back
CTIZAN AD

शेहबाज शरिफ सरकारद्धारा सहयोग प्याकेज पुनः प्राप्त गर्न आईएमएफसँग पुनः वार्ता सुरू गर्ने

वि.सं.२०७९ वैशाख ५ सोमवार

789 

shares

इस्लामाबाद, पाकिस्तान ।  पाकिस्तानको अर्थतन्त्र कमजोर अवस्थामा पुगेको भन्दै यहाँका प्रधानमन्त्री शेहबाज सरिफ नेतृत्वको नयाँ सरकारले सोमबारदेखि अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) सँग पुनः वार्ता गर्ने निर्णय गरेको अधिकारीहरूलाई उद्धृत गर्दै स्थानीय सञ्चारमाध्यमले आइतबारे जानकारी दिएका छन् ।

यस पहिलेको इमरान खान सरकारले ऊर्जाको मूल्य घटाएको र देशको अर्थतन्त्रलाई प्रभावित पारेको भन्दै छ अर्ब अमेरिकी डलरको आईएमएफ कार्यक्रम रोकिएको थियो ।

हालै प्रधानमन्त्री निर्वाचित शरिफले आईएमएफसँग यी निर्णायक वार्ताको नेतृत्व गर्ने नयाँ सङ्घीय क्याबिनेट र वित्त मन्त्रीका बारेमा निर्णय गर्न बाँकी रहेकाले आईएमएफ वार्ताको वरिपरि थप अनिश्चितता देखिएको छ ।

यस पहिले वार्ता रोकिएको बिन्दुबाट आईएमएफ अधिकारीहरूसँग छलफल सुरु हुने पाकिस्तानी अधिकारीले बताएका छन् ।

वार्तापछि पाकिस्तानले आईएमएफ कार्यक्रमको पुनः स्थापनाको औपचारिक घोषणा गर्नेछ । स्रोतका अनुसार उक्त वार्ता अनुदान, आममाफी र नयाँ सर्तमा केन्द्रित हुने अपेक्षा गरिएको जनाइएको छ । स्रोतका अनुसार आगामी वार्तामा सरकारी उच्च अधिकारीहरू सहभागी हुने निर्णय अनौपचारिक रूपमा गरिसकिएको छ ।एएनआई

वि.सं.२०७९ वैशाख ५ सोमवार ०७:४१ मा प्रकाशित

अमेरिका–इरान समझदारीपछि युरोपेली शेयर बजार उकालो लाग्यो 

अमेरिका–इरान समझदारीपछि युरोपेली शेयर बजार उकालो लाग्यो 

लन्डन ।  संयुक्त राज्य अमेरिका र इरानबीच भएको शान्ति समझदारी...

अमेरिका–इरान समझदारीले जगायो नयाँ आशा, महत्वपूर्ण विषयमा  भने मतभेद कायमै

अमेरिका–इरान समझदारीले जगायो नयाँ आशा, महत्वपूर्ण विषयमा  भने मतभेद कायमै

तेहरान ।  अमेरिका र इरानबीच पछिल्ला तीन महिनादेखि जारी तनाव...

मलेसियाको आन्तरिक पर्यटनमा वृद्दि, अर्थतन्त्र वृद्दिमा सहयोग

मलेसियाको आन्तरिक पर्यटनमा वृद्दि, अर्थतन्त्र वृद्दिमा सहयोग

क्वालालम्पुर ।   मलेसियामा सन् २०२५मा आन्तरिक पर्यटक भ्रमण ११ दशमलव...

अमेरिका इरान सम्झौताको मस्यौदा तयार, के–के छन् सम्झौताको मस्यौदामा ?

अमेरिका इरान सम्झौताको मस्यौदा तयार, के–के छन् सम्झौताको मस्यौदामा ?

तेहरान ।अमेरिका र इरानबीच प्रस्तावित सम्झौताको अन्तिम मस्यौदामा तेहरानको परमाणु...

मारुत अभियानका अभियन्ताहरू ‘आयुष अन्तर्राष्ट्रिय राईजिङ अवार्ड’ बाट विभूषित

मारुत अभियानका अभियन्ताहरू ‘आयुष अन्तर्राष्ट्रिय राईजिङ अवार्ड’ बाट विभूषित

‎काठमाडौँ । पूर्वीय दर्शनको प्राण, मानव चेतनाको ऊर्ध्वगमनको वैज्ञानिक पद्धति...

जन्मदिनमा ट्रम्पको ‘फाइट नाइट’

जन्मदिनमा ट्रम्पको ‘फाइट नाइट’

वासिङ्टन  । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो ८०औँ जन्मदिनलाई असामान्य...