back
CTIZAN AD

लेबनानको आर्थिक सङ्कटले बालबालिकाको स्वास्थ्यमा खतरा : युनिसेफ

वि.सं.२०७९ वैशाख ८ बिहीवार

813 

shares

बेरुत । उच्च लागत र मुद्रास्फीति जस्ता विश्वव्यापी आर्थिक तरलताका स्थितिले लेबनानको सङ्कटलाई थप बढाएको संयुक्त राष्ट्रसङ्घीय बाल कोष (युनिसेफ) ले बुधबार जनाएको छ ।

रिपोर्टमा यहाँका बालबालिकाको स्वास्थ्यमा निम्तिएको गम्भीर परिणामहरू पनि समावेश छन् । संयुक्त राष्ट्रसङ्घीय बाल कोषले बुधबार सार्वजनिक गरेको प्रतिवेदनअनुसार ८० प्रतिशत जनसङ्ख्या गरिबीको रेखामुनि रहेका र धेरै परिवारले आफ्ना छोराछोरीलाई उपचारका लागि स्वास्थ्य सेवा केन्द्रमा लैजान यातायात खर्चसमेत जुटाउन सक्दैनन् र धेरैले आफ्ना छोराछोरीलाई बाँच्न र फस्टाउन आवश्यक खानेकुरा र पोषण दिन सकेका छैनन् ।

लेबनानमा युनिसेफका प्रतिनिधि एट्टी हिगिन्सले भने, “आर्थिक सङ्कटले स्वास्थ्य क्षेत्रमा समस्या उत्पन्न गरेको छ । औषधि तथा उपकरणहरूको आयातमा सीमितता आएको कारण खासगरी महिला तथा बालबालिकाको स्वास्थ्य सेवाको गुणस्तरलाई गम्भीर रूपमा असर गरेको छ । समस्याका कारण खोप दरमा पनि कमी आएको देखिन्छ र बच्चाहरू दादुरा, डिप्थेरिया र निमोनियाजस्ता घातक रोगहरूको सिकार भएका छन् ।”

बच्चाहरूको नियमित खोप ३१ प्रतिशतले कम भएको छ । यद्यपि यो दर पहिले नै कम भइसकेको र यसका कारण असुरक्षित भनिएका बालबालिकाको ठूलो मात्रामा रोगहरू देखा परेका छन् ।

“युनिसेफले लेबनान सरकार र सबै हितग्राहीहरूलाई खोपद्वारा रोकथाम गर्न सकिने रोगहरूविरुद्ध खोप लगाउने प्रयासलाई बढाउन र बालबालिका तथा महिलाको पोषणको व्यवस्थामा सुधार गर्न आह्वान गरेको छ ।सिन्ह्वा

वि.सं.२०७९ वैशाख ८ बिहीवार ०८:२९ मा प्रकाशित

भेनेजुएला भूकम्प : २४ देशबाट सहायता र सयौँ उद्धारकर्मी प्राप्त

भेनेजुएला भूकम्प : २४ देशबाट सहायता र सयौँ उद्धारकर्मी प्राप्त

काराकास, भेनेजुएला । भेनेजुएलामा केही दिनअघि देशलाई झट्का दिने विनाशकारी...

अमेरिका खाडी मुलुकको सुरक्षा स्थिरता कायम गर्न प्रतिवद्ध : रुबियो

अमेरिका खाडी मुलुकको सुरक्षा स्थिरता कायम गर्न प्रतिवद्ध : रुबियो

। वासिङ्टनले अमेरिका–इरान समझदारीले खाडी सहयोग परिषद् (जीसीसी) राज्यहरूको सार्वभौमिकता,...

आँधीले जापानमा उडान प्रभावित

आँधीले जापानमा उडान प्रभावित

टोकियो । दुई शक्तिशाली उष्णकटिबन्धीय आँधी जापानतर्फ अघि बढेसँगै देशका...

भेनेजुएलामा महाभूकम्प, २३५ जनाको मृत्यु

भेनेजुएलामा महाभूकम्प, २३५ जनाको मृत्यु

ला गुआइरा (भेनेजुएला) । उत्तरी भेनेजुएलामा बुधबार राति एक मिनेटभन्दा...

भेनेजुएला भूकम्प अपडेट : ३२ जनाको मृत्यु, ७०० जना घाइते

भेनेजुएला भूकम्प अपडेट : ३२ जनाको मृत्यु, ७०० जना घाइते

काराकास । भेनेजुएलामा बुधबार साँझ आएको शक्तिशाली भूकम्पमा कम्तीमा ३२...

द्वन्द्व सुरु भएयता ‘स्टेट अफ हर्मुज’ हुँदै ३६ वटा वस्तुवाहक जहाज आवतजावत

द्वन्द्व सुरु भएयता ‘स्टेट अफ हर्मुज’ हुँदै ३६ वटा वस्तुवाहक जहाज आवतजावत

पेरिस । इरानसँग सम्बन्धित द्वन्द्व सुरु भएयता सोमबार ‘स्टे«ट अफ...