back
CTIZAN AD

प्रचण्डसँग गरेको बिद्रोह यसैका लागि हो विप्लव कमरेड ?

वि.सं.२०७९ वैशाख १८ आइतवार

867 

shares

श्रद्धेय महासचिव कमरेड लाल सलाम तथा अभिवादन !। केही दिन अघि मात्र कपिलवस्तुमा सप्पन्न केन्द्रीय कमिटी बैठक र सो बैठक पछिका पार्टीका उच्च तहका नेता कमरेडहरुबाट सामाजिक संजाल तथा विभिन्न संचार माध्यमहरुमा व्यक्त प्रतिक्रिया, टिप्पणी तथा एक अर्काको खुला आलोचना भइरहेको देख्दा हामी नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ता तथा शुभचिन्तकहरु अत्यन्तै चिन्तित भएका छौं ।
महासचिव कमरेड !

एकीकृत जनक्रान्ति मार्फत बैज्ञानिक समाजवादमा पुग्ने लक्ष्य लिएको हाम्रो महान तथा गौरवशाली पार्टी केन्द्रिय समितिको निर्णय बिपरित दलाल तथा प्रतिक्रियावादी सत्ताले गराउने कथित स्थानीय निर्वाचनमा भाग लिने वातावरण मिलाइयोस भन्दै निर्वाचन आयोग पुगेको देखिएको छ । केन्द्रीय समितिमा गम्भीर छलफल गर्नु पर्ने बिषयलाई अत्यन्तै क्षणिक समाधान तथा हल्का रुपमा लिइएको छ । जनवादी केन्द्रियता हराएको छ ।अराजकता निम्त्याइएको छ ।

महासचिव कमरेड !
महान सहिदका सपनाहरुलाई बेवास्ता गरिदैछ, बेपत्ता घाइते अपांग परिवारहरुको भावनालाई कुठाराघात गरिदैछ । महान जनवादी क्रान्तिलाई बिर्सजन तर्फ लगिदैछ । के हामीले गरेको महान जनयुद्धको लक्ष्य यहीँ थियो ? के हामीले प्रचण्डसँग गरेको बिद्रोह यसैका लागि थियो ? के मोहन बैध्य कमरेड सँगको बिद्रोह यसैका लागि थियो ? के कुमार पौडेल लगायत १२ जना कमरेडहरुको बलिदानी यसैको लागि थियोे ?

यस्तो सुन्न र देख्नपर्ने हामी कार्याकर्ताले ?? हामी हाम्रो पार्टी नेतृत्वप्रति गम्भीर खबरदारी गर्न चाहन्छौं ।अब त नेतृत्वले एक–एक प्रश्नहरुको जवाफ आम नेपाली नागरिकहरुलाई दिनुपर्छ । महान सहिदहरुको बलिदानीमाथि खेलबाड गर्ने अधिकार कोही कसैलाई पनि छैन । तत्काल नेतृत्वले गल्ती सच्चाउनु पर्छ । पार्टी बिभाजन रोक्न ऐतिहासिक पहल गर्नुपर्छ ।

श्रद्धेय महासचिव कमरेड !
प्रश्नहरु हजारौं छन् । हामीले सबै प्रश्नहरुको गम्भीर समिक्षा गर्नैपर्छ । एकीकृत जनक्रान्ति भनिरहँदा पार्टी नेतृत्वले किन अहिलेसम्म एउटा पार्टीसँग पनि एकता गर्न सकेन ? रणनीतिक मोर्चा कहाँ पुग्यो ? संगठनलाई किन व्यापक तरिकाबाट बिस्तार गर्न सकिएन ?, राष्ट्रियताको आन्दोलनलाई किन सशक्त रुपमा अगाडि बढाइएन ? सामाजिक अराजकता, अनियन्त्रित मूल्यबृद्धि लगायत सवालमा किन गम्भीर ध्यान दिइएन ? यी सबै प्रश्नको उत्तर जनतालाई नेतृत्वले दिनुपर्छ । हाम्रो पार्टी अरु दलाल तथा भ्रष्ट पार्टीहरु जस्तो हुने छुट छैन, कथित संसदवादमा रुमलिन छुट छैन, बिदेशी दलालहरु संग झुक्ने छुट छैन । परिस्थिति हिजो र आजमा कुनै परिवर्तन आएको छैन । तत्कालीन ओलि सरकारसँग नेतृत्वले गरेको ३ बुदे सहमति कहाँ लागू भयो ? खोइ हामीले भनेको जनमत संग्रह ? खोइ दलाल सत्ता र बैज्ञानिक समाजवाद रोज्न पाउने जनताको अधिकार ? किन त्यो संझौता कार्यान्वयन गर्न ÷ गराउन सकेनौं ? खोइ यसको समिक्षा गर्नु पर्दैन ? नेतृत्वको ध्यान त्यता जानु जरुरी छ ।

