back
CTIZAN AD

हिमालयन हाइड्रोपावरले आयोजना प्रभावितको लागि आईपिओ निष्काशन गर्ने

वि.सं.२०७९ वैशाख १६ शुक्रवार

921 

shares

काठमाडौं । हिमालयन हाइड्रोपावर लिमिटेडले आयोजना प्रभावित स्थानीयको लागि आईपिओ निष्काशन गर्ने भएको छ । हाइड्रोपावरले आयोजना प्रभावित कास्कीको मादी गाउँपालिकाका वडा नम्बर १, २, ३, ४, ६ र ७का स्थानीयका लागि बैशाख २५ गतेदेखि शेयर निष्काशन गर्न लागेको हो ।

हाइड्रोपावरले स्थानीयका लागि ९ लाख कित्ता शेयर निष्काशन गर्न लागेको हो । उक्त शेयरका लागि स्थानीयले जेठ ८ गतेसम्म र सो अवधिसम्ममा पर्याप्त आवेदन नपरेको खण्डमा जेठ २३ गतेसम्म आवेदन दिन सक्ने छन् । आवेदन दिँदा न्युनतम १० कित्ता र अधिकतम १ लाख कित्ताको लागि आवेदन दिन सकिने छ ।

हाइड्रोपावरले स्थानीयका लागि शेयर निष्काशन गरेपछि पुनः सर्बसाधारणका लागि शेयर निष्काशन गर्ने । कम्पनीलाई नेपाल धितोपत्र बोर्डले बैशाख ४ गते आईपिओ निष्काशनका लागि अनुमति दिएको हो । कम्पनीले आयोजना प्रभावित स्थानीय र सर्वसाधारणलाई गरी कुल २२ करोड ५० लाख रुपैंया बराबरको २२ लाख ५० हजार कित्ता आईपिओ निष्काशन गर्ने छ ।

कम्पनीको शेयर निष्काशनको लागि ग्लोबल आईएमई क्यापिटल बिक्रि प्रबन्धक रहेको छ । कम्पनीले कास्कीमा ११.८८ मेगावाटको नामर्जुन मादी आयोजना निर्माण सम्पन्न गरी विधुत् उत्पादन गरिरहेको छ ।

 

वि.सं.२०७९ वैशाख १६ शुक्रवार १३:२८ मा प्रकाशित

सानिमा बैंकको ६० हजार कित्ता संस्थापक शेयर बिक्रीमा, न्यूनतम मूल्य कति तोकेको छ त ?

सानिमा बैंकको ६० हजार कित्ता संस्थापक शेयर बिक्रीमा, न्यूनतम मूल्य कति तोकेको छ त ?

काठमाडौँ । सानिमा बैंक लिमिटेडले आफ्नो संस्थापक शेयरधनी सुधिर कुमार...

सेयर बजारमा दोहोरो अंकको गिरावट, २१३ कम्पनीको मूल्य घट्यो

सेयर बजारमा दोहोरो अंकको गिरावट, २१३ कम्पनीको मूल्य घट्यो

काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमबार नेपाल स्टक एक्सचेञ्ज...

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

काठमाडौँ । साताको तेस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेन्ज...

नेप्सेमा लगातार पाँच दिन ओरालो लाग्दा लगानीकर्ताको ५८ अर्ब रुपैयाँ स्वाहा !

नेप्सेमा लगातार पाँच दिन ओरालो लाग्दा लगानीकर्ताको ५८ अर्ब रुपैयाँ स्वाहा !

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा पछिल्ला १० दिनमा...

नेप्से परिसूचक सामान्य अङ्कले घट्यो

नेप्से परिसूचक सामान्य अङ्कले घट्यो

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापन नेप्से परिसूचक आज...

नेप्सेको नयाँ सीईओका लागि आवेदन खुला, योग्यता र अनुभव कति चाहिन्छ ?

नेप्सेको नयाँ सीईओका लागि आवेदन खुला, योग्यता र अनुभव कति चाहिन्छ ?

काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) ले नयाँ प्रमुख...