back
CTIZAN AD

मारिउपोलस्थित स्टील उद्योगबाट ५० जनालाई बाहिर निकालिएको रुसको दाबी

वि.सं.२०७९ वैशाख १९ सोमवार

861 

shares

मस्को । युक्रेनको मारिउपोलमा रहेको स्टिल उद्योगमा थुनिएका झन्डै ५० जनालाई बाहिर निकालिएको छ ।

रुसको रक्षा मन्त्रालयले उनीहरूलाई स्टिल उद्योगको भवनबाट बाहिर निकालिएको आइतबार जानकारी दिएको छ ।

“यही अप्रिल ३० मा मानवीयतालाई ध्यान दिँदै र अन्तर्राष्ट्रिय समुदायको कुरालाई समेत मानेर हामीले उनीहरूलाई सकुशल भवनबाट बाहिर निकालेका छौँ,” मन्त्रालयले भनेको छ ।

तीमध्ये २५ जनाले दिउँसोतिर त्यो ठाउँ छोडेका थिए भने बेलुकातिर २१ जनाले छोडेका थिए । त्यसपछि उनीहरूलाई मारिउपोलबाट रुसतर्फ जाने बाटोमा पर्ने रुसको सिमानामा रहेको बेजिमेन्नीमा लगिएको छ ।

युद्ध विरामको समयमा ती सर्वसाधारणहरूलाई घेराबन्दीमा रहेको मारिउपोलस्थित एजोभस्टाल उद्योग परिसरबाट उद्धार गरिएको रुस र युक्रेन दुवैले पुष्टि गरेका छन् ।

अघिल्लो हप्ता रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले उक्त उद्योग क्षेत्रलाई घेराबन्दी गर्न आदेश दिएपछि उनीहरू थुनिएका थिए ।

थुनामा रहेका अन्य झन्डै एक हजार सर्वसाधारणहरूलाई बाहिर निस्कन दिनेबारेमा अहिले पनि वार्ता भइरहेको छ ।एएफपी

वि.सं.२०७९ वैशाख १९ सोमवार ०८:१२ मा प्रकाशित

सुकी रिहाइको आसियान आह्वान म्यान्माद्वारा अस्वीकार

सुकी रिहाइको आसियान आह्वान म्यान्माद्वारा अस्वीकार

बैङ्कक । म्यान्माको सेना समर्थित सरकारले हिरासतमा रहेकी पूर्वनेता आङ...

बुबाको निधनपछि मेस्सी अनुपस्थित मियामी लिग्स कपमा पराजित

बुबाको निधनपछि मेस्सी अनुपस्थित मियामी लिग्स कपमा पराजित

मियामी । बुबाको निधनपछि लियोनेल मेस्सी अनुपस्थित रहँदा इन्टर मियामीले...

पश्चिमी नाइजरमा बस दुर्घटना हुँदा २१ जनाको मृत्यु, ३७ घाइते

पश्चिमी नाइजरमा बस दुर्घटना हुँदा २१ जनाको मृत्यु, ३७ घाइते

नियामे । पश्चिमी नाइजरमा शुक्रबार दुई यात्रुवाहक बस आपसमा ठोक्किँदा...

क्यानडामा जुलाईमा ७५ हजार रोजगारीका अवसर वृद्धि

क्यानडामा जुलाईमा ७५ हजार रोजगारीका अवसर वृद्धि

क्यानाडाको अर्थतन्त्र क्षेत्रले जुलाईमा ७५ हजार रोजगारीका अवसर वृद्धि गरेको...

युगान्डामा नेतान्याहुका दाजुको स्मारक अनावरण

युगान्डामा नेतान्याहुका दाजुको स्मारक अनावरण

युगान्डाको सेनाले सन् १९७६ मा एन्टेबे विमानस्थलमा गरिएको ऐतिहासिक बन्धक...

अमेरिकी आक्रमण तत्काल स्थगित, ’छिट्टै सम्झौता भए इरानमाथि हमला हुँदैन’ : ट्रम्प

अमेरिकी आक्रमण तत्काल स्थगित, ’छिट्टै सम्झौता भए इरानमाथि हमला हुँदैन’ : ट्रम्प

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग छिट्टै कूटनीतिक सम्झौता...