back

वीरगन्जका प्रथम नगरप्रमुख मानन्धरको निधन

वि.सं.२०७३ चैत ६ आइतवार

639 

shares

६ चैत,पर्सा  । वीरगन्जका पहिलो नगरप्रमुख केशरप्रसाद मानन्धरको आज बिहान उपचारका क्रममा निधन भएको छ ।
लामो समयदेखि दम र श्वासप्रश्वासको समस्याबाट ग्रसित ९५ वर्षीय मानन्धरको वीरगन्जको नारायणी उपक्षेत्रीय अस्पतालमा बिहान ५ः३० बजे निधन भएको हो ।

श्वास लिन गाह्रो भएपछि दुई हप्ताअगाडि मानन्धरलाई वीरगन्जकै नेसनल मेडिकल कलेजको सघन उपचार कक्षमा भर्ना गरिएको थियो । स्वास्थ्यमा सुधार देखिएपछि उहाँलाई चार दिनअगाडि नाराणी उपक्षेत्रीय अस्पतालमा भर्ना गरिएको थियो. ।

विसं १९७९ असोज २८ गते वीरगन्जको बिर्तामा जन्मिनुभएका मानन्धर वीरगन्जकै तत्कालीन त्रिजुद्ध हाइस्कुलमा शिक्षकका रुपमा कार्यरत रहँदाकै बखत २०१० सालमा वीरगन्जको पहिलो ‘मेयर’मा निर्वाचित हुनुभएको थियो । पहिलो कार्यकाल सकिएपछि २०१४ सालमा पनि उहाँ प्रमुखको चुनावमा निर्वाचित हुनुभएको थियो । रासस

वि.सं.२०७३ चैत ६ आइतवार ०७:३३ मा प्रकाशित

Himalayan Life AD
बालबालिकाको निःशुल्क मुटु परीक्षण

बालबालिकाको निःशुल्क मुटु परीक्षण

नुवाकोट । यहाँको शिवपुरी गाउँपालिका–८ स्थित जनज्ञान माध्यमिक विद्यालयका बालबालिकाको...

महाकाली प्रादेशिक अस्पतालः विशेषज्ञ सेवा बढेपछि बिरामीलाई शय्या अभाव

महाकाली प्रादेशिक अस्पतालः विशेषज्ञ सेवा बढेपछि बिरामीलाई शय्या अभाव

दोधारा चाँदनी (कञ्चनपुर) । महाकाली प्रादेशिक अस्पतालमा विशेषज्ञ सेवा सुरु...

हिमालयन एभरेष्ट इन्स्योरेन्सद्वारा सहयोग प्रदान

हिमालयन एभरेष्ट इन्स्योरेन्सद्वारा सहयोग प्रदान

काठमाडौँ । हिमालयन एभरेष्ट इन्स्योरेन्सले इलाका प्रहरी कार्यालय दमकलाई आवस्यक...

आश्रम निर्माणमा जुट्यो दुई करोड ६६ लाख

आश्रम निर्माणमा जुट्यो दुई करोड ६६ लाख

गलकोट (बागलुङ) । मानव सेवा आश्रम बागलुङ शाखाको भवन निर्माणका...

महिनावारीमैत्री शौचालय नहुँदा सेवा लिन डर

महिनावारीमैत्री शौचालय नहुँदा सेवा लिन डर

विराटनगर । प्रदेशकै ठुलो सरकारी अस्पताल कोशी अस्पतालमा दिनहुँ बिहान...

सिन्धुलीमा सवारी दुर्घटना : दुईजनाको मृत्यु, चारजना घाइते

सिन्धुलीमा सवारी दुर्घटना : दुईजनाको मृत्यु, चारजना घाइते

कमलामाई (सिन्धुली) । सिन्धुलीको दुधौली नगरपालिका–४ लक्ष्मीपुरस्थित मदनभण्डारी राजमार्गमा आज...