काठमाडौं । भिभोले नेपालमा तीन नयाँ स्मार्टफोनहरु सार्वजनिक गरेको छ । भिभोले आइतबार यी स्मार्टफोनहरु भि २३ फाइभजी, वाई ३३ एस, वाई ०१ सार्वजानिक गरेको हो । यी नयाँ स्मार्टफोनप्रयोगकर्ताहरूलाई हरेक मूल्य विन्दुमा उत्कृष्ट अनुभव प्रदान गर्ने उद्देश्यले निर्माण गरिएको भिभोले जनाएको छ । भि २३ फाइभजी एक नविनतम स्मार्टफोन रहेको जनाउदै उल्लेखनिय प्रोट्रेटहरु र सेल्फीहरूका लागि असाधारण फोटोग्राफी सुविधाहरू रहेको भिभोले जनाएको छ ।
भिभोका अनुसार यसको बाह्य स्वरुपले प्राकृतिक साथै एक अलग अद्भूत लुक र अनुभव दिन्छ । नविन बाह्य स्वरुपका लागि भिभोले मेटल फ्ल्याट फ्रेम डिजाइनमा रंग परिवर्तन हुने फ्लोराइट एजी डिजाइन टेक्नोलोजीको प्रयोग गरको छ जुन प्रत्यक्ष सूर्यको किरणमा रङ परिवर्तन भएर अझ बढि आकर्षक देखिन्छ ।
अत्याधिक अपेक्षा राख्ने उपभोक्ताहरू, स्टाइल–सचेत ट्रेन्ड सेटरहरू र उच्च–कार्यसम्पादन फोटोग्राफरहरूले भि२३ फाइभजीमा सुन्दर डिजाइन, प्रिमियम फोटोग्राफी सुविधाहरू र गेमिङका लागि फाइभजी प्रदर्शनका साथै महत्वपूर्ण कार्य र स्रोत वृद्धिकर एपहरूको एक आदर्श संयोजन पाउने बताइएको छ ।
“भिभोमा, हामी आफ्नो व्यक्तित्व झल्काउन साहसी एवं नयाँ तरिकाहरू खोज्ने प्रयोगकर्ताहरुका लागि नवाचार, अत्याधुनिक क्षमताहरू र स्टाइलको संयोजन गरी उत्कृष्ट मोबाइल अनुभव सिर्जना गर्ने प्रयास गदछौं । भि२३ फाइभजीले विशिष्ट गुणस्तरीय सेल्फी र प्रोट्रेट शटहरूको लागि विभिन्न पक्षहरूमा उत्कृष्ट क्यामेरा क्षमताहरू प्रदान गर्दछ साथै हल्का तौल र सुरुचिपूर्ण डिजाइनले यसलाई फेशनेबल बनाउँछ तर अद्वितीय रङ-परिवर्तन विशेषताले गर्दा यो अन्यभन्दा अझ अलग छ । आज सार्वजनिक भएका तीनवटै स्मार्टफोनले प्रयोगकर्ताको मन जित्ने हाम्रो विश्वास रहेको छ” भिभो नेपालका सिईओ माइकलले भने ।
भि२३फाइभजीको डुअल-टोन स्पटलाइट र फ्रन्टको क्यामेराको एआई एक्स्ट्रिम नाइट प्रोट्रेट मोडको साथमा उत्तम नाइट पोट्र्रेटहरूबाट अँध्यारो प्रकाशमा राम्रो सटहरू लिन सकिने बताइएको छ । मनमोहक पार्टी दृश्यहरू खिच्न र विशेष पलहरू खिच्ने थप रमाइलो तरिकाहरूका लागि बहु-शैली प्रोट्रेट सुविधा उपलब्ध रहेको जनाइएको छ । भि२३ फाइभजीमा फोरके सेल्फी भिडियो पनि छ जहाँ प्रयोगकर्ताले उच्च स्पष्टताका साथ भिडियो खिच्न सक्ने भिभोले जनाएको छ ।
भि२३ फाइभजीमा ४४ वाट्ट फ्ल्यासचार्ज क्षमता पनि छ जसले सुपर स्लिम ४२०० एमएएच (टाइप) ब्याट्रीलाई छिटो र प्रभावकारी रूपमा पावर अप गर्न सक्ने बताइएको छ ।
मूल्य र उपलब्धता
भिभोका तीनवटा स्मार्टफोनहरु भि२३ फाइभजी, वाई३३एस, वाई०१ आजबाट देशभर उपलब्ध हुनेछन् । भिभो भि२३ फाइभजीको मूल्य रु ५५,९९९ रहेको छ र यो ८जीबी प्लस १२८जीबी स्टोरेज भेरियन्टमा सनसाइन गोल्ड र स्टारडस्ट ब्ल्याक रंगमा उपलब्ध हुनेछ ।
वाई३३एस रु २९,९९९ मा ८जीबी प्लस १२८जीबी स्टोरेज भेरियन्टमा मिरर ब्ल्याक र मिडडे ड्रीम रंगमा उपलब्ध हुनेछ । वाई०१ रु १३,९९९ मा २जीबी प्लस ३२जीबी स्टोरेज भेरियन्टमा एलिगेन्ट ब्ल्याक र सेफाइस ब्लू रंग उपलब्ध हुने भिभोले जनाएको छ ।
वि.सं.२०७८ चैत २७ आइतवार १६:४६ मा प्रकाशित





























