back
CTIZAN AD

युक्रेनमा आन्तरिकरूपमा विस्थापित ७१ लाखभन्दा बढी : राष्ट्रसङ्घ

वि.सं.२०७८ चैत २३ बुधवार

672 

shares

जेनेभा । रूसले युक्रेनमा गरेको आक्रमणपछि जारी युद्धका कारण ७१ लाखभन्दा बढी युक्रेनी आन्तरिकरूपमा विस्थापित भएको अनुमान गरिएको संयुक्त राष्ट्रसङ्घले जनाएको छ । उनीहरू आफ्नो घर छाडेर भागेको तर देशमै रहेको राष्ट्रसङ्घले मङ्गलबार जनाएको हो ।

संयुक्त राष्ट्रसङ्घको अन्तर्राष्ट्रिय आप्रवासनसम्बन्धी सङ्गठन (आईओएम)ले मार्च १६ मा जारी गरेको पहिलो अध्ययनमा अनुमानित ६४ लाख ८० हजार आन्तरिकरूपमा विस्थापित व्यक्ति रहेको बताइएको थियो ।

आईओएमका महानिर्देशक एन्टोनियो भिटोरिनोले भने, “युद्धका कारण मानिसहरू आफ्नो घर छोडेर भागिरहेका छन् र जमिनमा भएका मानवीय आवश्यकताहरू अझै बढिरहेको छ ।”

“नागरिकहरूको सुरक्षित उद्धार गर्न र आन्तरिक विस्थापितहरूलाई छिटो–छिटो सहयोग गर्नका लागि अति आवश्यक मानवीय सहायताको सुरक्षित यातायात र वितरण सुनिश्चित गर्न मानवीय मार्ग तत्काल आवश्यक छन् ।”

रूसले फेब्रुअरी २४ मा युक्रेनमा आक्रमण गरेपछि लाखौँ मानिसहरू आफ्नो घर छोडेर भागेका छन् ४२ लाखभन्दा बढी युक्रेनी विदेश पलायन भएका छन् ।

आईओएमले मार्च २४ देखि अप्रिल १ बीच आफ्नो दोस्रो सर्वेक्षण गरेको थियो र शुक्रबारसम्म युक्रेनभित्र ७१ लाख ३८ हजार ७१५ जना आन्तरिकरूपमा विस्थापित भएको अनुमान गरिएको छ । यसमध्ये ५९ प्रतिशत महिला रहेको अनुमान छ ।

झन्डै २४ लाख मानिसहरू किभ क्षेत्रबाट भागेको अनुमान गरिएको छ भने २४ लाख युक्रेनको पूर्वी क्षेत्र र १७ लाख उत्तरी क्षेत्रबाट विस्थापित बनेका छन् ।

सर्वेक्षणले देखाएअनुसार ४१ प्रतिशत अर्थात् २.९ करोड आन्तरिक रूपमा विस्थापितहरू अहिले देशको पश्चिमी क्षेत्रमा रहेका छन् ।

यसले पत्ता लाग्यो कि ६० प्रतिशतभन्दा बढी विस्थापित परिवारहरूमा बालबालिका, ५७ प्रतिशत वृद्ध सदस्यहरू र ३० प्रतिशत दीर्घ रोगी रहेका अनुमान गरिएको छ । विस्थापित परिवारमध्ये एक तिहाइभन्दा बढीले गत महिनामा कुनै आम्दानी नभएको जनाएका थिए ।एएफपी

वि.सं.२०७८ चैत २३ बुधवार ०७:२२ मा प्रकाशित

इरानी जहाजमाथि आक्रमणपछि युक्रेनलाई तेहरानको कडा चेतावनी

इरानी जहाजमाथि आक्रमणपछि युक्रेनलाई तेहरानको कडा चेतावनी

तेहरान (एएफपी) । क्यास्पियन सागरमा आफ्नो एक व्यापारिक जहाजमाथि भएको...

फ्रान्स र स्पेनमा भीषण डढेलो, तीन लाखभन्दा बढी मानिस विस्थापित

फ्रान्स र स्पेनमा भीषण डढेलो, तीन लाखभन्दा बढी मानिस विस्थापित

फ्रान्स र स्पेनमा केही दिनदेखि फैलिएको भीषण डढेलोका कारण तीन...

कङ्गोमा एडीएफका दुई आक्रमणमा ३२ जना सर्वसाधारण मारिए

कङ्गोमा एडीएफका दुई आक्रमणमा ३२ जना सर्वसाधारण मारिए

किन्शासा । पूर्वी डेमोक्रेटिक रिपब्लिक अफ कङ्गो (डीआरसी)मा ‘एलाइड डेमोक्रेटिक...

यमनमा पहिलोपटक महिला विदेशमन्त्री नियुक्त

यमनमा पहिलोपटक महिला विदेशमन्त्री नियुक्त

यमनले अफराह अल–जौबालाई विदेशमन्त्री नियुक्त गरेको छ। उनको नियुक्तिसँगै यमनको...

‘नाउल’ टाइफुनले दक्षिणी चीनमा जनजीवन प्रभावित

‘नाउल’ टाइफुनले दक्षिणी चीनमा जनजीवन प्रभावित

हङकङ । शक्तिशाली टाइफुन ‘नाउल’ आइतबार बिहान दक्षिणी चीनमा ठोक्किएपछि...

मध्यावधि चुनावमा ट्रम्पको परीक्षा, मतदान हुन १०० दिन बाँकी

मध्यावधि चुनावमा ट्रम्पको परीक्षा, मतदान हुन १०० दिन बाँकी

वासिङ्टन । संयुक्त राज्य अमेरिकाको मध्यावधि चुनाव हुन १०० दिन...