back
CTIZAN AD

दोर्दीले आयोजना प्रभावितका लागि साधारण शेयर बिक्री खुला गर्ने

वि.सं.२०७९ वैशाख ५ सोमवार

867 

shares

काठमाडौं । दोर्दी खोला जलविद्युत् कम्पनी लिमिटेडले आयोजना प्रभावित क्षेत्रमा बसोबास गर्ने नागरिकका लागि साधारण शेयर बिक्री खुला गर्ने भएको छ । कम्पनीले प्रतिकित्ता रु १०० अङ्कित रु १० करोड ५४ लाख २६ हजार मूल्य बराबरका १० लाख ५४ हजार २६० कित्ता प्रारम्भिक सार्वजनिक निष्काशन ९आइपिओ० बिक्री खुला गर्ने भएको हो ।

कम्पनीले यही वैशाख १३ गतेदेखि आफ्नो जारी पुँजी ९रु एक अर्ब पाँच करोड ४२ लाख ६० हजार ४००० को १० प्रतिशतले हुने रु १० करोड ५४ लाख २६ हजार ४०० मूल्य बराबरका रु १०० अङ्कित दरका १० लाख ५४ हजार २६० कित्ता शेयर आयोजना प्रभावित क्षेत्रमा पर्ने लमजुङको दोर्दी गाउँपालिकाका स्थायी बासिन्दाका लागि निष्काशन गर्ने सार्वजनिक आह्वानपत्रमा उल्लेख छ ।

स्थानीयले यही वैशाख १३ गतेदेखि छिटोमा वैशाख २७ गतेसम्म र सो अवधिमा मागबमोजिम आवेदन नपरे आगामी फागुन ११ गतेसम्म न्यूनतम १० कित्तादेखि अधिकतम १० लाख कित्ता शेयर खरिदका लागि आवेदन दिन पाउने छन् ।

कम्पनीले हाल दोर्दी भएर बहने दोर्दी खोलाको पानी उपयोग गरी १२ मेगावाट क्षमताको ‘दोर्दी १ जलविद्युत् आयोजना’ निर्माण गरिरहेको छ । स्थानीयवासीले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाबाट आस्वा प्रणालीमार्फत शेयर खरिदका लागि आवेदन दिन सक्नेछन् । साथै सिद्धार्थ बैंकको बेंसीशहर शाखा, ग्लोबल आइएमई बैंकको दोर्दी शाखा, कामना सेवा विकास बैंक, मुक्तिनाथ विकास बैंक तथा एनएमबी बैंकको बेंसीशहर शाखाबाट समेत शेयर खरिदका लागि आवेदन दिन सकिने कम्पनीले जनाएको छ ।

कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ । कम्पनीलाई इक्रा नेपालले ‘इक्राएनपी-आइआर बिबी माइनस’ रेटिङको प्रमाणपत्र प्रदान गरेको छ ।

 

वि.सं.२०७९ वैशाख ५ सोमवार १६:४३ मा प्रकाशित

धितोपत्र बोर्डका अध्यक्ष श्रेष्ठले दिए राजीनामा

धितोपत्र बोर्डका अध्यक्ष श्रेष्ठले दिए राजीनामा

काठमाडौँ । नेपाल धितोपत्र बोर्डका अध्यक्ष सन्तोषनारायण श्रेष्ठले पदबाट राजीनामा...

नेप्से परिसूचक ३३ अङ्कले घट्यो

नेप्से परिसूचक ३३ अङ्कले घट्यो

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा गिरावट देखिएको छ...

नेप्से परिसूचक ४८ अंकले बढ्यो

नेप्से परिसूचक ४८ अंकले बढ्यो

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ४८ दशमलव ७१...

नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडद्वारा रकम दुरुपयोगको कडा प्रतिवाद

नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडद्वारा रकम दुरुपयोगको कडा प्रतिवाद

काठमाडाैँ । हालै सार्वजनिक भएका भ्रामक समाचारप्रति नेपाल लाइफ इन्स्योरेन्स...

नेप्से परिसूचकमा सामान्य अङ्कको वृद्धि

नेप्से परिसूचकमा सामान्य अङ्कको वृद्धि

काठमाडौँ । यो साता कारोबारको अन्तिम दिन नेपाल स्टक एक्सचेञ्ज...