back
CTIZAN AD

सिवाईसीको साधारण शेयर (आईपीओ) भर्ने आज अन्तिम दिन

वि.सं.२०७९ वैशाख ६ मंगलवार

834 

shares

काठमाडौं । सिवाईसी नेपाल लघुवित्तको आज वैशाख ६ गते आईपीओका लागि आवेदन दिने अन्तिम दिन रहेको छ । लघुवित्तले वैशाख २ गतेदेखि आईपीओ निष्काशन गरेको हो ।

कम्पनीले प्रतिकित्ता १ सय रुपैयाँ अङ्कित ३ करोड ९५ लाख ३३ हजार ६ सय रुपैयाँ बराबरका ३ लाख ९५ हजार ३३६ कित्ता साधारण शेयर निष्कासन तथा बिक्री खुला गरेको हो । कुल निष्कासनमध्ये ५ प्रतिशत अर्थात १९ हजार ७६६ कित्ता शेयर सामूहिक लगानी कोष र जारी पुँजीको ०.५ प्रतिशत अर्थात ६ हजार ८२ कित्ता कर्मचारीलाई सुरक्षित गरिएको छ । बाँकी रहेको ३ लाख ६९ हजार ४८८ कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्ने छन् ।

सर्वसाधारणले न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्ता शेयर खरिदका लागि आवेदन दिन सक्ने सूचनामा जनाईएको छ । कम्पनीको निष्कासन तथा बिक्री प्रबन्धकमा ग्लोबल आईएमई क्यापिटल रहेको छ । कम्पनीको आईपीओमा सोमबार साँझ ५ बजेसम्मको अवधिमा माग भन्दा ५७.२६ गुणा बढी आवेदन परेको छ । सोमबार साँझ ५ बजेसम्ममा १८ लाख ६३ हजार ७ सय ९४ जनाले शेयर भरेका छन् ।

वि.सं.२०७९ वैशाख ६ मंगलवार ११:५७ मा प्रकाशित

धितोपत्र बोर्डका अध्यक्ष श्रेष्ठले दिए राजीनामा

धितोपत्र बोर्डका अध्यक्ष श्रेष्ठले दिए राजीनामा

काठमाडौँ । नेपाल धितोपत्र बोर्डका अध्यक्ष सन्तोषनारायण श्रेष्ठले पदबाट राजीनामा...

नेप्से परिसूचक ३३ अङ्कले घट्यो

नेप्से परिसूचक ३३ अङ्कले घट्यो

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा गिरावट देखिएको छ...

नेप्से परिसूचक ४८ अंकले बढ्यो

नेप्से परिसूचक ४८ अंकले बढ्यो

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ४८ दशमलव ७१...

नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडद्वारा रकम दुरुपयोगको कडा प्रतिवाद

नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडद्वारा रकम दुरुपयोगको कडा प्रतिवाद

काठमाडाैँ । हालै सार्वजनिक भएका भ्रामक समाचारप्रति नेपाल लाइफ इन्स्योरेन्स...

नेप्से परिसूचकमा सामान्य अङ्कको वृद्धि

नेप्से परिसूचकमा सामान्य अङ्कको वृद्धि

काठमाडौँ । यो साता कारोबारको अन्तिम दिन नेपाल स्टक एक्सचेञ्ज...