back
CTIZAN AD

सङ्क्रमितहरूको सङ्ख्या ह्वात्तै बढेपछि चीनको साङ्घाईमा व्यापक निषेधाज्ञा लागू

वि.सं.२०७८ चैत २३ बुधवार

792 

shares

साङ्घाई, चीन । चीनले साङ्घाईमा जारी निषेधाज्ञालाई थप विस्तार गरी सहरको दुई करोड ५० लाख जनसङ्ख्यामा लागू गरेको छ ।

साङ्घाइमा कोभिड–१९ सङ्क्रमितहरूको सङ्ख्या ह्वात्तै बढेपछि प्रशासनले यो निर्णय लिएको हो ।

साङ्घाईमा देखिएको कोभिड–१९ सङ्क्रमण दर नियन्त्रणका लागि सुरुमा बढी प्रभावित पूर्वी र पश्चिमी क्षेत्रहरूमा छुट्टाछुट्टै प्रावधानहरू अपनाइएको थियो तर अहिले सहरको सबै भूभाग समेट्ने गरी अनिश्चितकालीन निषेधाज्ञा जारी गरिएको हो ।

साङ्घाई हालसम्म निषेधाज्ञा जारी भएको चीनको पहिलो ठूलो एकल सहर हो ।

महत्त्वपूर्ण वित्तीय केन्द्रसमेत रहेको यस सहर विगत एक महिनादेखि कोरोनाभाइरस सङ्क्रमणको नयाँ लहरसँग सङ्घर्षरत छ ।

अधिकारीहरूले कोरोनाभाइरसको सङ्क्रमण दर प्रतिदिन १३ हजारभन्दा माथि पुगेपश्चात् नयाँ नियम लगाएका हुन् । सहरका केही भेगका बासिन्दाका अनुसार उक्त कडा प्रावधानअन्तर्गत कोही पनि आफ्नो घर बाहिर निस्कन पाउँदैनन् ।

साङ्घाईले यति बेला क्वारेन्टीन नीतिलाई लागू गर्दै चीनको शून्य–कोभिड रणनीतिको उच्चतम विन्दुसम्म परीक्षण गरिरहेको छ ।

यस नीतिले चीनलाई अन्य देशहरूको दाँजोमा अलग्गै राखेको छ । अन्य देशले भाइरसको प्रभाव न्यूनीकरण गर्दै जनजीवन चलायमान राख्ने कोसिस गरेको समय चीनले शून्य–कोभिड रणनीतिलाई अगाडि सारेको हो ।

सहरव्यापी परीक्षण कार्यक्रमपश्चात् २४ घण्टामा दुई करोड ५० लाख मानिसहरूको नमुना सङ्कलन गरी गरिएको परीक्षणमा उक्त अवधिमा १३ हजार व्यक्तिमा कोभिड सङ्क्रमण देखिएको हो । समस्या समाधानका लागि कम्तीमा ३८ हजार व्यक्ति अन्य क्षेत्रबाट साङ्घाई खटाइएको बीबीसीले जनाएको छ ।

सरकारी समाचार संस्थाहरूले सन् २०२० मा वुहान निषेधाज्ञा पछि यो हालसम्मकै ठूलो देशव्यापी चिकित्सकीय कार्यक्रम भएको बताएका छन् ।एएफपी

वि.सं.२०७८ चैत २३ बुधवार ०७:२९ मा प्रकाशित

इरानी जहाजमाथि आक्रमणपछि युक्रेनलाई तेहरानको कडा चेतावनी

इरानी जहाजमाथि आक्रमणपछि युक्रेनलाई तेहरानको कडा चेतावनी

तेहरान (एएफपी) । क्यास्पियन सागरमा आफ्नो एक व्यापारिक जहाजमाथि भएको...

फ्रान्स र स्पेनमा भीषण डढेलो, तीन लाखभन्दा बढी मानिस विस्थापित

फ्रान्स र स्पेनमा भीषण डढेलो, तीन लाखभन्दा बढी मानिस विस्थापित

फ्रान्स र स्पेनमा केही दिनदेखि फैलिएको भीषण डढेलोका कारण तीन...

कङ्गोमा एडीएफका दुई आक्रमणमा ३२ जना सर्वसाधारण मारिए

कङ्गोमा एडीएफका दुई आक्रमणमा ३२ जना सर्वसाधारण मारिए

किन्शासा । पूर्वी डेमोक्रेटिक रिपब्लिक अफ कङ्गो (डीआरसी)मा ‘एलाइड डेमोक्रेटिक...

यमनमा पहिलोपटक महिला विदेशमन्त्री नियुक्त

यमनमा पहिलोपटक महिला विदेशमन्त्री नियुक्त

यमनले अफराह अल–जौबालाई विदेशमन्त्री नियुक्त गरेको छ। उनको नियुक्तिसँगै यमनको...

‘नाउल’ टाइफुनले दक्षिणी चीनमा जनजीवन प्रभावित

‘नाउल’ टाइफुनले दक्षिणी चीनमा जनजीवन प्रभावित

हङकङ । शक्तिशाली टाइफुन ‘नाउल’ आइतबार बिहान दक्षिणी चीनमा ठोक्किएपछि...

मध्यावधि चुनावमा ट्रम्पको परीक्षा, मतदान हुन १०० दिन बाँकी

मध्यावधि चुनावमा ट्रम्पको परीक्षा, मतदान हुन १०० दिन बाँकी

वासिङ्टन । संयुक्त राज्य अमेरिकाको मध्यावधि चुनाव हुन १०० दिन...