back
CTIZAN AD

निर्माण व्यवसायीले आइतबारदेखि कन्ट्रक्सन होलिडे मनाउने

वि.सं.२०७९ वैशाख ९ शुक्रवार

753 

shares

काठमाडौं । निर्माण सामग्रीमा भएको मूल्यवृद्धि र व्यवसायीहरुले पाउनुपर्ने भुक्तानी रोक्काको विरोध गर्दै निर्माण व्यवसायीहरुले कन्ट्रक्सन होलिडे मनाउने भएका छन् ।

नेपाल निर्माण व्यवसायी महासंघको नेतृत्वमा देशभरी भइरहेका निर्माणका कामलाई ठप्प पारेर आइतबारदेखि कन्ट्रक्सन होलिडे मनाउने तयारी गरिएको छ ।

महासंघका अध्यक्ष रवि सिंहले निर्माण सामग्रीको मूल्य ३ गुणासम्म बढेकाले काम गर्न नसकिने अवस्था सिर्जना भएको बताएका छन् ।
सरकारले निर्माण सामग्रीमा बढेको अनुपातमा मूल्य समायोजन गर्नुपर्ने बताउँदै अध्यक्ष सिंहले भने, ‘सार्वजनिक खरिद नियमावलीसमेत मूल्यवृद्धि भएको आधारमा मूल्य समायोजना गर्न सक्ने व्यवस्था गरेको छ ।

सोहीअनुसार मूल्य समायोजन गर्नुपर्छ । पुरानो मूल्यमा हामी काम गर्न सक्ने अवस्थामा छैनौं ।’ निर्माण व्यवसायीहरुले लामो समयदेखि सरकारसँग आफ्ना मागहरु राख्दै आएको भएतापनि सरकारले सुनुवाई नगरेको भन्दै निर्माण व्यवसायीले आइतबारदेखि निर्माण होलिडे मनाउन लागेको व्यवसायीहरुको भनाई छ ।

नेपाल निर्माण व्यवसायी महासंघले गत चैत १४ गते राष्ट्रिय भेला गरेर कसरी अगाडि बढ्ने भन्ने विषयमा छलफल गरेको थियो । उक्त छलफलले जिल्ला, प्रदेश र केन्द्रका मुख्य सरकारी निकायलाई भेटेर चैत २३ गतेसम्मको समय दिएर पत्र बुझाएको थियो । अहिले चालु अवस्थामा मुलुकभर झण्डै ५ खर्ब बराबरका ८ हजार आयोजनाहरु सञ्चालनको अवस्थामा रहेका छन् ।

मूल्यवृद्धिको कारण आयोजनाहरुको काम प्रभावित भएको व्यवसायीको भनाई छ । निर्माण सम्बन्धी नीति तथा मापदण्ड अनुसार १० प्रतिशत सम्म मूल्यवृद्धि हुँदा व्यवसायीले जोखिमभार लिनुपर्दछ, तर अहिलेको १३५ प्रतिशत सम्म मूल्यवृद्धि भएकोले जोखिमभार लिन नसक्ने अवस्थामा पुगेको महासंघको प्रतिक्रिया रहेको छ । अहिलेको अवस्थामा आयोजनाहरुको निर्माण लागत ६० प्रतिशतसम्म वृद्धि हुने अवस्थामा पुगेको व्यवसायीले बताएका छन् ।

वि.सं.२०७९ वैशाख ९ शुक्रवार ०७:३१ मा प्रकाशित

नेपाल टेलिकमद्वारा प्रिपेड ग्राहकका लागि स्वतः नवीकरण हुने सब्स्क्रिप्सन–आधारित प्याकेज सार्वजनिक

नेपाल टेलिकमद्वारा प्रिपेड ग्राहकका लागि स्वतः नवीकरण हुने सब्स्क्रिप्सन–आधारित प्याकेज सार्वजनिक

काठमाडाैँ । नेपाल टेलिकमले प्रिपेड मोबाइल प्रयोगकर्ताहरूका लागि मासिक रूपमा...

नाडाको स्वर्ण उत्सव भव्य रूपमा सम्पन्न

नाडाको स्वर्ण उत्सव भव्य रूपमा सम्पन्न

काठमाडौँ । नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालले आफ्नो ५०औँ वर्ष...

अब सिटिजन्स बैंकको वेबसाइट तथा मोबाइल बैंकिङमार्फत SIP आवेदन भर्न सकिने

अब सिटिजन्स बैंकको वेबसाइट तथा मोबाइल बैंकिङमार्फत SIP आवेदन भर्न सकिने

काठ्माडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले सिटिजन्स क्यापिटल लिमिटेडको सहकार्यमा...

सुनचाँदीको मूल्य बढ्यो

सुनचाँदीको मूल्य बढ्यो

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।...

बन्द रहेको स्लेट खानी पुन : सञ्चालन गर्दै मोदी गाउँपालिका

बन्द रहेको स्लेट खानी पुन : सञ्चालन गर्दै मोदी गाउँपालिका

पर्वत । यहाँको मोदी गाउँपालिकाले घर छाउन, आँगनमा बिछ्याउन वा...

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर ?

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी...