back
CTIZAN AD

माछापुच्छ्रे बैंकका ग्राहकले स्कुटर शुन्य प्रतिशत इएमआईमा पाउने

वि.सं.२०७९ वैशाख १३ मंगलवार

726 

shares

काठमाडौं । माछापुच्छ्रे बैंकका ग्राहकले ओकीनावा स्कुटर शुन्य प्रतिशत इएमआईमा पाउने भएका छन् । बैंकले विद्युतीय सवारी साधनको प्रयोगलाई प्राथमिकता दिदै आफ्ना ग्राहकको लागि ओकीनावा ब्राण्डको इलेक्ट्रोनिक स्कुटर शुन्य प्रतिशत इएमआईमा पाउने व्यवस्था गरेको हो ।

बैंकले बीएचसी इन्टरनेशनल प्रा.लि.सँग सम्झौतागरी बैंकको इनष्टापे सुविधामार्फत इलेक्ट्रोनिक ओकीनावा स्कुटर शुन्य प्रतिशत इएमआईमा पाउने सम्झौता गरेको जनाएको छ । उक्त सम्झौतापत्रमा बीएचसी प्रा.लि.को तर्फबाट प्रबन्ध निर्देशक हासिम अन्सारी तथा बैंकका तर्फबाट प्रमुख व्यवसाय अधिकृत डिल्ली राम गिरीले हस्ताक्षर गरेका थिए । पेट्रोलियम पदार्थको खपत बढिरहेको र आयात कम भइरहेको अहिलेको अवस्थामा विद्युतीय सवारी साधनको प्रयोगमा जोड दिने उदेश्य एंवम् वातावरण संरक्षणमा टेवा पुर्याउने उदेश्यका साथ बैंकले उक्त सुविधा सञ्चालनमा ल्याएको जनाएको छ ।

बीएचसी इन्टरनेशनल प्रा.लि.सँगको सम्झौता पछि बैंकका ग्राहकहरुले ६ देखि १८ महिना सम्मका लागि शुन्य प्रतिशत इएमआईमा इनष्टापेमार्फत ओकीनावा ब्राण्डको इलेक्ट्रोनिक स्कुटर खरिद गर्न सक्ने बैंकले जनाएको छ । बैंकका ग्राहकहरुले उक्त सुविधा बैंकको क्रेडिट कार्ड तथा इनष्टापेबाट पाउन सक्ने बताइएको छ । साथै बैंकको क्रेडिट कार्ड नभएका ग्राहकहरुले अनलाइनमार्फत कार्डको लागि आवेदन दिन सक्ने बैंकले जनाएको छ । हाललाई यो सुविधा बीएचसी इन्टरनेशनल प्रा.लि.को नेपाल स्थित सबै शोरुममार्फत प्रदान गरिने बैंकले जनाएको छ ।

बैंकले देशभर रहेका विभिन्न संघ संस्था तथा व्यापार व्यवसायसँग व्यवसायिक सम्झौता गरी आफ्ना ग्राहकहरुलाई आर्कषक सुविधा प्रदान गर्दै आएको जनाएको छ । बैंकका अनुसार बैंकले पूर्वमा झापा देखि पश्चिममा कन्चनपुर साथै हिमाल देखि पहाड र तराई गरी सातै प्रदेशमा आफ्ना १६४ बटा शाखाहरु र १६५ शाखारहित बैकिङ्ग सेवा, ८ एक्सटेन्सन काउण्टर समेत गरी जम्मा ३३७ स्थानवाट १३ लाखभन्दा बढि ग्राहकहरुमा सम्पुर्ण बैंकिङ् सुविधा प्रदान गरिरहेको छ । साथै, बैंकको देशभर २०५ बटा एटीएमहरु संचालनमा रहेको छन् ।

वि.सं.२०७९ वैशाख १३ मंगलवार १२:३५ मा प्रकाशित

एनएमबि बैंकद्वारा व्यक्तिगत तथा व्यावसायिक प्रयोजनका लागि Pre-Owned EV कर्जा सुरु

एनएमबि बैंकद्वारा व्यक्तिगत तथा व्यावसायिक प्रयोजनका लागि Pre-Owned EV कर्जा सुरु

काठमाडा । एनएमबि बैंक लिमिटेडले व्यक्तिगत तथा विभिन्न संघ–संस्थाहरूका लागि...

खल्तीबाट डिम्याट र मेरोशेयर नवीकरण गर्दा १०० प्रतिशत क्यासब्याक जित्ने अवसर

खल्तीबाट डिम्याट र मेरोशेयर नवीकरण गर्दा १०० प्रतिशत क्यासब्याक जित्ने अवसर

काठमाडौं । डिजिटल भुक्तानी सेवा प्रदायक आइएमई खल्ती लिमिटेड (खल्ती)...

यस्तो छ आजका लागि नेृपाली बजारमा विदेशी मुद्राको विनिमयदर

यस्तो छ आजका लागि नेृपाली बजारमा विदेशी मुद्राको विनिमयदर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर...

एनआईसी एशिया बैंकको इजी कार्ड सार्वजनिक : अब घरमै बसेर अन्तर्राष्ट्रिय भुक्तानी गर्न सकिने

एनआईसी एशिया बैंकको इजी कार्ड सार्वजनिक : अब घरमै बसेर अन्तर्राष्ट्रिय भुक्तानी गर्न सकिने

काठमाडौँ । एनआईसी एशिया बैंकले ग्राहकहरूलाई अन्तर्राष्ट्रिय भुक्तानी प्रक्रियालाई सहज...

 शिक्षा र स्वास्थ्य क्षेत्रमा योगदान पुर्याउँदै  सिटिजन्स बैंक

 शिक्षा र स्वास्थ्य क्षेत्रमा योगदान पुर्याउँदै सिटिजन्स बैंक

काठमाडौँ । विगत १९ बर्ष देखि आधुनिक एवं सर्वसुलभ बैंकिङ...

माछापुच्छ्रे बैंक र कर्मचारी सञ्चय कोषबीच सम्झौता हस्ताक्षर

माछापुच्छ्रे बैंक र कर्मचारी सञ्चय कोषबीच सम्झौता हस्ताक्षर

काठमाडौँँ । माछापुच्छ्रे बैंक लिमिटेड र कर्मचारी सञ्चय कोष बीच...