back
CTIZAN AD

विद्रोहको चेतावनी पछि असन्तुष्टलाई देउवाले बोलाए काठमाडौं

वि.सं.२०७९ वैशाख ६ मंगलवार

813 

shares

काठमाडौं । स्थानीय तहको निर्वाचनमा सत्ता साझेदार दलहरुबीच भागवण्डासहित तालमेल गर्ने विषयले कांग्रेसभित्र चरम असन्तुष्टि देखिएको छ । भागगण्डाको विषयप्रति कतिपय स्थानीय तहका नेताहरुले ‘विद्रोह’ गर्नेसमेत चेतावनी दिन थालेका छन् ।

विशेषतः भरपुर र पोखराको विषयमा कांग्रेसभित्र चरम असन्तुष्टि देखिएको छ । सत्ता साझेदार दलहरुबीच भएको प्रारम्भिक सहमतिअनुसार कांग्रेसले भरतपुर र पोखरा छाड्नुपर्ने हुन्छ । सहमतिअनुसार भरतपुरमा माओवादी र पोखरामा एकीकृत समाजवादीले मेयरको उम्मेदवार उठाउनेछन् ।

तर, दुवै महानगर नछाड्न स्थानीय नेताहरुको दबाब छ । कांग्रेसका स्थानीय नेताहरुले अन्य दललाई दिए विद्रोह गर्नेसमेत चेतावनी दिएका छन् ।

विद्रोहको चेतावनी आएपछि देउवाले गण्डकी र चितवनका नेताहरुलाई काठमाडौं बोलाएका हुन् । बताइएअनुसार मेयरमा दाबी गरेका नेतालाई अन्य क्षेत्रमा व्यवस्थापन गर्ने विषयमा पनि छलफल हुनेछ ।

वि.सं.२०७९ वैशाख ६ मंगलवार ११:५९ मा प्रकाशित

‘गूरु आमा’को टाइटल गीत ‘मन मान्दै मानेन’ सार्वजनिक

‘गूरु आमा’को टाइटल गीत ‘मन मान्दै मानेन’ सार्वजनिक

काठमाडौं । भिन्नै कथावस्तुमा आधारित नेपालीकथानक चलचित्र ‘गूरु आमा’को गीत...

कागती पानी : भ्रम की यथार्थ, के-के छन् त यसको फाइदा ?

कागती पानी : भ्रम की यथार्थ, के-के छन् त यसको फाइदा ?

काठमाडौँ । बिहानै खाली पेटमा कागती पानी पिउँदा तौल घट्ने...

‘सामाजिक सञ्जाल प्लेटफर्म सम्पर्क केन्द्र दर्ता नहुँदा पीडितलाई न्याय दिन चुनौती’

‘सामाजिक सञ्जाल प्लेटफर्म सम्पर्क केन्द्र दर्ता नहुँदा पीडितलाई न्याय दिन चुनौती’

काठमाडौँ । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले सामाजिक सञ्जाल प्लेटर्फमहरुको सम्पर्क...

नबिल बैंक १६ स्थानमा सिपमूलक वित्तीय साक्षरता तथा उद्यमशीलता विकास तालिम दिँदै

नबिल बैंक १६ स्थानमा सिपमूलक वित्तीय साक्षरता तथा उद्यमशीलता विकास तालिम दिँदै

काठमाडौँ । नबिल बैंक लिमिटेडले कृषि व्यवसायमा संलग्न जनशक्तिलाई लक्षित...

रविविरुद्धको रिटमाथिको सुनुवाइ स्थगित

रविविरुद्धको रिटमाथिको सुनुवाइ स्थगित

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्धको...