श्रद्धेय महासचिव !
आज मैले यी बिषयहरु उठाइरहँदा म आफै चिन्तित छु । पार्टीको भविष्यमाथि कालो बादल मडारिएको महसुस भएको छ । हाम्रो पार्टी बिभाजन गर्न देशीविदेशी प्रतिक्रियावादीहरु लागेको बुझ्न गाह्रो भएन । हाम्रो नेतृत्व भनेको धातुले बनेको र आगोमा खारिएको नेतृत्व भएको नाताले अहिले पार्टीमा देखिएका समस्याहरु तथा अराजकताहरुको तत्काल अन्त्य हुनु जरुरी छ । जिवन्त पार्टीमा फरक बिचार हुनु, छलफल, बहस हुनु स्वाभाविक नै हो तर यस्तो जिम्मेवार पार्टी र नेतृत्व खुला रुपमा बहसमा उत्रिनु र एक अर्कालाई गम्भीर आरोप लगाइनुलाई सामान्य रुपमा बुझ्न सकिदैन । यस्ता अराजक चिन्तन र प्रबृतिले पार्टी र जनवादी क्रान्ति अगाडि बढ्न सक्दैन । हाम्रो पार्टी र नेतृत्व यी बिषयमा गम्भीर भएन भने संगठनमा गम्भीर समस्या सृजना हुने र यसले पार्टीलाई नै बिभाजनतर्फ डो¥याउने अबस्था आउन सक्छ ।

त्यसकारण पार्टी र नेतृत्वले तत्काल केन्द्रीय कमिटीको बैठक आह्वान गरि समस्या समाधान गरोस् । अन्यथा आम कार्याकर्ता तथा शुभचिन्तकहरुको धैर्यता टुट्यो भने त्यो नेतृत्वको लागि दुर्भाग्यपूर्ण हुनेछ र क्रान्तिकारीहरु अर्को मोर्चा खडा गरि ऐतिहासिक पहलकदमी लिन बाध्य हुनेछन् । अझ केहीदिन अघि मात्र हेमन्त र धर्मेन्द्र कमरेडलाई कारबाही गरिएको छ । यसले पार्टीलाई कुन दिशातिर लैजान्छ नेतृत्वलाई थाहा छ कि छैन ? करोडौं करोड लेनदेनका कुरा आएका छन् । सबैभन्दा आर्थिक पारदर्शिताको कुरा गर्ने पार्टीमा यो के हो ?

यस्तो सुन्न र देख्नपर्ने हामी कार्याकर्ताले ?? हामी हाम्रो पार्टी नेतृत्वप्रति गम्भीर खबरदारी गर्न चाहन्छौं ।अब त नेतृत्वले एक–एक प्रश्नहरुको जवाफ आम नेपाली नागरिकहरुलाई दिनुपर्छ । महान सहिदहरुको बलिदानीमाथि खेलबाड गर्ने अधिकार कोही कसैलाई पनि छैन । तत्काल नेतृत्वले गल्ती सच्चाउनु पर्छ । पार्टी बिभाजन रोक्न ऐतिहासिक पहल गर्नुपर्छ ।

वि.सं.२०७९ वैशाख १८ आइतवार १४:४३ मा प्रकाशित

हेटौंडा कपडा उद्योग एक वर्षमै ‘सेतो हात्ती’ बन्न सक्ने भन्दै पूर्व प्रशासकको सरकारलाई सुझाव

हेटौंडा कपडा उद्योग एक वर्षमै ‘सेतो हात्ती’ बन्न सक्ने भन्दै पूर्व प्रशासकको सरकारलाई सुझाव

न्यौपानेका अनुसार हेटौंडा कपडा उद्योगसँगै विगतमा बन्द भएका अन्य सरकारी...

१२ वर्ष देखी नेपाली फुटबल खेलेका आइभरी कोस्टका खेलाडीको स्वदेश फर्किन सहयोगको अपिल

१२ वर्ष देखी नेपाली फुटबल खेलेका आइभरी कोस्टका खेलाडीको स्वदेश फर्किन सहयोगको अपिल

काठमाडौँ । नेपाली फुटबलमा विगत १२ वर्षदेखि सक्रिय रहेका आइभरी...

गैरआवासीय नेपालीलाई नागरिकसरह समान अधिकार दिन आग्रह गर्दै निर्मल पुर्जाले लेखेका थिए स्टाटस

गैरआवासीय नेपालीलाई नागरिकसरह समान अधिकार दिन आग्रह गर्दै निर्मल पुर्जाले लेखेका थिए स्टाटस

काठमाडौं । पाकिस्तानको काराकोरम पर्वत शृङ्खलामा रहेको ८,०५१ मिटर अग्लो...

What Nepal Can Learn from China’s Agricultural Transformation

What Nepal Can Learn from China’s Agricultural Transformation

When people think about China's agricultural transformation, they often imagine...

जिम्बु थकाली रेष्टुरेन्टले गुरुग्राममा शाखा सञ्चालनमा ल्याउँदै

जिम्बु थकाली रेष्टुरेन्टले गुरुग्राममा शाखा सञ्चालनमा ल्याउँदै

जिम्बु थकाली रेष्टुरेन्टले भारतको हरियाणा राज्यस्थित गुरुग्राममा आफ्नो पहिलो अन्तर्राष्ट्रिय...

सापटी दिएको पैसा फिर्ता माग्दै समाजसेवी थापाले भने ….

सापटी दिएको पैसा फिर्ता माग्दै समाजसेवी थापाले भने ….

काठमाडौं । अमेरिकामा बसोबास गर्दै आएका नेपाली समाजसेवी हेम थापाले...