back
CTIZAN AD

यमनलाई तीन अर्ब ५० करोड अमेरिकी डलर सहयोग गर्ने साउदी र युएईको घोषणा

वि.सं.२०७८ चैत २५ शुक्रवार

735 

shares

रियाद । साउदी अरब र संयुक्त अरब इमिरेट्स (यूएई) ले द्वन्द्वग्रस्त यमनलाई तीन अर्ब ५० करोड अमेरिकी डलरको सहयोग गर्ने बिहीबार घोषणा गरेका छन् ।

यमनी राष्ट्रपतिको नेतृत्वमा रहेको परिषद्को गठनपछि यमनका लागि सहयोगको घोषणा गरिएको हो ।

साउदी अरब र यूएईद्वारा संयुक्त रूपमा प्रस्तावित दुई अर्ब डलर र संयुक्त अरब इमिरेट्स यमनको केन्द्रीय बैंकमार्फत यमनमा आधारभूत सहयोगका लागि दिइने भएको साउदी अरबको राज्य सञ्चालित समाचार संस्थाले बताएको हो ।

यो सहयोग पेट्रोलियम पदार्थजन्य सामान खरिद, विकास परियोजना तथा पहललाई सहयोग गरिनेछ । साउदी अरबले पनि सन् २०२२ मा संयुक्त राष्ट्रसङ्घको (संयुक्त राष्ट्रसङ्घ) मानवीय सहयोग कार्यक्रमका लागि तीन करोड डलर दिने घोषणा यस पहिले पनि गरिसकेको छ ।

यसैबीच, साउदी अरबले भर्खरै स्थापना भएको यमनी परिषद्लाई संयुक्त राष्ट्रसङ्घको तत्वावधानमा हुथीहरूसँग अन्तिम र व्यापक राजनीतिक समाधानमा पुग्न वार्ता सुरु गर्न आग्रह गरेको छ ।

यसपहिले यमनी राष्ट्रपति अब्द–रब्बु मनसुर हाडीले उनकै नेतृत्वमा यमनी परिषद्को स्थापना गर्ने घोषणा गरी आफ्नो शक्ति परिषद्लाई हस्तान्तरण गरिएको बताएका छन् ।

राष्ट्रपतिको यो कदम संयुक्त राष्ट्रसङ्घको पहलमा यमनमा जारी द्वन्द्वका लागि भएको वार्तापछि युद्धविरामको घोषणा भएपछि आएको हो ।

परिषद्ले सङ्क्रमणकालमा देशको नेतृत्वको जिम्मेवारी लिई शान्ति प्रक्रियालाई अघि बढाउने छ ।

सन् २०१४ को अन्त्यदेखि गृहयुद्धमा फसेको यमनमा इरान निकट मानिने हुथी विद्रोहीका लडाकूले विभिन्न उत्तरी प्रान्तहरूको नियन्त्रण गरी राष्ट्रसङ्घ, साउदी अरबलगायत अन्य बहुसङ्ख्यक अरब मुलुकको समर्थन रहेको संयुक्त सरकारलाई राजधानी साना छोड्न बाध्य पारेको थियो । त्यसपछि साउदी नेतृत्वको अरब गठबन्धनले मार्च २६, २०१५ देखि यमनी सरकारलाई सहयोग गर्न हुथी विद्रोहीविरूद्ध हस्तक्षेप गरेको थियो । सिन्ह्वा

वि.सं.२०७८ चैत २५ शुक्रवार ०७:५२ मा प्रकाशित

१४ महिनापछि स्वदेश फर्कियो २५०० वर्ष पुरानो अमूल्य सुनौलो हेलमेट

१४ महिनापछि स्वदेश फर्कियो २५०० वर्ष पुरानो अमूल्य सुनौलो हेलमेट

बुखारेस्ट । गत वर्ष नेदरल्यान्ड्सको एक सङ्ग्रहालयबाट चोरी भएको दुई...

युक्रेनमा रूसी आक्रमण, १४ जनाको मृत्यु

युक्रेनमा रूसी आक्रमण, १४ जनाको मृत्यु

युक्रेन । युक्रेनमा भएको पछिल्लो रूसी आक्रमणमा परी कम्तिमा १४...

हाइटी किल्लामा भागदौड, ३० जनाको मृत्यु

हाइटी किल्लामा भागदौड, ३० जनाको मृत्यु

पोर्ट–अउ–प्रिन्स । हाइटीको ऐतिहासिक पर्यटकीय स्थल सिटाडेल लाफेरियरमा भएको भीडभाडपछि...

इरान-अमेरिका वार्ता निष्कर्षविहीन

इरान-अमेरिका वार्ता निष्कर्षविहीन

इस्लामावाद  । मध्यपूर्वमा चर्किंदै गएको युद्ध अन्त्य गर्ने उद्देश्यले पाकिस्तानको...

फ्रान्समा चार आप्रवासीको मृत्यु : फ्रान्सेली अधिकारी

फ्रान्समा चार आप्रवासीको मृत्यु : फ्रान्सेली अधिकारी

फ्रान्स । उत्तरी फ्रान्सको तटमा नहर पार गर्ने क्रममा बिहीबार...