back
CTIZAN AD

क्यान मेला १ रुपैयाँमा हेर्न पाइने

वि.सं.२०७८ चैत २८ सोमवार

738 

shares

काठमाडौं । आगामी वैशाख ७ देखि १२ गतेसम्म काठमाडौंमा हुन लागेको क्यान इन्फोटेक–२०२२ को तयारी अन्तिम चरणमा पुगेको छ । सोमबार आयोजक कम्युटर एशोसिएसन नेपाल महासंघ (क्यान)ले पत्रकार सम्मेलन गर्दै मेलाको तयारी अन्तिम चरणमा पुगेको जनाएको हो ।

यस पटकको मेलामा आइएमइ पे मुख्य प्रायोजक र एमसिटी स्मार्ट क्युआर युनियन पे सह–प्रायोजक रहेको आयोजक संस्थाले जनाएको छ । जनाइएअनुसार वल्र्डलिङ्क कम्युनिकेसन, डिस होम फाइवरनेट, जेनेरेसन नेक्स्ट र नेपाल क्लियरिङ्ग हाउसलगायत पनि विभिन्न शीर्षकमा प्रायोजक छन् ।

आयोजक संस्थाले जनाएअनुसार मेलामा सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, सूचना प्रविधि विभाग, उद्योग वाणिज्य महासंघ, नेपाल दुरसञ्चार प्राधिकरणलगायत प्रत्यक्ष तथा अप्रत्यक्ष सहयोगीको रुपमा रहेका छन् ।

मेलामा क्यान महासंघमा आवद्ध संस्थाहरुका साथै विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय सूचना तथा सञ्चार प्रविधिसम्बन्धी कम्पनी एवम् उत्पादनहरुको प्रदर्शन हुने बताइएको छ । मेलामा रोबोटिक्स, इमर्जिङ्ग टेक्नोलोजि, वाइफाइ तथा इन्टरनेतलगायत सफ्टवेयर तथा नेटवर्किङसम्बन्धी विभिन्न कम्पनीहरुले आफ्नो सामाग्रीहरु प्रदर्शन तथा विक्री गर्नेछन् ।

टिकट शुल्क १ रुपैयाँ मात्रै

मेला आयोजकले अवलोकनकर्ताको संख्या बढाउन प्रवेश शुल्क निकै नगण्य बनाएको छ । महासंघले मेला हेर्न जम्मा १ रुपैयाँ तोकेको र उक्त रकम आइएमइ पेले व्यवस्थापन गर्ने बताइएको छ । मेलामा क्यासलेस प्रवेश टिकटको व्यवस्था गरिएको आयोजकले जनाएको छ । मेलामा करिब ३ लाख अवलोकनकर्ताले अवलोकन गर्ने अपेक्षा गरिएको छ ।

वि.सं.२०७८ चैत २८ सोमवार १६:२५ मा प्रकाशित

स्याङ्जामा एकै रातमा १० बाख्रामाथि आक्रमण

स्याङ्जामा एकै रातमा १० बाख्रामाथि आक्रमण

स्याङ्जा । स्याङ्जाको गल्याङ नगरपालिकामा बाघको आतंक बढ्दै गएको छ।...

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

काठमाडौँ । साताको तेस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेन्ज...

विदेश अध्ययनका लागि वित्तीय र परामर्श सेवा दिन नबिल बैंकको ‘नबिल बैंक एजुकेशन हब’

विदेश अध्ययनका लागि वित्तीय र परामर्श सेवा दिन नबिल बैंकको ‘नबिल बैंक एजुकेशन हब’

काठमाडौँ । नबिल बैंक लिमिटेडले काठमाडौँको पुतलीसडकमा ‘नबिल बैंक एजुकेशन...

युनाइटेड अजोडको सीईओ भट्टराईद्वारा राजीनामा, रिजाललाई कामु सीईओको जिम्मेवारी

युनाइटेड अजोडको सीईओ भट्टराईद्वारा राजीनामा, रिजाललाई कामु सीईओको जिम्मेवारी

काठमाडौँ । युनाईटेड अजोड इन्स्योरेन्स कम्पनीको कामु सिईओको जिम्मेवारीमा डेपुटी...

ग्यास अभाव अन्त्यका लागि सहकार्य गर्न ग्यास उद्योग संघको अपिल

ग्यास अभाव अन्त्यका लागि सहकार्य गर्न ग्यास उद्योग संघको अपिल

काठमाडौँ । बजारमा देखिएको एलपी ग्यासको समस्या हल गर्न र...

आवश्यक नभएसम्म नयाँ सिलिन्डर नभराउन एलपी ग्यास उद्योग संघको आग्रह

आवश्यक नभएसम्म नयाँ सिलिन्डर नभराउन एलपी ग्यास उद्योग संघको आग्रह

काठमाडौं । एलपी ग्यास उद्योग संघ नेपालले बजारमा देखिएको खाना...