back
CTIZAN AD

सत्ता गठबन्धनको नेतृत्वकर्ता कांग्रेस रोल्पामा मिल्यो एमालेसँग

वि.सं.२०७९ वैशाख १२ सोमवार

780 

shares

काठमाडौं । पाँच दलीय सत्ता गठबन्धनको नेतृत्वकर्ता नेपाली कांग्रेसले रोल्पामा भने एमालेसँग चुनावी तालमेल गरेको छ । कांग्रेसले रोल्पाको माडी गाउँपालिकामा एमालेसँग तालमेल गर्दै उम्मेदवारी दिएको छ ।

माडी गाउँपालिकामा सोमबार दुवै दल मिलेर उम्मेदवारी दिएका हुन् । रोल्पामा दुई दलको तर्फबाट अध्यक्षमा विजय घर्तीमगर र उपाध्यक्षमा कृष्ण विकको उम्मेदवारी दर्ता भएको छ । मगर एमालेका हुन् भने विक कांग्रेसका उम्मेदवार हुन् ।

दुई दलले पालिकाका सबै वडामा पनि सहकार्य गरेका छन् । जसअनुसार ६ वटा वडा रहेको पालिकामा कांग्रेसले ३ र एमालेले तीन वडाको नेतृत्व पाएको छ ।

सुनछहरीमा कांग्रेस, एमाले र विप्लवबीच सहकार्य

यता रोल्पाको सुनछहरी गाउँपालिकामा नेपाली कांग्रेस, नेकपा (एमाले) र नेत्रविक्रम चन्द नेतृत्वको (नेकपा)बीच चुनावी गठबन्धन भएको छ । सुनछहरीमा विप्लवको तर्फबाट अध्यक्षको उम्मेदवार बनेका अमर झाँक्रीलाई दुई दलले सघाउने निर्णय गरेका छन् । पालिकाको उपाध्यक्षमा भने कांग्रेसले सहमतिमै उम्मेदवारी दिएको छ ।

स्वतन्त्र उम्मेदवारी दिएका भएपनि विप्लवका झाँक्री एमालेको चुनाव चिन्हबाट लड्नेछन् । ७ वडा रहेको सुनछहरीमा कांग्रेसलाई ३, एमालेलाई तीन र विप्लवलाई १ वडा दिने सहमति भएको छ ।

वि.सं.२०७९ वैशाख १२ सोमवार १३:३१ मा प्रकाशित

विद्युतमा भ्याट कार्यान्वयनबारे प्राधिकरण द्विविधामा, आन्तरिक राजस्व विभागसँग स्पष्टिकरण माग

विद्युतमा भ्याट कार्यान्वयनबारे प्राधिकरण द्विविधामा, आन्तरिक राजस्व विभागसँग स्पष्टिकरण माग

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले विद्युत सेवामा मूल्य अभिवृद्धि कर...

अर्को पार्टीमा प्रवेश गर्ने आफ्ना जनप्रतिनिधिमाथि एमालेले गयो कार्वाही

अर्को पार्टीमा प्रवेश गर्ने आफ्ना जनप्रतिनिधिमाथि एमालेले गयो कार्वाही

काठमाडौं । नेकपा (एमाले) ले श्रम संस्कृति पार्टीमा प्रवेश गरेका...

एमाले–नेकपा बीच सातै प्रदेशमा सत्ता सहकार्यको सहमति

एमाले–नेकपा बीच सातै प्रदेशमा सत्ता सहकार्यको सहमति

काठमाडौं । नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बीच...

उर्जामन्त्रीद्वारा इपानका पदाधिकारीहरुसँग छलफल

उर्जामन्त्रीद्वारा इपानका पदाधिकारीहरुसँग छलफल

काठमाडौं । नेपालको स्वच्छ, हरित र भरपर्दो  विद्युतलाई क्षेत्रीय तथा...

मधेसका १० पालिकामा एकीकृत कृषि कार्यक्रम कार्यान्वयन गरिने 

मधेसका १० पालिकामा एकीकृत कृषि कार्यक्रम कार्यान्वयन गरिने 

जनकपुरधाम । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले मधेस प्रदेशका...

‘घुमुवा प्रहरी हुँ’ भन्दै ठगी गर्ने पक्राउ

‘घुमुवा प्रहरी हुँ’ भन्दै ठगी गर्ने पक्राउ

लुम्बिनी । नक्कली रिभल्भर देखाएर ‘घुमुवा प्रहरी हुँ’ भनि ठगी...