काठमाडौं । २०७४ मा भएको स्थानीय तहको निर्वाचनमा नेकपा (एमाले)ले २ सय ९५ पालिका जितेको थियो । एमालेले जितेका २ सय ९५ पालिकामध्ये १ सय ६९ पालिकामा कांग्रेस दोस्रो र ४० पालिकामा माओवादी दोस्रो दल बनेका थिए । एमालेका जितेका सबैजसो पालिकामा कांग्रेस दोस्रो बन्दा माओवादी तेस्रो र माओवादी दोस्रो बन्दा कांग्रेस तेस्रो बनेका थिए ।
एमालेले जितेका केही पालिकाको मतान्तर निकै कम पनि छ । तत्कालिन चुनावलाई हेर्दा एमालेले जितेका १ सय ६१ पालिकामा कांग्रेस र माओवादीबीच गठबन्धन भए एमाले सहजै पराजित हुने अवस्था छ ।
एमालेले जितेका १६९ पालिकामध्ये एक सय पालिकामा एमालेभन्दा कांग्रेस–माओवादीको मतभार १ हजारभन्दा बढी छ । ३१ पालिकामा एमालेसँग कांग्रेस र माओवादीको तुलना गर्दा ५ हजारभन्दा बढी मत फरक पर्न आउँछ ।
यी हुन् कांग्रेस र माओवादी मिल्दा २ हजारभन्दा बढी मत हुने पालिका

महानगरबाहेकका अधिकांशमा ठाउँमा हुनसक्छ ठूलो क्षति
०७४ मा भएको निर्वाचनमा ६ महानगरमध्ये एमालेले दुई, कांग्रेसले दुई, माओवादी केन्द्रले एक र संघीय समाजवादी फोरमले एक महानगर जितेका थिए । काठमाडौं र पोखरामा गठबन्धन भएको भएपनि एमालेले निकै फराकिलो मतले गठबन्धनलाई हराएको थियो ।
गठबन्धन हुँदा पनि काठमाडौंमा एमालेका उम्मेदवार विद्या सुन्दर शाक्य करिब २० हजार मतान्तरसहित विजयी भएका थिए । पोखरामा पनि एमालेले निकै फराकिलो मतले जित हात पारेको थियो । कांग्रेस र माओवादीको गठबन्धन बन्दा पनि एमालेका उम्मेदवार मानबहादुर जिसी झण्डै १४ हजार मतान्तरसहित विजयी भएका थिए ।
ता भरतपुर महानगरपालिकामा एमाले हारेको भएपनि निकै बलियो देखिएको थियो । तत्कालिन निर्वाचनमा गठबन्धनका साझा उम्मेदवार रेणु दाहालले एमालेका उम्मेदवार देवीप्रसाद ज्ञवालीभन्दा जम्मा २०३ मत बढी ल्याएकी थिइन ।
तथापी, एमाले विभाजन भएको कारण तत्कालिन समय जस्तो महानगरमा मत स्थिर रुपमा रहने देखिन्न । काठमाडौं, पोखरा र भरतपुरमा एमालेको मत नेकपा (एकीकृत समाजवादी)ले ठूलै हैसियतमा काट्ने देखिन्छ । पाँच दलीय गठबन्धनका बीच पोखरामा एकीकृत समाजवादीलाई मेयर छाड्ने सहमति पनि भएको छ ।
यता, ११ उपमहानगरमध्ये तत्कालिन समय एमाले एक्लैले ७ उपमहानगर जितेको थियो । एमालेले ७ जित्दा कांग्रेसले २ र राप्रपा र मधेशवादी तत्कालिन राजपाले एक जितेको थियो । तर, सबैजसो उपमहानगरमा दलहरुबीच प्रतिस्पर्धा कडा देखिएको थियो । माओवादीले कुनै उपमहानगर नजितेको भएपनि माओवादी बलियो प्रतिस्पर्धीको रुपमा उभिएको थियो ।
अहिले गठबन्धनका दलहरुबीच पाँच उपमहानगर कांग्रेसलाई, दुई माओवादी र एकीकृत समाजवादी र जसपालाई एक/एक दिने मोटामोटी सहमति भइसकेको छ । अझैपनि धरान र कलैयाको विषयमा भने दलहरुबीच सहमति हुन सकेको छैन । यदि सबै उपमहागरमा गठबन्धन बनाएर गएमा बुटवल बाहेका उपमहानगरमा एमालेलाई जित्न कठिन हुने देखिन्छ ।
सम्बन्धित समाचार
वि.सं.२०७८ चैत ३० बुधवार १४:०१ मा प्रकाशित
























