back
CTIZAN AD

पहिलोपटक नेपालमा भित्रियो सेल्फ ड्राइभ गाडी

वि.सं.२०७९ वैशाख ९ शुक्रवार

792 

shares

काठमाडौं । विद्युतीय गाडी बी.वाई.डीले नेपालमा पहिलोपटक ‘सेल्फ ड्राइभ’को अवधारणा ल्याएको छ ।

बी.वाई.डी गाडीको नेपालको आधिकारिक वितरक सिमेक्स ईन्क प्रा.ली.ले स्पार्क ग्रुपअन्तर्गतको सेल्फ ड्राईभ प्रा.ली.लाई ५० वटा ई–सिक्स विद्युतीय गाडीहरु बिक्री गरेको सिमेक्स ईन्क. प्रा.ली.का सिईओ शाहिल श्रेष्ठले बताए ।

सिमेक्सले फ्लिट अपरेशनको लागि दक्षिण एसियामा एकल सबैभन्दा ठूलो मात्रामा विद्युतीय गाडीहरु प्रदान गरेको हो ।

उनले काठमाडौंमा वातावरणमा प्रदुषण बढिरहेको अवस्था उल्लेख गर्दै बी.वाई.डीका विद्युतीय गाडीको प्रयोगले प्रदुषणरहित वातावरण निर्माणको लागि महत्वपूर्ण भूमिका खेल्ने धारणा राखे । बजारमा ल्याइएका दुई गाडीमध्ये एक पटक फुल चार्ज गरे एउटाले ५२२ र अर्कोले ४०० किलोमिटर गुड्नसक्ने श्रेष्ठको भनाई छ ।

श्रेष्ठकाअनुसार बी.वाई.डीका गाडीमा संसारको सबैभन्दा सेफ ब्याट्री प्रयोग गरिएको छ ।

साथै स्पार्क अटो केयर रहेको स्थानमा नै बी.वाई.डीको स्टेट अफ आर्ट सर्भिस एण्ड ट्रेनिङ सेन्टर पनि सञ्चालनमा ल्याइने छ ।

यी गाडीहरुमा बी.वाई.डी आँफैले उत्पादन गर्ने बी.वाई.डी ब्लेड ब्याट्री प्रयोग गर्ने गरेको र जसमा रिप्लेसमेन्ट ग्यारेन्टी ८ वर्षको रहेको छ । सेल्फ ड्राइभका सिइओ रोशन पोखरेलकाअनसार गाडी फास्ट चार्जमा ४५ मिनेटमा फुल चार्ज हुन्छ तर, घरमा चार्ज गर्दा ६ देखि सात घण्टा लाग्छ । पहिलो चरणमा ‘सेल्फ ड्राइभ’को अवधारणाअन्तर्गत बी.वाई.डि का विद्युतीय गाडीहरु प्रिमियम रेञ्जमा ल्याइएको स्पार्क अटो केयरले बताएको छ ।

कम्पनीका अनुसार नेपालमा यो नयाँ प्रयोग हो । तत्काल ५० वटा गाडी बजारमा ल्याएको कम्पनीले विस्तारै सेवा बढाउँदै जाने प्रतिवद्धता व्यक्त गरेको छ । कम्पनीले आम जनताको लागि एप्लिकेशन र अनलाईनको माध्यमबाट सम्र्पक गर्न सकिने पनि जनाएको छ । यस्तै, सन् २०२५ सम्म काठमाडौंमा शतप्रतिशत विद्युतीय गाडीको प्रयोग देख्न सकिने अवस्थामा पुर्याउने पनि कम्पनीले लक्ष्य राखेको छ ।

सेल्फ ड्राईभका सिईओ पोखरेलले बी.वाई.डीको ई–६ मोडेलको कारले यात्रुहरुको लागि आवश्यक सबै मापदण्ड पूरा गर्ने विश्वास व्यक्त गरे । उनले भने,‘बी.वाई.डीको ई–६ ले सबै मापदण्ड पूरा गर्नेछ, यो छिटो चार्ज हुन्छ । आरामदायी पनि छ ।’ बि.वाई.डी ई–६ सन् २०१६ मा चीनमा सबैभन्दा बढि बिक्री भएको र सन् २०१५ मा हभाना ईन्टरनेशनल फेयरमा ‘बेष्ट क्वालिटी प्रोडक्ट’ को गोल्डेन मेडल प्राप्त गर्न सफल गाडी हो ।

वि.सं.२०७९ वैशाख ९ शुक्रवार ०७:३३ मा प्रकाशित

नेपाल टेलिकमद्वारा प्रिपेड ग्राहकका लागि स्वतः नवीकरण हुने सब्स्क्रिप्सन–आधारित प्याकेज सार्वजनिक

नेपाल टेलिकमद्वारा प्रिपेड ग्राहकका लागि स्वतः नवीकरण हुने सब्स्क्रिप्सन–आधारित प्याकेज सार्वजनिक

काठमाडाैँ । नेपाल टेलिकमले प्रिपेड मोबाइल प्रयोगकर्ताहरूका लागि मासिक रूपमा...

नाडाको स्वर्ण उत्सव भव्य रूपमा सम्पन्न

नाडाको स्वर्ण उत्सव भव्य रूपमा सम्पन्न

काठमाडौँ । नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालले आफ्नो ५०औँ वर्ष...

अब सिटिजन्स बैंकको वेबसाइट तथा मोबाइल बैंकिङमार्फत SIP आवेदन भर्न सकिने

अब सिटिजन्स बैंकको वेबसाइट तथा मोबाइल बैंकिङमार्फत SIP आवेदन भर्न सकिने

काठ्माडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले सिटिजन्स क्यापिटल लिमिटेडको सहकार्यमा...

सुनचाँदीको मूल्य बढ्यो

सुनचाँदीको मूल्य बढ्यो

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।...

बन्द रहेको स्लेट खानी पुन : सञ्चालन गर्दै मोदी गाउँपालिका

बन्द रहेको स्लेट खानी पुन : सञ्चालन गर्दै मोदी गाउँपालिका

पर्वत । यहाँको मोदी गाउँपालिकाले घर छाउन, आँगनमा बिछ्याउन वा...

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर ?

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी...