back
CTIZAN AD

छन्द कविता : अपेक्षा

वि.सं.२०७८ चैत १९ शनिवार

804 

shares

दीनानाथ पोख्रेल, इलाम

आफ्नो प्यारो मुलुक जननी दुष्टको गर्तभित्र ।
पर्दा मान्छे सहन कसरी गर्छ त्यो दर्द चित्र ।।
ल्यायो कालो कलुष विषले व्याप्त पारेर माटो ।
छर्दै नाना मधुर स्वरका अस्त्रले छेक्छ बाटो ।।०१।।

कालो जालो मुलुक उरको देख्छ जो बन्छ नेता ।
मान्छे चिन्दै विरह दिलका झिक्छ जो योग्य नेता ।।
सारा मान्छे भ्रमित पथमा पार्न लाग्ने कुकृत्य ।
छान्ने पारा कपुत युगको फ्याँक्न लागौँ म। नित्य ।।०२।।

दन्क्यो आगो मुलुक जननी डढ्दछिन् होसियारी ।
भर्दै लम्कौँ असल पनको भावना प्रष्ट पारी ।।
रोपौँ यौटा युग प्रविधि जो ज्ञान आलोक छर्ने ।
फालौँ कालो मुलुक उरको दुष्ट आक्रान्त भर्ने ।।०३।।

नौला राम्रा मनुज हितका ज्ञान पस्केर चट्ट ।
नेपालीका सरल मनका कर्म छानेर झट्ट ।।
चिन्दै द्रोही मुलुक भरका दुष्टता मास छान्दै ।
झुल्कोस् नौलो रवि रहरको हर्षको स्रोत बन्दै ।।०४।।

छन्द : मन्दाक्रान्ता
गण : म भ न त त गु गु
सङ्केत : SSS   SII   III   SSI  SSI   S     S
विश्राम : ४ ,१० र पादान्तमा

 

 

वि.सं.२०७८ चैत १९ शनिवार ०८:०१ मा प्रकाशित

चारु

चारु

लक्ष्मी दास शर्मा टासिछोलिङ,साम्ची,भुटान जगत्मा उच्च मान आमा तिमी हौ...

गजल

गजल

जेवी जिज्ञासु नेचासल्यान - २, सोलुखुम्बु रातजस्तै कालो बिहानी छ...

सुसेली : आमाकाे सम्झना

सुसेली : आमाकाे सम्झना

विश्र्वनाथ ढुङ्गेल " नून वाजे ",भक्तपुर  कसरी भिराैँ मैले गुन...

झिल्का कविता

झिल्का कविता

वसन्त अनुभव,वसन्तविहार, घोराही, दाङ १. जस्तो रोप्दछौँ उस्तै हामीले यस...

गजल

गजल

शर्मिला तिमल्सिना, गजुरी , धादिङ हात फिँजाई भन्नु छ केही...

गजल

गजल

कृष्णप्रसाद गौतम,इटहरी बाग पसेथेँ मन बहलायो फूल चुमेथेँ मन बहलायो...