back
CTIZAN AD

गजल

वि.सं.२०७८ चैत १९ शनिवार

822 

shares

मोहन गौतम,रांका, सिक्किम

कुसंस्कार फाल्दै उठेको छ कोही
अहंकार बोकी हिँडेको छ कोही ।

अघाएर कोही निदाएछ मस्ती
बगाएर आँसु खटेको छ कोही ।

छ मनमा डढेलो रुँदै बस्छ जहिल्यै
गुमाएर माया जलेको छ कोही ।

जतै खोट देख्छन् विरोधीहरूले
अरूको नजरमा गिरेको छ कोही ।

स्वयम् थाल पिट्दै थियो प्रेत झार्न
बनी रोगी आफै सुकेको छ कोही ।

बहरः मुतकारिव मुसम्मन सालिम

 

 

वि.सं.२०७८ चैत १९ शनिवार ०८:०२ मा प्रकाशित

चारु

चारु

लक्ष्मी दास शर्मा टासिछोलिङ,साम्ची,भुटान जगत्मा उच्च मान आमा तिमी हौ...

गजल

गजल

जेवी जिज्ञासु नेचासल्यान - २, सोलुखुम्बु रातजस्तै कालो बिहानी छ...

सुसेली : आमाकाे सम्झना

सुसेली : आमाकाे सम्झना

विश्र्वनाथ ढुङ्गेल " नून वाजे ",भक्तपुर  कसरी भिराैँ मैले गुन...

झिल्का कविता

झिल्का कविता

वसन्त अनुभव,वसन्तविहार, घोराही, दाङ १. जस्तो रोप्दछौँ उस्तै हामीले यस...

गजल

गजल

शर्मिला तिमल्सिना, गजुरी , धादिङ हात फिँजाई भन्नु छ केही...

गजल

गजल

कृष्णप्रसाद गौतम,इटहरी बाग पसेथेँ मन बहलायो फूल चुमेथेँ मन बहलायो...