back
CTIZAN AD

छन्द कविता : आओस् वर्ष नयाँ

वि.सं.२०७९ वैशाख ३ शनिवार

1.2K 

shares

अविचल आस्था मणि, म्याग्दे, तनहुँ

१.
आओस् वर्ष नयाँ, सहर्ष दुनियाँ संकल्प राम्रो लिओस्
सारा सृष्टि सपारिने सुखद होस्, आनन्द सङ्लो दिओस्
सारा दोष हटुन्, उदार सपना, माधुर्यका झाङ्गिउन्
काला कल्मष, द्वेष नाश छ हुने, छन् वैरता नासिउन्

२.
आओस् वर्ष सफा, सदैव सुकिला, सम्मान वर्षा गरी
आनन्दी मनसाय प्रष्ट मलिला, ल्याउन् नयाँ माधुरी
शङ्का होस् निमिट्यान्न, सर्व सुविधा, संचेतना होस् घना
ल्याओस् वर्ष उपासना प्रकृतिको, औचित्यको योजना

३.
आँटेको सब काम पूर्ण, जनता साँच्चै बनुन् हर्षित
सेवामा जनको समर्पित हुने होस् भाव आकर्षित
इच्छा पूर्ण गराउँदै सकलमा होस् प्रेरणा, एकता
लेखिन्छन् शुभकामना हृदयमा सोझा बनेका सफा

४.
आओस् वर्ष नयाँ, उपाय सजिला, सत्कर्म होस् पालन
यो नेपाल सफा समुन्नत बनोस्, होस् धारणा पावन
सादा जीवन, उच्च सोच क्षमता, नेतृत्व होस् सुस्थिर
आत्मा होस् परिपूर्ण प्रेम रसमा, होस् देह यो मन्दिर

५.
आओस् वर्ष नयाँ, तथास्तु मनका संकल्प जागा खुला
झण्डा फर्फर होस् सदा गगनमा, हुर्कुन्, बढुन् पालुवा
टाढा रोग र शोक होस्, जीवनको नौलो चलोस् कीर्तन
आओस् वर्ष नयाँ, नयाँ किसिमले लालित्य होस् सिर्जन

छन्द : शार्दूलविक्रीडित

 

वि.सं.२०७९ वैशाख ३ शनिवार ०७:४९ मा प्रकाशित

साहित्यकार न्यौपानेद्वारा लिखित ‘मनका उद्गार’ कृति विमोचन

साहित्यकार न्यौपानेद्वारा लिखित ‘मनका उद्गार’ कृति विमोचन

घोराही । साहित्यकार माधवप्रसाद न्यौपानेद्वारा लिखित ‘मनका उद्गार’ कृतिको विमोचन...

जनसांस्कृतिक महासङ्घ नेपालको संय‍ोजकमा भीम कुमाखी चयन

जनसांस्कृतिक महासङ्घ नेपालको संय‍ोजकमा भीम कुमाखी चयन

काठमाडौं । जनसांस्कृतिक महासङ्घ नेपालको ऐतिहासिक एकताको राष्ट्रिय सम्मेलन भव्यतापूर्वक...

झिल्का कविता

झिल्का कविता

राज कुमार राजभण्डारी खाेटाङ्गे ऐसेलुखर्क - ३ , खाेटाङ १....

चारु

चारु

भवानी पोखरेल (बाबु बिराज) बाणगंगा १, कपिलवस्तु आउन पाएको छैन...

सुसेली

सुसेली

टेक बहादुर लौडारी भानु ४ , तनहुँ, ‌‌ आयो असार...

मुक्तक

मुक्तक

मल्ल लक्ष्मी श्रेष्ठ, बिर्तामोड झापा १, पटक पटक धोका दिन्छ...