back
CTIZAN AD

चेन्नाईले निकाल्यो पहिलो जित, शिवम दुवे र रोबिन उथप्पाको विस्फोटक ब्याटिङ्ग

वि.सं.२०७८ चैत ३० बुधवार

747 

shares

३० चैत, काठमाडौँ । २०२२ को आईपिएलमा चेन्नाई सुपर किंग्सले पहिलो जित हासिल गरेको छ । चेन्नाईले रोयल च्यालेन्जर्स बेङ्गलोरलाई २३ रनले पराजित गर्दै आफ्नो पहिलो जित हासिल गरेको हो ।

टस हारेर पहिले ब्याटिङ्ग गरेको चेन्नाईले २० ओभरमा ४ विकेट गुमाएर २१६ रन बनाएको थियो । चेन्नाईका लागि शिवम दुवेले ४६ बलमा ९६ रनको विस्फोटक पारी खेलेका थिए । त्यसैगरी रोबिन उथप्पाले पनि ५० बलमा ८८ रनको विस्फोटक पारी खेलेका थिए । बेङ्गलोरका लागि बलिङ्गमा भने वानिन्दु हसरंगाले सर्वाधिक २ विकेट हात पारेका थिए ।

२१७ रनको विशाल लक्ष्य पछाएको बेङ्गलोरले २० ओभरमा ९ विकेट गुमाएर १९३ रन मात्र बनाउन सक्यो । बेङ्गलोरका लागि ब्याटिङ्गमा शाहबाज अहमदले सर्वाधिक ४१ रन बनाएका थिए भने चेन्नाईका लागि बलिङ्गमा महेश थेक्षानाले सर्वाधिक ४ विकेट हात पारेका थिए ।

जितसँगै चेन्नाईले ५ खेलबाट २ अकं जोडेको छ ।

वि.सं.२०७८ चैत ३० बुधवार १०:२५ मा प्रकाशित