back
CTIZAN AD

संयुक्त राष्ट्रसंघद्वारा काबुलको मस्जिदमा भएको ‘घातक विस्फोट’को निन्दा

वि.सं.२०७९ वैशाख १७ शनिवार

858 

shares

न्यूयोर्क, अमेरिका । संयुक्त राष्ट्रसंघले अफगानिस्तानको राजधानी काबुलमा रहेको सुफी मस्जिदमा शुक्रबार भएको “घातक विस्फोट“ को निन्दा गरेको छ । विस्फोटमाकम्तिमा १० व्यक्तिको मृत्यु भएको छ भने १५ भन्दा बढी घाइते भएका छन् ।

शहरको पश्चिममा दारुलमान क्षेत्रमा अवस्थित खलिफा साहिब मस्जिदमा भएको विस्फोट राजधानी र प्रान्तहरूमा नागरिक लक्ष्यहरूमा भएका शृङ्खलाबद्ध आक्रमणहरूमा सबैभन्दा पछिल्लो घटना हो ।

संयुक्त राष्ट्रसंघ समाचारका अनुसार स्थानीय अस्पतालहरूले धेरै हताहतको आँकडा प्रस्तुत गरेका छन् । जसमा दर्जनौं मारिएका र घाइते भएका छन् । ती मध्ये धेरै बालबालिकाहरू छन् ।

गैर–सरकारी संस्था इमर्जेन्सीद्वारा सञ्चालित एउटा अस्पतालले मात्र २० जनाभन्दा बढी पीडितहरूलाई भर्ना लिएको थियो जसमध्ये दुईजनाको मृत्यु भएको संयुक्त राष्ट्रसंघले जनाएको छ ।

अफगानिस्तानमा संयुक्त राष्ट्रसंघ मानवीय संयोजक रमिज अलकबारोभले एक विज्ञप्तिमा उल्लेख गरेका छन् ।

“रमजानको पवित्र हप्ताको अन्तिम शुक्रबार भएको विष्फोट अफगानिस्तानका जनताका लागि अर्को पीडादायी प्रहार होजो निरन्तर असुरक्षा र हिंसाको सामना गरिरहेका छन्,“ उनले भने ।

“आफ्नो दैनिक कामप्रार्थनाको लागि भेला हुने, विद्यालय वा बजार जाँदा वा कामको बाटोमा जाँदा नागरिकहरूलाई अन्धाधुन्ध रूपमा निशाना बनाइनु अनुचित हो,“ उनले थपे ।

बिहीबार, उत्तरी अफगानिस्तानको मजार–ए–शरीफ सहरमा दुईवटा मिनी बसहरूमा भएका छुट्टाछुट्टै विस्फोटमा कम्तिमा नौ जनाको मृत्यु भएको छ र १५ जना घाइते भएका छन् ।

अलकबारोभले नागरिक र मस्जिदहरू लगायत नागरिक पूर्वाधारहरू विरुद्ध प्रत्यक्ष आक्रमण गर्न अन्तरराष्ट्रिय मानवीय कानूनले कडा रूपमा निषेध गरेको पनि स्मरण गराएका छन् । एएनआई

वि.सं.२०७९ वैशाख १७ शनिवार १७:३१ मा प्रकाशित

सुकी रिहाइको आसियान आह्वान म्यान्माद्वारा अस्वीकार

सुकी रिहाइको आसियान आह्वान म्यान्माद्वारा अस्वीकार

बैङ्कक । म्यान्माको सेना समर्थित सरकारले हिरासतमा रहेकी पूर्वनेता आङ...

बुबाको निधनपछि मेस्सी अनुपस्थित मियामी लिग्स कपमा पराजित

बुबाको निधनपछि मेस्सी अनुपस्थित मियामी लिग्स कपमा पराजित

मियामी । बुबाको निधनपछि लियोनेल मेस्सी अनुपस्थित रहँदा इन्टर मियामीले...

पश्चिमी नाइजरमा बस दुर्घटना हुँदा २१ जनाको मृत्यु, ३७ घाइते

पश्चिमी नाइजरमा बस दुर्घटना हुँदा २१ जनाको मृत्यु, ३७ घाइते

नियामे । पश्चिमी नाइजरमा शुक्रबार दुई यात्रुवाहक बस आपसमा ठोक्किँदा...

क्यानडामा जुलाईमा ७५ हजार रोजगारीका अवसर वृद्धि

क्यानडामा जुलाईमा ७५ हजार रोजगारीका अवसर वृद्धि

क्यानाडाको अर्थतन्त्र क्षेत्रले जुलाईमा ७५ हजार रोजगारीका अवसर वृद्धि गरेको...

युगान्डामा नेतान्याहुका दाजुको स्मारक अनावरण

युगान्डामा नेतान्याहुका दाजुको स्मारक अनावरण

युगान्डाको सेनाले सन् १९७६ मा एन्टेबे विमानस्थलमा गरिएको ऐतिहासिक बन्धक...

अमेरिकी आक्रमण तत्काल स्थगित, ’छिट्टै सम्झौता भए इरानमाथि हमला हुँदैन’ : ट्रम्प

अमेरिकी आक्रमण तत्काल स्थगित, ’छिट्टै सम्झौता भए इरानमाथि हमला हुँदैन’ : ट्रम्प

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग छिट्टै कूटनीतिक सम्झौता...