back
CTIZAN AD

मालीमा २०६ विद्रोही मारिएको सेनाको दावी

वि.सं.२०७८ चैत २० आइतवार

798 

shares

बामाको । अफ्रिकी मुलुक मालीमा सेनाको कारबाहीमा २०६ जना बिद्रोही लडाकू मारिएका सेनाले बताएको छ । मालीको सहेल राज्यको मौरा क्षेत्रमा गत केही सातादेखि जारी कारबाहीमा उनीहरु मारिएको मालीको सेनाले दावी गरेको हो ।

कारबाहीकै क्रममा ५१ जनालाई नियन्त्रणमा लिइएको र उनीहरूबाट ठूलो परिमाणमा हातहतियार बरामद गरेको जनाइएको छ ।

दशकौंदेखि हिंसात्मक विद्रोह गर्दै आएको लडाकू समुह पछिल्लो समय सक्रिय हुन थालेपछि सेनाले उनीहरूबिरुद्ध कारबाही तीब्र बनाएको हो ।

मालीमा द्वन्द्वका कारण हजारौं विस्थापित भइसकेको छन् । सो बिद्रोही समूहले पछिल्लो समय मालीको मोरा गाउँमा गरेको आक्रमणमा ३ सय नागरिकको ज्यान गएको स्थानीय सञ्चारमाध्यमहरूले जनाएका छन् । मालीमा इस्लामिक स्टेट (आइएस) र अलकायदा सम्बद्ध बिद्रोही समूह सक्रिय रहेको सरकारको दावी छ ।

करिब दुई करोड १० लाख जनसङ्ख्या रहेको मालीका विभिन्न शहरमा सन् २०१२ देखि विभिन्न विद्रोही र लडाकूको नियन्त्रण रहेको छ । एएफपी

 

वि.सं.२०७८ चैत २० आइतवार २०:४० मा प्रकाशित

फिफाको लगानी योजना अवसर मात्र : इन्फान्टिनो

फिफाको लगानी योजना अवसर मात्र : इन्फान्टिनो

पेरिस । अन्तर्राष्ट्रिय फुटबल महासङ्घ (फिफा) का अध्यक्ष जियानी इन्फान्टिनोले...

पाकिस्तानमा प्रहरी चौकीमा आक्रमण, ९ प्रहरीसहित २४ जनाको मृत्यु

पाकिस्तानमा प्रहरी चौकीमा आक्रमण, ९ प्रहरीसहित २४ जनाको मृत्यु

पेसावर (पाकिस्तान) । उत्तरी पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तमा प्रहरी चौकीमाथि...

रुसी आक्रमणमा आठ जनाको मृत्यु

रुसी आक्रमणमा आठ जनाको मृत्यु

किएभ । रुसले बिहीबार बिहान युक्रेनका विभिन्न क्षेत्रमा गरेको व्यापक...

एआई डेटिङ एपबाट २६५ जोडीको विवाह

एआई डेटिङ एपबाट २६५ जोडीको विवाह

जापानमा घट्दो जन्मदर बढाउने प्रयासस्वरूप टोकियो महानगर सरकारले सञ्चालनमा ल्याएको...

पाकिस्तानमा वर्षाले १०९ जनाको ज्यान लियो

पाकिस्तानमा वर्षाले १०९ जनाको ज्यान लियो

लाहोर (पाकिस्तान) । पाकिस्तानमा मनसुनजन्य वर्षा र त्यसपछि आएको आकस्मिक...

जापानमा ७.१ म्याग्निच्युडको भूकम्प पछि सुनामीको चेतावनी

जापानमा ७.१ म्याग्निच्युडको भूकम्प पछि सुनामीको चेतावनी

टोकियो। दक्षिण पश्चिमी जापानमा मङ्गलबार ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प गए...