back
CTIZAN AD

वडा अध्यक्ष र वडा सदस्यको उम्मेदवारी दर्ता गर्न के–के चाहिन्छ ?

वि.सं.२०७९ वैशाख ५ सोमवार

1.5K 

shares

काठमाडौं । स्थानीय तहको निर्वाचन हुन अब मात्रै २६ दिन बाँकी छ । निर्वाचन आयोगको कार्यतालिका अनुसार अबको ६ दिन अर्थात् आगामी वैशाख ११ गते उम्मेदवार मनोनयन दर्ता गर्नुपर्नेछ ।

आयोगको जनाएअनुसार वैशाख १३ गतेसम्म उम्मेदवारीको विरोधमा उजुरी, वैशाख १४ र १५ गते मनोनयन पत्र जाँच र उजुरीमाथि जाँच गरिनेछ । त्यस्तै, वैशाख १६ गते उम्मेदवारले नाम फिर्ता लिने, १६ गतेनै उम्मेदवारी अन्तिम नामावली प्रकाशन गर्ने, वैशाख १७ गते उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गर्ने र वैशान ३० गते मतदान गर्ने कार्यतालिका रहेको आयोगले जनाएको छ ।

राजनीतिक दलहरु अहिले उम्मदेवार छनोटमा व्यस्त छन् । उम्मेदवार बन्न दलभित्र आन्तरिक प्रतिस्पर्धा भइरहेको छ ।

यहाँ वडा अध्यक्ष र वडा सदस्य पदका लागि उम्मेदवार हुन के–कस्तो योग्यता हुनुपर्छ र के–कस्तो कागजपत्र आवश्यक हुन्छ भन्नेमा चर्चा गरिएको छ ।

आयोगले जनाएअनुसार वडा अध्यक्ष तथा सदस्य पदका लागि उम्मेवारी दिन व्यक्तिले नेपाली नागरिकताको प्रतिलिपि, धरौटी राखेको बैंक भौचर वा नगद रसिद, दलको उम्मेदवारको हकमा दलले सिफारिस गरेको पत्र साथमा हुनुपर्नेछ । त्यस्तै सम्बन्धित वडाको मतदाता नामावलीमा नाम समावेश भएको हुनुपर्ने प्रावधान छ ।

वि.सं.२०७९ वैशाख ५ सोमवार १६:३० मा प्रकाशित

अन्तर्वार्ताको मिति छिटो मिलाइदिन्छु भन्ने दाबी गर्नेहरूसँग सावधान रहन अमेरिकी दूतावासको आग्रह

अन्तर्वार्ताको मिति छिटो मिलाइदिन्छु भन्ने दाबी गर्नेहरूसँग सावधान रहन अमेरिकी दूतावासको आग्रह

काठमाडौं । नेपालस्थित अमेरिकी दूतावासले भिसा अन्तर्वार्ताको मिति छिटो मिलाइदिने...

बैंकिङ कसुर मुद्दाका चार प्रतिवादी पक्राउ

बैंकिङ कसुर मुद्दाका चार प्रतिवादी पक्राउ

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले बैंकिङ कसुर...

मादक पदार्थ सेवनगरी श्रीमानद्वारा श्रीमतीको हत्या

मादक पदार्थ सेवनगरी श्रीमानद्वारा श्रीमतीको हत्या

डोटी । डोटीको जोरायल गाउँपालिका–४ देउथलीमा मादक पदार्थ सेवन (मापसे)...

फोहर व्यवस्थापनमा देखिएका समस्या समाधान गर्न सञ्चारमन्त्रीको निर्देशन

फोहर व्यवस्थापनमा देखिएका समस्या समाधान गर्न सञ्चारमन्त्रीको निर्देशन

काठमाडौँ । नुवाकोट क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्य एवं...

‘टिचर्स डे’ मा रूपान्तरित हुँदै ‘गुरू पूर्णिमा’

‘टिचर्स डे’ मा रूपान्तरित हुँदै ‘गुरू पूर्णिमा’

काठमाडौँ । विद्यार्थीहरूले आफैँ पैसा उठाएर ‘केक’ ल्याएका थिए ।...

ऐन संशोधनका लागि पत्राचार

ऐन संशोधनका लागि पत्राचार

काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोगले सुरक्षित मातृत्व तथा प्रजनन...