back
CTIZAN AD

एक हजार ४७३ मृतक मतदाताको नाम हटाइयो

वि.सं.२०७८ चैत १८ शुक्रवार

735 

shares

नेपालगञ्ज । जिल्ला निर्वाचन कार्यालय बाँकेले स्थानीय तहबाट प्राप्त भएका मृतक मतदाताको नाम मतदाता नामावलीबाट हटाएको छ ।

यहाँका छ स्थानीय तहमध्ये कोहलपुर नगरपालिकाबाट ५९८, राप्ती सोनारी गाउँपालिकाबाट ७०४ र नेपालगञ्ज उपमहानगरपालिकाबाट १७१ सहित कूल एक हजार ४७३ मृतक मतदाताको नाम मतदाता नामावलीमा थियो । एक हजार १२६ जनाको अझै पनि मतदाता नामावलीमा नाम रहेको बताइएको छ ।

“हामीलाई स्थानीय तहले जसरी नाम पठाएको थियो, त्यसरी नै हामीले त्यसलाई अन्तिम नामावलीका रुपमा राख्यौँ”, जिल्ला निर्वाचन कार्यालयका प्रमुख रमा पन्तले भने । उनले पालिकाले दिएको रेकर्डका आधारमा नै मतदाता नामावली अद्यावधिक गरिएको जानकारी दिए ।

जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी युवराज पन्तले केही पालिकाले मृत्यु भइसकेका व्यक्तिको विवरण निर्वाचन कार्यालयलाई नबुझाउँदा मतदाताको अन्तिम नामावलीमा मृत्यु भइसकेका व्यक्ति पनि समावेश भएको बताए ।

उनले नेपालगञ्ज उपमहानगरपालिकाका केही वडाबाट मात्रै विवरण आएको र पालिकाले पाँच वर्षमा मृत्यु भएका व्यक्तिको विवरण नै नपठाएपछि मतदाता नामावलीमा मृत्यु भइसकेका नाम उल्लेख भएको जानकारी दिए ।

सूचना अधिकारी पन्तले स्थानीय तहले पठाएको तीनपुस्ते विवरण र जिल्ला निर्वाचन कार्यालयले सङ्कलन गरेको मतदाता नामावलीसँग मेल खाएका आधारमा मृतक भनेर पहिचान गरी मतादाता नामावलीबाट नाम हटाइने काम भएको बताए । रासस

 

वि.सं.२०७८ चैत १८ शुक्रवार ०८:२३ मा प्रकाशित

विद्युतीय सवारी आयातमा अर्बौंको राजस्व छलि ? महालेखाले उठायो गम्भीर प्रश्न

विद्युतीय सवारी आयातमा अर्बौंको राजस्व छलि ? महालेखाले उठायो गम्भीर प्रश्न

काठमाडौँ । वर्तामान समयमा नेपालमा विद्युतीय सवारीको प्रयोग बढ्दो छ...

प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास कोषको असुलीमा ठूलो लापबाही

प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास कोषको असुलीमा ठूलो लापबाही

काठमाडौँँ । महालेखापरीक्षकको प्रतिवेदनले नेपाल दूरसञ्चार प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास...

स्याङ्जामा एकै रातमा १० बाख्रामाथि आक्रमण

स्याङ्जामा एकै रातमा १० बाख्रामाथि आक्रमण

स्याङ्जा । स्याङ्जाको गल्याङ नगरपालिकामा बाघको आतंक बढ्दै गएको छ।...

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

काठमाडौँ । साताको तेस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेन्ज...

विदेश अध्ययनका लागि वित्तीय र परामर्श सेवा दिन नबिल बैंकको ‘नबिल बैंक एजुकेशन हब’

विदेश अध्ययनका लागि वित्तीय र परामर्श सेवा दिन नबिल बैंकको ‘नबिल बैंक एजुकेशन हब’

काठमाडौँ । नबिल बैंक लिमिटेडले काठमाडौँको पुतलीसडकमा ‘नबिल बैंक एजुकेशन...

युनाइटेड अजोडको सीईओ भट्टराईद्वारा राजीनामा, रिजाललाई कामु सीईओको जिम्मेवारी

युनाइटेड अजोडको सीईओ भट्टराईद्वारा राजीनामा, रिजाललाई कामु सीईओको जिम्मेवारी

काठमाडौँ । युनाईटेड अजोड इन्स्योरेन्स कम्पनीको कामु सिईओको जिम्मेवारीमा डेपुटी...