back
CTIZAN AD

सन्जित र मनीता उत्कृष्ट खेलाडी घोषित

वि.सं.२०७८ चैत २८ सोमवार

729 

shares

काठमाडौं। सन्जित डंगोल पुरुष र मनीता श्रेष्ठ प्रधान महिलामा अम्बिकाबहादुर क्षेत्री स्मृति राष्ट्रिय खुला जुडो प्रतियोगितामा आइतबार उत्कृष्ट खेलाडी घोषित भएका छन् । अघिल्लो दिन शनिबार सन्जितले ७३ केजीमुनि र मनीताले ५७ केजीमुनि स्वर्ण जितेका थिए । दुवै नेपाल प्रहरीका हुन् । प्रहरीकै राजबहादुर चन्द उत्कृष्ट प्रशिक्षक चुनिए ।

उत्कृष्ट खेलाडीलाई प्रतियोगिताको प्रमुख प्रायोजक स्व। अम्बिकाबहादुरका परिवारले जनही १ सय अमेरिकी डलर, आयोजक नेपाल जुडो संघका अध्यक्ष दीपकहर्ष वज्राचार्यले जनही ४ हजार र अमेरिकामा बस्दै आएका पूर्व जुडो खेलाडी अभिनव राणाले जनही ५ हजार नगद पुरस्कार प्रदान गरे । उत्कृष्ट प्रशिक्षक चन्दलाई पनि नगद पुरस्कार प्रदान गरिएको थियो । सोही अवसरमा नेपाल जुडो संघका कोषाध्यक्ष विपिनप्रसाद श्रेष्ठले नेपाल जुडो संघका उपाध्यक्ष समेत रहेका संस्थापक खड्गबहादुर दाहाललाई सम्मान स्वरुप ५ हजार रुपैयाँ प्रदान गरेका थिए ।

सोही अवसरमा अस्ट्रेलिया बसोवास गर्ने जुडो खेलाडी मोहन बमले १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत जुडोका स्वर्ण पदक विजेता देवीका खड्का र पुनम श्रेष्ठलाई उपलब्ध गराएको नगद पुरस्कार पनि प्रदान गरिएको थियो । मोहनले जुडोका मुख्य प्रशिक्षक वीरेन्द्र रन्जित मार्फत नगद पुरस्कार उपलब्ध गारएका हुन् । उनले नै खेलाडीलाई समान १५ हजार नगद पुरस्कार हस्तान्तरण गरे । मोहनले प्रतियोगितामा महेन्द्रनगरबाट सहभागी खेलाडीलाई एकतर्फी भाडा स्वरुप ५ हजार रुपैयाँ पनि सहयोग गरेका थिए ।

प्रतियोगिताको अन्तिम दिन ७ स्पर्धाको फाइनल भयो । पुरुष ८१ केजीमुनि नेपाल आर्मीका जंगबहादुर सारु पहिलो भए । उनले प्रहरीका मिलन खातीलाई पराजित गरे । कैलालीका योगेन्द्र विष्ट र प्रहरीका मधु रोका मगर तेश्रो भए । ९० केजीमुनि प्रहरीका मनीष महतोले फाइनलमा आर्मीका कपिल सापकोटालाई हराउदै पहिलो स्थान हात पारे । पीजेडीका मुकेशकुमार ठाकुर र आर्मीका सुजन गुरुङ तेश्रो भए । १०० केजीमुनि प्रहरीका श्रीराम मकाजुले स्वर्ण जिते । उनले फाइनलमा आर्मीका रमेश चन्दलाई पाखा लगाए । पीजेडीका हिमान्शु गुप्ता र बाँकेका निराजन क्षेत्री पौडेलले कांस्य हात पारे । १०० केजीमाथि प्रहरीका राजन जोशीले फाइनलमा आर्मीका रन्जेश गोलेको चुनौती पन्छ्याउदै शीर्ष स्थानमा रहे । बाँकेका प्रनितजंग सिंह तेश्रो भए ।

नयाँ बजारको खुशिबुँस्थित बहुउद्देश्यीय मार्सल आर्ट केन्द्रमा भएको प्रतियोगिताको महिला ७० केजीमुनि आर्मीकी पुनम श्रेष्ठ पहिलो, आर्मीकै सरिता श्रेष्ठ दोश्रो तथा प्रहरीकी निशा चौधरी र कास्कीकी निर्जला मल्ल तेश्रो भए । ७८ केजीमुनि प्रहरीकी दीपा गुरुङले स्वर्ण जितिन् । फाइनलमा दीपाले आर्मीकी विनिता मगरलाई निराश पारिन् । आर्मीकै रचना श्रेष्ठ र बाँकेकी सम्झना चौधरी तेश्रो भए । ७८ केजीमाथि आर्मीकी आकृति जोशीले मकवानपुरकी अस्मिता गोलेको चुनौती पन्छ्याउदै स्वर्ण चुमिन् ।

विजेतालाई नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । दुईदिने प्रतियोगितामा तीन विभागीयसहित २५ टिमका १ सय ५० खेलाडीले विभिन्न १४ स्पर्धामा प्रतिस्पर्धा गरेका थिए ।

वि.सं.२०७८ चैत २८ सोमवार ०७:५५ मा प्रकाशित

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालमा फिफा विश्वकप...

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालमा फिफा विश्वकप...

विश्वकप फुटबलः कालेब यिरेनकीको गोलमा घाना विजयी

विश्वकप फुटबलः कालेब यिरेनकीको गोलमा घाना विजयी

काठमाडौँ । फिफा विश्वकप फुटबल प्रतियोगिताअन्तर्गत आज भएको समूह ‘एल’को...

फिफा विश्वकप फुटबल : इंग्ल्याण्डद्वारा क्रोएसिया पराजित

फिफा विश्वकप फुटबल : इंग्ल्याण्डद्वारा क्रोएसिया पराजित

काठमाडौँ । फिफा विश्वकप फूटबल प्रतियोगिताको आज भएको खेलमा इंग्ल्याण्डले...

विश्वकप फुटबलः फ्रान्सद्वारा सेनेगल ३–१ ले पराजित

विश्वकप फुटबलः फ्रान्सद्वारा सेनेगल ३–१ ले पराजित

काठमाडौँ । फिफा विश्वकप फुटबल प्रतियोगिताअन्तर्गत आज बिहान सम्पन्न समूह...

विश्वकप फुटबलः उरुग्वे र साउदी अरबबीचको खेल बराबरीे

विश्वकप फुटबलः उरुग्वे र साउदी अरबबीचको खेल बराबरीे

काठमाडौँ । फिफा विश्वकप–२०२६ अन्तर्गत समूह ‘एच’ को उरुग्वे र...