back
CTIZAN AD

यात्रुको गुनासो आएको भन्दै तत्काल समस्या समाधान गर्न गृहमन्त्री निर्देशन

वि.सं.२०७९ वैशाख ५ सोमवार

609 

shares

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाणले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा देखिएको समस्या तत्काल समाधान गर्न निर्देशन दिएका छन् । गृहमन्त्री खाणले यात्रुको गुनासो आएको भन्दै तत्काल समस्या समाधान गर्न निर्देशन दिएका हुन् ।

गृहमन्त्री खाणले आज गृह मन्त्रालयमा सम्बन्धित निकायका प्रमुखलाई बोलाएर विमानस्थलमा देखिएका समस्या तत्काल समाधान गर्ने निर्देशन दिएको गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले जानकारी दिए ।

मन्त्री खाणले अध्यागमन विभागका महानिर्देशक नारायणप्रसाद भट्टराई, अन्तर्राष्ट्रिय विमानस्थलका प्रमुख अध्यागमन अधिकृत पुष्पराज शाही, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुर, विमानस्थलका प्राविधिक सुरक्षा प्रमुख टेकनाथ सिटौला तथा कर्पोरेट प्रमुख महेन्द्र खनाललाई बोलाएर उक्त निर्देशन दिएका हुन् ।

“मन्त्रीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा देखिएका समस्याबारे जानकारी लिँदै तत्काल सुधार्न निर्देशन दिनुभएको छ”, प्रवक्ता पोखरेलले भने । गृहमन्त्री खाणले विमानस्थलमा रहेका काउन्टरमा भिडभाड हुन नदिन आवश्यक व्यवस्था मिलाउनका साथै विमानस्थलभित्र रहेका बैंकका एटिएम मेसिन बिग्रिएको भन्दै यात्रुको गुनासो आएको भन्दै तत्काल समस्या समाधानका लागि निर्देशन दिएका छन् ।

तत्काल अन्तर्राष्ट्रिय विमानस्थलमा एक्स-रे मेसिन जडान गरेर उपलब्ध गराउने सेवालाई सहज बनाउन पनि उनले निर्देशन दिनुभएको प्रवक्ता पोखरेलले बताए । बैठकमा गृहसचिव टेकनारायण पाण्डे, मन्त्रालयका प्रवक्ता पोखरेल, कर्मचारी प्रशासन महाशाखा प्रमुख टेकबहादुर केसीको समेत सहभागिता थियो ।

वि.सं.२०७९ वैशाख ५ सोमवार १६:१७ मा प्रकाशित

अन्तर्वार्ताको मिति छिटो मिलाइदिन्छु भन्ने दाबी गर्नेहरूसँग सावधान रहन अमेरिकी दूतावासको आग्रह

अन्तर्वार्ताको मिति छिटो मिलाइदिन्छु भन्ने दाबी गर्नेहरूसँग सावधान रहन अमेरिकी दूतावासको आग्रह

काठमाडौं । नेपालस्थित अमेरिकी दूतावासले भिसा अन्तर्वार्ताको मिति छिटो मिलाइदिने...

बैंकिङ कसुर मुद्दाका चार प्रतिवादी पक्राउ

बैंकिङ कसुर मुद्दाका चार प्रतिवादी पक्राउ

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले बैंकिङ कसुर...

मादक पदार्थ सेवनगरी श्रीमानद्वारा श्रीमतीको हत्या

मादक पदार्थ सेवनगरी श्रीमानद्वारा श्रीमतीको हत्या

डोटी । डोटीको जोरायल गाउँपालिका–४ देउथलीमा मादक पदार्थ सेवन (मापसे)...

फोहर व्यवस्थापनमा देखिएका समस्या समाधान गर्न सञ्चारमन्त्रीको निर्देशन

फोहर व्यवस्थापनमा देखिएका समस्या समाधान गर्न सञ्चारमन्त्रीको निर्देशन

काठमाडौँ । नुवाकोट क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्य एवं...

‘टिचर्स डे’ मा रूपान्तरित हुँदै ‘गुरू पूर्णिमा’

‘टिचर्स डे’ मा रूपान्तरित हुँदै ‘गुरू पूर्णिमा’

काठमाडौँ । विद्यार्थीहरूले आफैँ पैसा उठाएर ‘केक’ ल्याएका थिए ।...

ऐन संशोधनका लागि पत्राचार

ऐन संशोधनका लागि पत्राचार

काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोगले सुरक्षित मातृत्व तथा प्रजनन...