back
CTIZAN AD

दलहरुबाटै आचारसंहिता उल्लङ्घन भएपछि निष्पक्ष र शान्तिपूर्ण निर्वाचनको माग

वि.सं.२०७९ वैशाख १६ शुक्रवार

645 

shares

भक्तपुर । वैशाख ३० गतेको स्थानीय तह निर्वाचनका क्रममा दलहरुबाटै आचारसंहिता उल्लङ्घन भएको भन्दै यसलाई रोक्न निर्वाचनमा भाग लिएका साना दल तथा स्वतन्त्र उम्मेदवारले माग गरेका छन् ।
जिल्ला प्रशासन कार्यलय भक्तपुुरमा बिहीबार मुख्य निर्वाचन अधिकृतको कार्यालयले निर्वाचनबारे छलफल गर्न आयोजना गरेको सर्वदलीय बैठकमा ठूला दलले शक्ति प्रर्दशन गरी निर्वाचन आचारसंहिता उल्लङ्घन गर्दा पनि निर्वाचन आयोगले बेवास्ता गरेको र कारवाही नगरेको भन्दै आक्रोस व्यक्त गरेका हुन् ।
नेपाली कांग्रेसका नेता यादवप्रसाद अधिकारीले आचारसंहिता कडाइकासाथ कार्यान्वयन गर्न जोड दिए । नेकपा (एमाले)का अध्यक्ष वचन देउजाले उम्मेदवारी दर्ताकै दिन दलहरुबाट आचारसंहितामा उल्लङ्घन भएको भन्दै पालना गर्न–गराउन कडाई नगरे दलहरुबीच द्वन्द बढ्ने र त्यसको जिम्मेवारी निर्वाचन आयोगले लिनुपर्ने औल्याए ।

बैठकमा नेमकिपाका केन्द्रीय सदस्य एवं उम्मेदवार रवीन्द्र ज्याख्वाले मनोनयन दर्तामा उपयुक्त व्यवस्थापन नहुँदा अन्तिम नामावली समयमै प्रकाशन नगर्दा दावी विरोधको उजुरी गर्न नपाएको गुनासो गरे ।

राप्रपाका प्रतिनिधि राजिव लामिछानेले विगतका निर्वाचनमा भएको त्रुटी नदोहरिन आयोग सचेत हुनपर्ने जनाउँदै आचारसंहिता पालनामा कडाई गर्न माग गरे । सहभागी स्वतन्त्र उम्मेदवारहरुले ठूला दलले आफ्नो शक्ति प्रर्दशन गरेको, आचारसंहिता व्यापकरुपमा उल्लङ्घन गर्दा पनि आयोगले बेवास्ता गरेको आरोप लगाएका थिए ।

जिल्ला न्यायाधिस एवं मूख्य निर्वाचन अधिकृत गोपालप्रसाद बास्तोलाले ‘सर्भर डाउन’ हुँदा मनोनयन दर्ता र नामावली प्रकाशनमा ढिलासुस्ती भएको भन्दै दलहरुलेनै आचारसंहिता बनाएकोले त्यसबारे दलनै जिम्मेवार हुनुपर्ने तथा शान्तिपूर्णरुपमा सम्पन्न गर्न सबैको सहयोग आवश्यक रहेको बताए ।
कार्यक्रममा भक्तपुरको प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले जिल्ला र नगर निर्वाचन अनुगमन समितिले निर्वाचनको हरेक गतिविधिको अनुगमन गर्ने बताउदै कानुनको पालना गर्नु सबैको कर्तब्य भएको बताइन ।

महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक शिवकुमार श्रेष्ठले निर्वाचनमा खटिने सुरक्षाकर्मीलाई शंकास्पद व्यक्ति र गतिविधिबारे समयमै जानकारी गराउन, चुनावलाई शान्तिपूर्ण बनाउन सबैको भूमिका रहने बताए । नेपाल पत्रकार महासंघ भक्तपुरका सचिव संजिव घिमिरेले निर्वाचन कार्यालयले पत्रकारलाई निर्वाचनका सूचना दिन कन्जुस्याइँ गरेको भन्दै आक्रोस व्यक्त गरे । स्थानीय सञ्चारकर्मीले हालको निर्वाचन प्रक्रिया मिडिया मैत्री नभएको र निर्वाचन कार्यालयले मिडियालाई सहजरुपमा सूचना उपलब्ध नगराएको गुनासो गरेका थिए ।

 

वि.सं.२०७९ वैशाख १६ शुक्रवार १२:५५ मा प्रकाशित

‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत

‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत

काठमाडौँ । प्रतिनिधिसभा बैठकले ‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’...

एडिबीद्वारा ११ करोड ५० लाख अमेरिकी डलरको सहुलियत ऋण स्वीकृत

एडिबीद्वारा ११ करोड ५० लाख अमेरिकी डलरको सहुलियत ऋण स्वीकृत

काठमाडौँ । एसियाली विकास बैंक (एडिबी)ले नेपालका नगरपालिकामा खानेपानी र...

कक्षा १२ को परीक्षाफलमा ६४ प्रतिशत ग्रेडेड

कक्षा १२ को परीक्षाफलमा ६४ प्रतिशत ग्रेडेड

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले आज कक्षा १२ को नतिजा...

रास्वपा महाधिवेशनः भरिन थाले होटल, सहभागीलाई विशेष तयारीको आग्रह

रास्वपा महाधिवेशनः भरिन थाले होटल, सहभागीलाई विशेष तयारीको आग्रह

नारायणगढ (चितवन) । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो महाधिवेशनको मिति...

सातै प्रदेशले आज सार्वजनिक गर्दै नयाँ बजेट, प्रदेश सभामा आयव्यय विवरण प्रस्तुत हुने

सातै प्रदेशले आज सार्वजनिक गर्दै नयाँ बजेट, प्रदेश सभामा आयव्यय विवरण प्रस्तुत हुने

काठमाडौं । आगामी आर्थिक वर्ष २०८३/८४ का लागि सातवटै प्रदेश...

कामपाको नीति तथा कार्यक्रमः फोहोरमैला व्यवस्थापन उच्च प्रथामिकतामा

कामपाको नीति तथा कार्यक्रमः फोहोरमैला व्यवस्थापन उच्च प्रथामिकतामा

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको १९औँ नगर अधिवेशनले आगामी आर्थिक वर्ष...