back
CTIZAN AD

फ्रान्समा राष्ट्रपतिका लागि निर्वाचन जारी

वि.सं.२०७८ चैत २८ सोमवार

660 

shares

पेरिस ।  सन् २०२२ मा हुने गरी तय भएको राष्ट्रपति चयनका लागि फ्रान्समा स्थानीय समयअनुसार आइतबार बिहान ८ बजेदेखि मतदान सुरु भएको छ ।

वर्तमान राष्ट्रपति इम्यानुएल म्याक्रोँसहित १२ जना उम्मेदवारबाट आगामी पाँच वर्षका लागि योग्य उम्मेदवार छान्न करिब ४८ लाख योग्य मतदाताले मतदान गर्नेछन् ।

‘मेट्रोपोलिटन फ्रान्स’का अधिकांश मतदान केन्द्रहरू स्थानीय समयअनुसार आइतबार साँझ ७ बजे बन्द हुनेछन् भने पेरिस, लियोन, मार्सेल र बोर्डोजस्ता ठूला सहरहरूमा मतदान केन्द्रहरू त्यसको एक घण्टापछि अर्थात् (८ बजे) बन्द हुनेछन् ।

समूद्रपार रहेका फ्रान्सेलीहरू मतदाताहरूले शनिबार नै मतदान गरिसकेका छन् ।

कोभिड–१९ को बढ्दो सङ्क्रमणबीच फ्रान्सेली आन्तरिक मन्त्रालयले मतदान केन्द्रहरूका लागि स्वास्थ्य नियमहरू घोषणा गरेको छ ।

निर्वाचनमा खोप पास वा कोभिड–१९ सङ्क्रमण परीक्षण परिणाम मतदान केन्द्रमा प्रवेश गर्नेहरूको लागि अनिवार्य गरिएको छैन । मास्क र सामाजिक दूरी कायम गर्ने नियम पनि मतदाताका लागि अनिवार्य हुने छैन ।

यद्यपि, बुढापाका, कमजोर र कोरोनाभाइरस सङ्क्रमित व्यक्तिका लागि मास्क लगाउन प्रशासनले सुझाव दिएको छ ।

बजार अनुसन्धानमा काम गर्दै आएको फ्रान्सेली कम्पनी इप्सोसले बुधबार सार्वजनिक मतदान सर्भेक्षण परिणामले राष्ट्रपति म्याक्रोँेले नै पहिलो चरणमा निर्वाचनमा अग्रता कायम गर्ने देखिएको बताएको छ ।

सर्वेक्षणअनुसार उनलाई क्रमशः दक्षिणपन्थी दल राष्ट्रिय ¥याली पार्टीका म्यारिन ले पेन र वामपन्थी ला फ्रान्स इन्सोमिज पार्टीका नेता झाँ–लुक मेलेन्चोनले पछ्याउने देखिएको बताइएको छ । फ्रान्समा मतदान समाप्त हुनुभन्दा पहिले सर्वेक्षण नतिजा प्रकाशित गर्न अनुमति दिइएको छैन ।

फ्रान्समा अघिल्लो आर्थिक वर्षमा अर्थतन्त्र ३.६ प्रतिशतले वृद्धि भएपछि सन् २०२२ मार्चमा उपभोक्ता मूल्य सूचकाङ्क ४.५ प्रतिशतले बढेकोले क्रयशक्ति उच्च चिन्ताको विषय बनेको छ । इप्सोसका अनुसार युक्रेनमा चलिरहेको द्वन्द्व, वातावरण समस्या, स्वास्थ्य सेवा प्रणाली, आप्रवासन समस्या र सामाजिक असमानता पनि फ्रान्सेली मतदाताहरूले सर्वाधिक चासो राख्ने विषयहरूमध्ये पर्छन् ।

आन्तरिक मन्त्रालयले प्रमाणीकरण गरेपछि आइतबार राति वा सोमबार बिहान आधिकारिक प्रारम्भिक परिणाम घोषणा गरिनेछ ।

पहिलो चरणको निर्वाचनमा कुनै पनि उम्मेदवारले पूर्ण बहुमत प्राप्त गरेन भने अग्रस्थानका प्रमुख दुई उम्मेदवारबीच अप्रिल २४ मा पुनः प्रतिस्पर्धा हुनेछ ।

दोस्रो विश्वयुद्धपछि नाजी जर्मनीविरूद्धको आन्दोलनबाट राष्ट्रपति चाल्र्स द गलले स्थापना गरेको ‘फिफ्थ फ्रेन्च रिपब्लिक’ मा विश्वभर रहेका फ्रान्सेलीहरूले मतदान गर्ने अधिकार प्रदान गरिएपछि अहिलेसम्म कुनै पनि उम्मेदवार पहिलो चरणबाट नै राष्ट्रपति निर्वाचित भएको छैन ।सिन्ह्वा

वि.सं.२०७८ चैत २८ सोमवार ०८:५० मा प्रकाशित

मतदाता सूची विवादबीच पश्चिम बङ्गालमा मतदान सुरु

मतदाता सूची विवादबीच पश्चिम बङ्गालमा मतदान सुरु

कोलकाता । लाखौँ मतदाताको नाम सूचीबाट हटाइएको विवादबीच भारतको पश्चिम...

बेलायतमा चुरोटमाथि ऐतिहासिक कडाइ

बेलायतमा चुरोटमाथि ऐतिहासिक कडाइ

लन्डन  । बेलायतले भविष्यका पुस्तालाई धूम्रपानबाट जोगाउने लक्ष्यसहित चुरोट खरिदमै...

लेबनानमा इजरायली आक्रमण, पाँच जनाको मृत्यु

लेबनानमा इजरायली आक्रमण, पाँच जनाको मृत्यु

इजरायल । लेबनानको राष्ट्रिय समाचार एजेन्सी (एनएनए) र अल जजिराले...

१४ महिनापछि स्वदेश फर्कियो २५०० वर्ष पुरानो अमूल्य सुनौलो हेलमेट

१४ महिनापछि स्वदेश फर्कियो २५०० वर्ष पुरानो अमूल्य सुनौलो हेलमेट

बुखारेस्ट । गत वर्ष नेदरल्यान्ड्सको एक सङ्ग्रहालयबाट चोरी भएको दुई...

युक्रेनमा रूसी आक्रमण, १४ जनाको मृत्यु

युक्रेनमा रूसी आक्रमण, १४ जनाको मृत्यु

युक्रेन । युक्रेनमा भएको पछिल्लो रूसी आक्रमणमा परी कम्तिमा १४...