवार १२:५६ मा प्रकाशित

विद्युतीय सवारी आयातमा अर्बौंको राजस्व छलि ? महालेखाले उठायो गम्भीर प्रश्न

विद्युतीय सवारी आयातमा अर्बौंको राजस्व छलि ? महालेखाले उठायो गम्भीर प्रश्न

काठमाडौँ । वर्तामान समयमा नेपालमा विद्युतीय सवारीको प्रयोग बढ्दो छ...

प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास कोषको असुलीमा ठूलो लापबाही

प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास कोषको असुलीमा ठूलो लापबाही

काठमाडौँँ । महालेखापरीक्षकको प्रतिवेदनले नेपाल दूरसञ्चार प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास...

स्याङ्जामा एकै रातमा १० बाख्रामाथि आक्रमण

स्याङ्जामा एकै रातमा १० बाख्रामाथि आक्रमण

स्याङ्जा । स्याङ्जाको गल्याङ नगरपालिकामा बाघको आतंक बढ्दै गएको छ।...

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

काठमाडौँ । साताको तेस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेन्ज...

विदेश अध्ययनका लागि वित्तीय र परामर्श सेवा दिन नबिल बैंकको ‘नबिल बैंक एजुकेशन हब’

विदेश अध्ययनका लागि वित्तीय र परामर्श सेवा दिन नबिल बैंकको ‘नबिल बैंक एजुकेशन हब’

काठमाडौँ । नबिल बैंक लिमिटेडले काठमाडौँको पुतलीसडकमा ‘नबिल बैंक एजुकेशन...

युनाइटेड अजोडको सीईओ भट्टराईद्वारा राजीनामा, रिजाललाई कामु सीईओको जिम्मेवारी

युनाइटेड अजोडको सीईओ भट्टराईद्वारा राजीनामा, रिजाललाई कामु सीईओको जिम्मेवारी

काठमाडौँ । युनाईटेड अजोड इन्स्योरेन्स कम्पनीको कामु सिईओको जिम्मेवारीमा डेपुटी...