back
CTIZAN AD

हिमालयन ह्वाइट हाउस इन्टरनेशनल कलेजद्वारा सिभिल, बायोटेक र आइटीका विद्यार्थीलाई ओरिन्टेसन

वि.सं.२०७९ वैशाख ९ शुक्रवार

837 

shares

काठमाडौं । हिमालयन ह्वाइट हाउस इन्टरनेशनल कलेजले बीई. सिभिल, बी.टेक. इन बायोटेक्नोलोजी र बी.आइटी. का विद्यार्थीलाई ओरिन्टेसन सम्पन्न गरेको छ । बिहिबार कलेजमा एक समारोहको आयोजना गर्दै कलेजले नवआगन्तुक विद्यार्थीलाई स्वागत तथा ओरिन्टेसन गरेको हो ।

ओरिन्टेसन कार्यक्रममा विभिन्न क्षेत्रका प्रतिष्ठित व्यक्तिहरुले विद्यार्थीहरुलाई अध्ययन, मेहनत र भविष्यको विषयमा महत्वपुर्ण मार्र्गदर्शन प्रदान गरेका थिए । वाटर रिसोर्सेसमा पिएचडी गरेका डा. विष्णुप्रसाद पाण्डेले नवआगन्तुक विद्यार्थीहरुमाझ अति आकर्षक उत्प्रेरणामुलक मन्तव्य राखेका थिए । आफ्नो सपना नै आफ्नो भविष्य भएको बताउँदै डा. पाण्डेले आफ्नो रोजाईमा विश्वास गर्दै अगाडि बढ्नुपर्ने भनाई राखेका थिए । स्मार्ट मानिसहरुले आफ्नो मार्ग आँफै तय गर्ने उनको भनाई थियो ।

No description available.

त्यस्तै अर्का प्रतिष्ठित व्यक्तित्व डा. समिरमणि दिक्षितले पनि ओरिन्टेसन कार्यक्रममा आफ्ना महत्वपुर्ण विचारहरु विद्यार्थीमाझ प्रस्तुत गरेका थिए । पछिल्लो सय वर्षको समयमा बायोटेक्नोलोजीको महत्व यतिबेला झनै बढेको कुरा बताउँदै डा. दिक्षितले खुला दिमागका साथ अगाडि बढ्दा सफलता हासिल हुने अभिव्यक्ति दिएका थिए । एक अर्काबीचमा सहकार्य गर्ने र गुरुलाई आदर गर्ने संस्कार अंगाल्न सकेमा विद्यार्थीलाई सफलता हासिल गर्न गाह्रो नहुने उनको भनाई थियो ।

No description available.

ओरिन्टेसन तथा स्वागत कार्यक्रममा प्रा.डा. सुवर्ण शाक्यले आइटीको महत्वको विषयमा आफ्नो धारणा राखेका थिए । शाक्यले अहिलेको भुमण्डलिकृत विश्वमा आइटीको महत्व थप बढ्दै गएको र अन्य सिभिल, बायोटेक, आदि लगायतका धेरै विषयगत अध्ययनको लागि पनि यसको अनिवार्यता रहेको बताएका थिए । साथै उनले आइटीको क्षेत्रमा निकै धेरै सम्भावना र अवसर रहेको बताएका थिए ।

No description available.
कार्यक्रममा कलेजका प्रिन्सिपल तोयानारायण पौडेलले कलेजमा अध्ययन गर्न आएका विद्यार्थीहरुलाई सफलताका लागि उनिहरुले अवलम्बन गर्नुपर्ने बानी ब्यहोरा र कलेज तथा युनिभर्सिटीको नियमको विषयमा प्रकाश पारेका थिए । साथै बिद्यार्थीहरुको अध्ययन सफलताको लागि आफुहरु सँधै सँगै भइरहने प्रतिवद्धता ब्यक्त गरेका थिए ।

No description available.

कलेजका म्यानेजिङ डाइरेक्टर इन्जिनियर शिब पौडेलको अध्यक्षता र कलेजका प्रमुख प्रशासकिय अधिकृत नारायण आचार्यको सञ्चालनमा भएको कार्यक्रममा सिभिल इन्जिनियरिङ विभागकी प्रमुख इन्जिनियर डा. अल्का सापकोटाले स्वागत मन्तव्य राखेकी थिइन् ।

No description available.

कार्यक्रममा कलेजका संस्थापक, विभिन्न विभागका प्रमुख तथा शिक्षकहरुको समेत सहभागिता रहेको कार्यक्रमको उद्घाटन पानसमा बत्ती बालेर कार्यक्रमका अतिथि डा. समिरमणि दिक्षित र डा. विष्णुप्रसाद पाण्डेले संयुक्त रुपमा गरेका थिए । कार्यक्रमलाई आकर्षक तथा मनोरम बनाउन बिद्यार्थीहरुले बिभिन्न गित तथा नृत्य प्रस्तुत गरेका थिए ।

No description available.

वि.सं.२०७९ वैशाख ९ शुक्रवार ०७:१० मा प्रकाशित

फेदीखोलामा दुईदिने स्काउट हाइकिङ तथा क्याम्पिङ सम्पन्न, ११३ विद्यार्थी सहभागी

फेदीखोलामा दुईदिने स्काउट हाइकिङ तथा क्याम्पिङ सम्पन्न, ११३ विद्यार्थी सहभागी

स्याङ्जा । स्याङ्जाको फेदीखोला गाउँपालिका को आर्थिक सहयोग तथा स्थानीय...

अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा रेडन स्कुलका २३ बालयोगी सम्मानित

अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा रेडन स्कुलका २३ बालयोगी सम्मानित

काठमाडौं । १२ औँ अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा सामाखुसीस्थित रेडन...

मारुत अभियानका अभियन्ताहरू ‘आयुष अन्तर्राष्ट्रिय राईजिङ अवार्ड’ बाट विभूषित

मारुत अभियानका अभियन्ताहरू ‘आयुष अन्तर्राष्ट्रिय राईजिङ अवार्ड’ बाट विभूषित

‎काठमाडौँ । पूर्वीय दर्शनको प्राण, मानव चेतनाको ऊर्ध्वगमनको वैज्ञानिक पद्धति...

एम्बार्क बिजनेस इन्कुबेसन सर्भिसको डेमो डे सम्पन्न

एम्बार्क बिजनेस इन्कुबेसन सर्भिसको डेमो डे सम्पन्न

काठमाडौं । एम्बार्क कलेज र औद्योगिक उद्यम विकास प्रतिष्ठान -आईईडीआई_...

अर्जुनचौपारीमा हरियाली अभियान : वृक्षारोपणदेखि संरक्षणको प्रतिबद्धता

अर्जुनचौपारीमा हरियाली अभियान : वृक्षारोपणदेखि संरक्षणको प्रतिबद्धता

स्याङ्जा । विश्व वातावरण दिवसको अवसरमा डिभिजन वन कार्यालय स्याङ्जा...

पोखरामा एकाउन्टिङ शिक्षक कार्यशाला हुने, ब्रिटिश प्रोफेसनल कलेज र ACCA बीच सहकार्य

पोखरामा एकाउन्टिङ शिक्षक कार्यशाला हुने, ब्रिटिश प्रोफेसनल कलेज र ACCA बीच सहकार्य

काठमाडौं । नेपालमा लेखा (एकाउन्टिङ) शिक्षाको गुणस्तर सुदृढ गर्ने उद्देश्यले...