back

नेपालगन्ज गोल्डकपको उपाधि रुपन्देहीलाई

वि.सं.२०७३ चैत ३ बिहीवार

648 

shares

३ चैत,नेपालगन्ज  । यहाँ सञ्चालित दोस्रो टुबोर्ग नेपालगन्ज गोल्ड कप फुटबल प्रतियोगिताको उपाधि रुपन्देही–११ ले जितेको छ ।

प्रतियोगिताअन्तर्गत आज भएको अन्तिम खेलमा सङ्कटा क्लबलाई ट्राइब्रेकरमा ५–६ गोलले पाखा लगाउँदै रुपन्देहीले उपाधि जितेको हो ।

खेलको निर्धारित समयमा दुवै टिमले एक÷एक गोलको बराबरी खेलेपछि ट्राईब्रेकरको आधारमा नतिजा निकालिएको थियो ।

प्रतियोगिताका विजेता टिमलाई रु पाँच लाख नगदसहित कप तथा प्रमाणपत्र प्रदान गरियो भने उपविजेतालाई रु दुई लाख ५१ हजार नगद, कप तथा प्रमाणपत्र दिइएको छ ।

आजको खेलमा उत्कृष्ट प्रदर्शन गर्ने रुपन्देही—११ का शिव सुवेदीलाई म्यान अफ दि म्याच, सोही टिमका अमर डङ्गोललाई म्यान अफ दि सिरिज र उत्कृष्ट खेल प्रशिक्षकको पुरस्कार सङ्कटाका सल्यान खड्गीलाई प्रदान गरिएको छ ।

गत फागुन २६ गतेदेखि सञ्चालन भएको प्रतियोगितामा भारत र नेपालका गरी आठ समूहको सहभागिता रहेको थियो । रासस

वि.सं.२०७३ चैत ३ बिहीवार १५:५३ मा प्रकाशित

Himalayan Life AD
नेपाली प्रतिभा, उत्पादन र गौरवको उत्सव मनाउन डोल्पो र बिराटनगर किंग्सबीच सहकार्य

नेपाली प्रतिभा, उत्पादन र गौरवको उत्सव मनाउन डोल्पो र बिराटनगर किंग्सबीच सहकार्य

  काठमाडौं । लोकप्रिय नेपाली एपेरल ब्रान्ड ‘डोल्पो’ अब नेपाल...

नेपालद्वारा युएई सामु दुई सय ४० रनको लक्ष्य प्रस्तुत

नेपालद्वारा युएई सामु दुई सय ४० रनको लक्ष्य प्रस्तुत

काठमाडौँ । आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत आज भएको खेलमा...

आइसिसी विश्वकप क्रिकेट लिग-२ः आज नेपाल र युएई भिड्दै

आइसिसी विश्वकप क्रिकेट लिग-२ः आज नेपाल र युएई भिड्दै

काठमाडौँ । आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत आज नेपाल र...

नेपाली महिला फुटबल टिमले आज भारतविरुद्ध खेल्दै

नेपाली महिला फुटबल टिमले आज भारतविरुद्ध खेल्दै

काठमाडौँ । नेपाली राष्ट्रिय महिला फुटबल टिम आज भारतविरुद्ध मैत्रीपूर्ण...