back
CTIZAN AD

अपाङ्गता भएकी दरै पशुपालनबाट राम्रै आम्दानी गर्दै

वि.सं.२०७८ चैत १७ बिहीवार

684 

shares

तनहुँ । “एउटा पनि बाख्रा किन्ने हैसियत थिएन”, व्यास नगरपालिका–१ खकौली निवासी ४० वर्षीय श्रीमाया दरै भन्छिन, “भगवान् प्रकट भए झै लाग्छ । अपाङ्गता भएका व्यक्तिका लागि अधिकार र विकासको लागि स्रोत केन्द्र ९रिसेड० ले सानै रकम भए पनि सहयोग गरेपछि आफू आयआर्जनतर्फ लागेको हुँ ।”

स्थानीय अपाङ्गता भएका व्यक्तिलाई स्वरोजगार बनाउन उक्त संस्थाले सानै रकम भए पनि सहयोग गरेपछि उनीहरु व्यावसायिकरुपमा कृषि र पशुपालन क्षेत्रमा लागेर आम्दानी गर्न थालेका छन् । श्रीमायाका श्रीमान् कुलबहादुर पनि अपाङ्गता भएका व्यक्ति हुन उनका एक छोरा कक्षा ९ मा अध्ययनरत छन् । दुई वर्षअघि रिसेड संस्थाले रु पाँच हजार अनुदान सहयोग दिएपछि रु दुई हजार आफूले थपेर एउटा बङ्गुरको पाठा पालेकणे श्रीमायाले बताइन । करिब एक वर्ष पालेको बङ्गुर ४५ धार्नी हुँदा रु ४५ हजार कमाइएको उनले जानकारी दिइन ।

बङगुर बिक्री गरेपछि पुनः श्रीमायाले साढे सात हजारमा अर्को बङ्गुरको पाठा ल्याएर पालेका थिए बङ्गुर बिक्रीबाट आएको रकमले बाख्राको खोर निर्माण गरी एउटा बाख्रा ल्याएर पाल्न थालेकी उनले खोरमा हाल नौ वटा बाख्रा रहेका र अहिले तिनको मूल्य रु एक लाख बीस हजार बराबर रहेको बताइएको छ ।

करिब रु ५० हजार बराबरको तीन वटा खसीबोका बिक्री गरिएको श्रीमायाले बताइन । हिँडडुल गर्ने समयमा एउटा खुट्टा सुकेर अपाङ्गता बनेकी उनले व्यावसायिक रुपमा बाख्रापालन कार्यलाई अघि बढाउँदै आएकी हुन ।

उक्त संस्थाले गत चैत महिनामा पुनः रु सात हजार अनुदान सहयोग गरेपछि एउटा बाख्रा थपिएको थियो । जिल्लाको म्याग्देमा पाँच, शुक्लागण्डकीमा तीन, ऋषिङ, बन्दिपुर र घिरीङमा दुई÷दुई र भिमाद, भानु, देवघाट र आँबुखैरेनीमा एक÷एकजना गरी १८ जनालाई आर्थिक सहयोग गरिएकोे रिसेडका अध्यक्ष पदमबहादुर परियारले बताए । नगरपालिकालाई रु सात हजार र गाउँपालिका अपाङ्गतालाई रु पाँच हजारका दरले उक्त संस्थाले अनुदानमा सहयोग दिएको थियो ।

त्यसैगरी व्यासनगरपालिकाका चौध वटा वडामा २७ जनालाई रु सात हजारका दरले अनुदान रकम वितरण गरिएको पनि उनले जानकारी दिए ।

वि.सं.२०७८ चैत १७ बिहीवार १६:२४ मा प्रकाशित

पहिरामा परी एकाघरका दुई जनाको मृत्यु

पहिरामा परी एकाघरका दुई जनाको मृत्यु

गण्डकी । पहिरामा परी लमजुङको मध्यनेपाल नगरपालिका–७ भाटवेशीमा बुबा र...

नेप्सेको नयाँ सीईओका लागि आवेदन खुला, योग्यता र अनुभव कति चाहिन्छ ?

नेप्सेको नयाँ सीईओका लागि आवेदन खुला, योग्यता र अनुभव कति चाहिन्छ ?

काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) ले नयाँ प्रमुख...

ह्वातै घट्यो सुनको मूल्य प्रतितोला कतिमा हुँदै छ कारोबार ?

ह्वातै घट्यो सुनको मूल्य प्रतितोला कतिमा हुँदै छ कारोबार ?

काठमाडौँ । आज नेपाली बजारमा सुनको मूल्य घटेको छ ।...

करिडोरमा ठोकिँदा ट्रकमा आगलागी, चालकको जलेर मृत्यु

करिडोरमा ठोकिँदा ट्रकमा आगलागी, चालकको जलेर मृत्यु

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिका–४ फलामेटारस्थित तमोर करिडोर सडकखण्डमा ब्रेक...

दार्चुलामा मध्य चमेलिया जलविद्युत् आयोजना निर्माण हुने

दार्चुलामा मध्य चमेलिया जलविद्युत् आयोजना निर्माण हुने

काठमाडौँ । सुदूरपश्चिम प्रदेशको जलविद्युत् केन्द्रका रुपमा स्थापित चमेलिया नदीमा...

बोइलर कुखुराको अवैध ओसारपसार नियन्त्रण भएपछि मासु पसल पुनः सञ्चालन हुँदै

बोइलर कुखुराको अवैध ओसारपसार नियन्त्रण भएपछि मासु पसल पुनः सञ्चालन हुँदै

नेपालगञ्ज । बाँकेको सीमा क्षेत्रबाट हुने बोइलर कुखुराको अवैध ओसारपसार...