back
CTIZAN AD

लघुकथा : अन्धाको देशमा

वि.सं.२०७९ वैशाख ३ शनिवार

1.6K 

shares

दिनेश निरौला, ओखलढुंगा, हाल- सुनसरी

‘उसले डबल एमए पढ्यो । अरु धेरै पढ्यो । नेपालको पढाईनै सबै पढेर सक्यो ।’ उसकी आमाबाट मैले सुनेकै यही हो ।
ऊ सँग प्रत्यक्ष भेटेर यौटा कुरा राख्न र दुईटा कुरा सुन्न पाए म भाग्यमानी हुनेथिएँ भन्ने मलाई लाग्दथ्यो ।

उसले नामको अगाडी डा.सुशिल लेखेको थियो ।

डाँडाघरे हुँदै होईन, डा.को अर्थ । उसकी आमालेनै लगाउनु भएको थियो । उ पढेर भन्दा पनि धेरै लेखेर डा.भएको थियो । डा. भनेको नेपालको सबै पढाई पढिसक्नु र आफ्नै कुराहरू लेख्नु हो । मैले बुझेको पनि यहि थियो ।

रहरले कहर बुझेन । मैले उसले लेखेका प्रायः सबै पढें । तर केही बुझिन । यो मेरो कमजोरी थियो । म बल्ल प्रवेशिका निखारेको आम मान्छे ।
फोनको घण्टी बज्यो । हेरें नयाँ नम्बर थियो । मन नलागि नलागि फोन उठाएँ ।
‘तिमी दिनेश हो ?’ उसले कड्किएर सोध्यो ।

‘हो ।’ मैले डराउँदै भनें ।

‘पैसा कहाँ कमायौ’ ऊ झनै कड्कियो ।

‘छैन हजुर ! म त बरोजगारी पढाई पनि छैन यसो केही लेख्छु, गरिबी बिर्सिनलाई’ ओठ कमाउँदै भने ।

‘यौटा शुद्ध छैन तिमीले लेखेको । हामी भाषा र बिषयमा पिएचडी गरेर लेख्न थालेका । हाम्रोमा कसैको ध्यान छैन । तर तिम्रै पेवा छन् मिडिया । मिडिया कसरी किन्यौ ?’ उ चट्याङ झै चड्कियो ।

‘सर पाठकले पिएचडी गरेका छैनन् । सरल शब्द मात्र बुझ्छन् ।’ म बोल्दै थिएँ फोन काटियो ।

मलाई बुझ्न समय लागेन ऊ मेरै गाउँको । नेपालको पढाई सकेको डा. सुशिल थियो ।

वि.सं.२०७९ वैशाख ३ शनिवार ०७:४८ मा प्रकाशित

साहित्यकार न्यौपानेद्वारा लिखित ‘मनका उद्गार’ कृति विमोचन

साहित्यकार न्यौपानेद्वारा लिखित ‘मनका उद्गार’ कृति विमोचन

घोराही । साहित्यकार माधवप्रसाद न्यौपानेद्वारा लिखित ‘मनका उद्गार’ कृतिको विमोचन...

जनसांस्कृतिक महासङ्घ नेपालको संय‍ोजकमा भीम कुमाखी चयन

जनसांस्कृतिक महासङ्घ नेपालको संय‍ोजकमा भीम कुमाखी चयन

काठमाडौं । जनसांस्कृतिक महासङ्घ नेपालको ऐतिहासिक एकताको राष्ट्रिय सम्मेलन भव्यतापूर्वक...

झिल्का कविता

झिल्का कविता

राज कुमार राजभण्डारी खाेटाङ्गे ऐसेलुखर्क - ३ , खाेटाङ १....

चारु

चारु

भवानी पोखरेल (बाबु बिराज) बाणगंगा १, कपिलवस्तु आउन पाएको छैन...

सुसेली

सुसेली

टेक बहादुर लौडारी भानु ४ , तनहुँ, ‌‌ आयो असार...

मुक्तक

मुक्तक

मल्ल लक्ष्मी श्रेष्ठ, बिर्तामोड झापा १, पटक पटक धोका दिन्छ...