back
CTIZAN AD

श्रीलङ्कामा साना दलका ४० सांसद राष्ट्रपतिको गठबन्धन छोड्ने घोषणा

वि.सं.२०७८ चैत २३ बुधवार

726 

shares

कोलम्बो । श्रीलङ्काका ४० भन्दा बढी सांसदले राष्ट्रपति गोटाबाय राजापक्षको मिलीजुली सरकारलाई दिएको समर्थन फिर्ता लिएका छन् ।

गोटाबायको श्रीलङ्का पोडुजाना पेरामुनाको नेतृत्वमा रहेका दलहरूका सांसदले अब आफूले स्वतन्त्र रूपमा प्रतिनिधित्व गर्ने बताएपछि वर्तमान सरकार थप सङ्कटमा परेको छ ।

आर्थिक र विदेशी मुद्राको कमीका कारण ऊर्जा सङ्कट भोगिरहेको श्रीलङ्कामा राजापक्षको राजीनामा माग्दै ठूला प्रदर्शन भइरहेका समय ती साना दलहरूको निर्णय आएको हो । सांसदहरूको निर्णयले राजापक्षलाई पार्ने असरका बारेमा स्पष्ट छैन । ती दलले आफूलाई सरकारबाट टाढा राखे पनि प्रतिपक्षी दललाई समर्थन गरेका छैनन् ।

यो निर्णयपछि संसद्मा प्रधानमन्त्रीको अवस्थाका बारेमा प्रश्न उठाएको छ । राजापक्षको मन्त्रीमण्डलका सदस्यले राजीनामा गरिसकेका छन् । तर राजापक्ष र उनका दाइ प्रधानमन्त्री महिन्दा राजापक्षले राजीनामा दिन अस्वीकार गर्दै आएका छन् । राष्ट्रपतिले प्रतिपक्षी दलहरूलाई राष्ट्रिय सरकारका लागि आह्वान गर्दै मन्त्रिपरिषद्मा आउन अनुरोध गरेका छन् ।

प्रतिपक्षी दलहरूले सो अनुरोधलाई अस्वीकार गर्दै उनको राजीनामा मागेका छन् । “जनताले चाहेको कुरा भनेको राष्ट्रपति र उनको सरकारले राजीनामा देओस् भन्ने हो,” प्रमुख प्रतिपक्षी दल सामागी जन बालावेगायाका सजिथ प्रेमादासाले भने ।

मङ्गलवार नवनियुक्त अर्थमन्त्रीले २४ घण्टा पनि नबित्दै राजीनामा दिने घोषणा गरेसँगै सरकारले आर्थिक सङ्कटलाई थेग्न नै नसकिने अवस्थामा पुगेको पुष्टि भएको छ ।

“मानिसहरू आफ्नो दैनिक दालचामल र आधारभूत आवश्यकताका वस्तुहरू पनि किन्न नसकने अवस्थामा रहेको काममा वा विद्यालय जान बस चढ्नसमेत समस्या हुन थालेको एक प्रदर्शनकारीले बताए ।

ती प्रदर्शनकारीले भने, “योभन्दा कति खराब अवस्था हुन सक्छ ? पेट्रोल छैन, डिजेल छैन, कागत नभएर बच्चाहरूले परीक्षा दिन पाएका छैनन् ।”

गएका केही दिनयता प्रदर्शनकारीहरूले राष्ट्रपतिको राजीनामा माग्न थालेका छन् । बिहीबार राति राष्ट्रपति भवन बाहिरको प्रदर्शन हिंसात्मक बनेपछि प्रदर्शन रोक्न शुक्रबारदेखि आइतबारसम्म लगाइएको कर्फ्यु पनि प्रदर्शनकारीले तोडेका थिए । यससँगै सन् २०१९ को निर्वाचनमा लोकप्रिय बहुमतले विजयी भएका राजापक्षको लोकप्रियतासमेत निकै कम भएको जोकोहीले अनुमान गर्नसक्छ ।

विदेशी मुद्राको सञ्चिती नभएका कारण श्रीलङ्काले इन्धन र अन्य वस्तुको आयातको पैसा तिर्न सकेको छैन । सन् १९४८ मा स्वतन्त्र भएयता श्रीलङ्कामा देखिएको यो सबैभन्दा नराम्रो आर्थिक सङ्कट हो ।

श्रीलङ्का फ्रिडम पार्टीका नेता तथा पूर्वराष्ट्रपति सिरीसेनाले संसद्मा भने “इन्धन र खाना पकाउने ग्यासलगायत अत्यावश्यक वस्तुहरूको अभाव छ । औषधि नभएरै अस्पतालहरू बन्द हुने अवस्थामा पुगेका छन् ।” यो अवस्थामा श्रीलङ्का फ्रिडम पार्टी प्रदर्शनकारी जनताको पक्षमा उभिने उनले बताए । एएनआई

 

 

वि.सं.२०७८ चैत २३ बुधवार ०७:३६ मा प्रकाशित

१४ महिनापछि स्वदेश फर्कियो २५०० वर्ष पुरानो अमूल्य सुनौलो हेलमेट

१४ महिनापछि स्वदेश फर्कियो २५०० वर्ष पुरानो अमूल्य सुनौलो हेलमेट

बुखारेस्ट । गत वर्ष नेदरल्यान्ड्सको एक सङ्ग्रहालयबाट चोरी भएको दुई...

युक्रेनमा रूसी आक्रमण, १४ जनाको मृत्यु

युक्रेनमा रूसी आक्रमण, १४ जनाको मृत्यु

युक्रेन । युक्रेनमा भएको पछिल्लो रूसी आक्रमणमा परी कम्तिमा १४...

हाइटी किल्लामा भागदौड, ३० जनाको मृत्यु

हाइटी किल्लामा भागदौड, ३० जनाको मृत्यु

पोर्ट–अउ–प्रिन्स । हाइटीको ऐतिहासिक पर्यटकीय स्थल सिटाडेल लाफेरियरमा भएको भीडभाडपछि...

इरान-अमेरिका वार्ता निष्कर्षविहीन

इरान-अमेरिका वार्ता निष्कर्षविहीन

इस्लामावाद  । मध्यपूर्वमा चर्किंदै गएको युद्ध अन्त्य गर्ने उद्देश्यले पाकिस्तानको...

फ्रान्समा चार आप्रवासीको मृत्यु : फ्रान्सेली अधिकारी

फ्रान्समा चार आप्रवासीको मृत्यु : फ्रान्सेली अधिकारी

फ्रान्स । उत्तरी फ्रान्सको तटमा नहर पार गर्ने क्रममा बिहीबार...