दुर्गा आचार्य, मोरङ
१.
नेपाली हुनुमा हाम्रो छाती गर्वले छन् फुलेका,
हेर त पर्यटन आई नेपालमै छन् डुलेका ।
२.
सुन्दर र सान्दर्भिकता बोकेको हामी नेपालीको सान,
गरौँ हरेक नयाँ कामको साथमा ल्याऔँ कृति र मान ।
३.
ऊर्जा बोकेर लागौँ विकासको खातिर,
हामीले नगरे कस्ले गर्छ त आखिर ।
४.
हरिया वन छन् ती जडीबुटी यहीँ भेटिन्छन् नाना थरिका,
डाफे मुनाल नाचेकाछन् यही माटोमा सप्तरङ्गी भरिका ।
५.
कल कल बगेका नदी र नाला हजारौँ सुन्दर देख्दै,
पाइला चालेको पत्तै हुदैन प्रकृतिको कहानी लेख्दै ।
६.
सफल हुनलाई हामीले मेहेनत नै गर्नु पर्छ,
लगनशीलतामा अगाडि बढे कसले कर्म हर्छ ।
७.
मेहनत गरी सफल भए खुट्टा तान्ने हुन्छन्,
तान्छन् खुट्टा,फेरि स्वार्थ परेमा पाऊ आफैँ छुन्छन् ।
८.
छैन धन दिनलाई खाली एउटा मन,
सफल हुनु नै जीवनको अमूल्य धन ।
९.
कुरा काट्नेहरू काट्दै गर गरी खाने जन,
परिश्रम,पौरख गरी शिखर चुम्ने मन ।
१०.
मार्छौ किन र पल पल फेरि न्याय दिलाऊ खात,
सफल हुन्छिन् मुक्ति पाउछिन् उनलाई देउ हात ।
वि.सं.२०७८ चैत १९ शनिवार ०८:०१ मा प्रकाशित






























