back
CTIZAN AD

सहमति नजुटेको भन्दै पोखरा कांग्रेसले भन्यो -‘मित्रवत प्रतिश्पर्धामा जाने निर्णय गर्यौ’

वि.सं.२०७९ वैशाख ५ सोमवार

759 

shares

काठमाडौं । पोखरा महानगरको प्रमुख पदमा माधव कुमार नेपाल नेतृत्वको नेकपा (एकिकृत समाजवादी) पार्टीले दावी गरेपछि नेपाली कांग्रेसले मित्रवत् प्रतिश्पर्धामा जाने बताएको छ ।

पोखरा कांग्रेसले प्रमुख पदमा एकिकृत समाजवादी पार्टीले अस्वभाविक दावी गरेका कारण सहमति हुन नसकेको भन्दै सो पार्टीसँग स्थानीय निर्वाचनमा मैत्रीपूर्ण र स्वच्छ प्रतिश्पर्धा सहित जाने निर्णय गरेको विज्ञप्तिमार्फत् जनाएको छ ।

‘जिल्ला संयन्त्रबाट निर्वाचनका लागि तालमेल गर्ने सम्बन्धमा नेकपा (एकिकृत समाजवादी) सँग कास्की जिल्लामा व्यापक छलफल हुँदा पनि नेकपा एकिकृत समाजवादीको अस्वभाविक दावीका कारणले निष्कर्ष निस्कन नसकेको र पार्टी मातहतका निकायहरुको राय सुझवलाई समेत मध्यनजर गरी अनय गठबन्धनका दलहरुसँग तालमेलका लागि वार्ता संवाद अगाडि बढाउने र नेकपा एकिकृत समाजवादीसँग स्थानीय निर्वाचनमा मैत्रीपूर्ण र स्वच्छ प्रतिश्पर्धा सहित जाने निर्णय गरियो ।’ नेपाली कांग्रेसका कास्कीका सचिव देवेन्द्र रानाभाट र भानुभक्त ढकालले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

उता नेकपा एकिकृत समाजवादीका जिल्ला अध्यक्ष धनराज आचार्यले भने भित्र गठबन्धनको बैठक बसिरहेका बेला बाहिर कांग्रेसले एकलौटी रुपमा विज्ञप्ति जारी गरेको भन्दै असन्तुष्ट व्यक्त गरेका छन् ।

आचार्यले लेखेका छन्– ‘कास्कीमा सत्ता गठवन्धनमा रहेका दलहरु विच स्थानीय तहको निर्वाचन केन्द्रित बैठक भर्खर प्रारम्भ भएको छ । गठबन्धनका सम्वन्धमा विभिन्न माध्यमवाट आईरहेका भ्रामक समाचारहरुलाई खारेज गर्दै, थप एकतावद्ध भएर अगाडि बढ्ने अठोटका साथ बैठक अगाडि बढेको छ । नेपाली काँग्रेशका सभापति किशोरदत्त वरालको अध्यक्षतामा जारी बैठकमा माओवादी केन्द्र, एकीकृत समाजवादी, जसपा र राजमोका नेताहरुको सहभागिता रहेको छ । आजैको बैठकवाट सकरात्मक समाचार सम्प्रेषण हुने अपेक्षा गरिएको छ ।’

वि.सं.२०७९ वैशाख ५ सोमवार १६:०४ मा प्रकाशित

देवानगञ्ज घटनाप्रति ओलीको चिन्ता : सद्भाव र एकता कायम राख्न आग्रह

देवानगञ्ज घटनाप्रति ओलीको चिन्ता : सद्भाव र एकता कायम राख्न आग्रह

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले...

सप्तरीमा सर्वदलीय बैठक : सामाजिक सद्भाव कायम राख्न आग्रह

सप्तरीमा सर्वदलीय बैठक : सामाजिक सद्भाव कायम राख्न आग्रह

जनकपुरधा । सप्तरीमा आज बसेको सर्वदलीय तथा सरोकारवालाको बैठकले सामाजिक...

सिरहामा सुरक्षाकर्मीको गोली लागेर एक जनाको मृत्यु

सिरहामा सुरक्षाकर्मीको गोली लागेर एक जनाको मृत्यु

सिरहा । सिरहामा दुई पक्षबीच भएको झडपका क्रममा सुरक्षाकर्मीको गोली...

दूरसञ्चार सेवामा सुधार गर्ने सरकारको लक्ष्य छ : सञ्चारमन्त्री तिमिल्सिना

दूरसञ्चार सेवामा सुधार गर्ने सरकारको लक्ष्य छ : सञ्चारमन्त्री तिमिल्सिना

काठमाडौँ । सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले चालु आर्थिक...

नेप्से १६ अंकले घट्यो, कारोबार रकम तीन अर्ब ३८ करोडमा सीमित

नेप्से १६ अंकले घट्यो, कारोबार रकम तीन अर्ब ३८ करोडमा सीमित

काठमाडौँ । आज साताको पाँचौँ कारोबारको दिन पनि नेप्से परिसूचक...

सार्वजनिक सुरक्षाप्रति गम्भीर भई समस्या समाधान गर्न ‘जेनजी मुभमेन्ट’ आग्रह

सार्वजनिक सुरक्षाप्रति गम्भीर भई समस्या समाधान गर्न ‘जेनजी मुभमेन्ट’ आग्रह

काठमाडौँ । ‘जेनजी मुभमेन्ट नेपाल’ले देशका विभिन्न भागमा पछिल्लो समय...