back
CTIZAN AD

शाङ्घाईको कोभिड–१९ सङ्क्रमणविरूद्धको अभियानमा छिमेकी प्रान्तले सहयोग गर्ने

वि.सं.२०७८ चैत २५ शुक्रवार

723 

shares

शाङ्घाई । चीनको जियाङ्गसु र झेजियाङ प्रान्तले कोभिड–१९ विरूद्धको अभियानमा शाङ्घाईलाई सहयोग गर्ने बताएका छन् ।

शाङ्घाईलाई सहयोग गर्न उनीहरूले क्वारेन्टाइनका लागि करिब ६० हजार कोठाहरू उपलब्ध गराउने बताएका हुन् ।

शाङ्घाई कोभिड–१९ रोकथाम तथा नियन्त्रण मुख्यालयका अनुसार अप्रिल ६ सम्म जियाङ्गसुले १६ हजार कोठा र झेजियाङले २१ हजार कोठा तयार पारेको छ । यी कोठाहरू शाङ्घाईमा कोभिड–१९ सङ्क्रमण भएका वा उनीहरूको सम्पर्कमा आएका व्यक्तिलाई क्वारेन्टाइनमा राख्न प्रयोग गरिने अधिकारीले बताएका छन् ।

आधिकारिक स्रोतहरूका अनुसार यी स्थलहरू महामारी नियन्त्रणका लागि सरकारी स्तर अनुरूप हुने र चिकित्सकहरू प्रदान गर्ने होटेलहरू हुनेछन् ।

शाङ्घाईले बुधबार ३२२ वटा व्यक्तिमा स्थानीयस्तरमा सङ्क्रमित भएको पुष्टि गरेको छ । त्यस्तै १९ हजार ६६० व्यक्तिमा लक्षणबिनाको सङ्क्रमण भेटिएको र उनीहरू बिभिन्न मुलुकबाट आएका चिनियाँ तथा अन्य मुलुकका नागरिक भएको बताइएको छ ।सिन्ह्वा

वि.सं.२०७८ चैत २५ शुक्रवार ०७:४७ मा प्रकाशित

१४ महिनापछि स्वदेश फर्कियो २५०० वर्ष पुरानो अमूल्य सुनौलो हेलमेट

१४ महिनापछि स्वदेश फर्कियो २५०० वर्ष पुरानो अमूल्य सुनौलो हेलमेट

बुखारेस्ट । गत वर्ष नेदरल्यान्ड्सको एक सङ्ग्रहालयबाट चोरी भएको दुई...

युक्रेनमा रूसी आक्रमण, १४ जनाको मृत्यु

युक्रेनमा रूसी आक्रमण, १४ जनाको मृत्यु

युक्रेन । युक्रेनमा भएको पछिल्लो रूसी आक्रमणमा परी कम्तिमा १४...

हाइटी किल्लामा भागदौड, ३० जनाको मृत्यु

हाइटी किल्लामा भागदौड, ३० जनाको मृत्यु

पोर्ट–अउ–प्रिन्स । हाइटीको ऐतिहासिक पर्यटकीय स्थल सिटाडेल लाफेरियरमा भएको भीडभाडपछि...

इरान-अमेरिका वार्ता निष्कर्षविहीन

इरान-अमेरिका वार्ता निष्कर्षविहीन

इस्लामावाद  । मध्यपूर्वमा चर्किंदै गएको युद्ध अन्त्य गर्ने उद्देश्यले पाकिस्तानको...

फ्रान्समा चार आप्रवासीको मृत्यु : फ्रान्सेली अधिकारी

फ्रान्समा चार आप्रवासीको मृत्यु : फ्रान्सेली अधिकारी

फ्रान्स । उत्तरी फ्रान्सको तटमा नहर पार गर्ने क्रममा बिहीबार...