back
CTIZAN AD

वीरगन्जका प्रथम नगरप्रमुख मानन्धरको निधन

वि.सं.२०७३ चैत ६ आइतवार

879 

shares

६ चैत,पर्सा  । वीरगन्जका पहिलो नगरप्रमुख केशरप्रसाद मानन्धरको आज बिहान उपचारका क्रममा निधन भएको छ ।
लामो समयदेखि दम र श्वासप्रश्वासको समस्याबाट ग्रसित ९५ वर्षीय मानन्धरको वीरगन्जको नारायणी उपक्षेत्रीय अस्पतालमा बिहान ५ः३० बजे निधन भएको हो ।

श्वास लिन गाह्रो भएपछि दुई हप्ताअगाडि मानन्धरलाई वीरगन्जकै नेसनल मेडिकल कलेजको सघन उपचार कक्षमा भर्ना गरिएको थियो । स्वास्थ्यमा सुधार देखिएपछि उहाँलाई चार दिनअगाडि नाराणी उपक्षेत्रीय अस्पतालमा भर्ना गरिएको थियो. ।

विसं १९७९ असोज २८ गते वीरगन्जको बिर्तामा जन्मिनुभएका मानन्धर वीरगन्जकै तत्कालीन त्रिजुद्ध हाइस्कुलमा शिक्षकका रुपमा कार्यरत रहँदाकै बखत २०१० सालमा वीरगन्जको पहिलो ‘मेयर’मा निर्वाचित हुनुभएको थियो । पहिलो कार्यकाल सकिएपछि २०१४ सालमा पनि उहाँ प्रमुखको चुनावमा निर्वाचित हुनुभएको थियो । रासस

वि.सं.२०७३ चैत ६ आइतवार ०७:३३ मा प्रकाशित

संवाद र सहमतिबाट परिस्थितिलाई सहज बनाऔँ : संयोजक दाहाल

संवाद र सहमतिबाट परिस्थितिलाई सहज बनाऔँ : संयोजक दाहाल

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संवाद,...

नेपालमा बाघको सङ्ख्या ४२९

नेपालमा बाघको सङ्ख्या ४२९

काठमाडौँ । पछिल्लो गणनाअनुसार नेपालमा बाघको सङ्ख्या ४२९ पुगेको छ...

सार्वजनिक वित्तीय व्यवस्थापन सुधार कार्यान्वयन कार्ययोजना सार्वजनिक

सार्वजनिक वित्तीय व्यवस्थापन सुधार कार्यान्वयन कार्ययोजना सार्वजनिक

काठमाडौँ । सरकारले सार्वजनिक वित्तीय व्यवस्थापन प्रणालीलाई प्रभावकारी, पारदर्शी, उत्तरदायी...

क्यान्सर अस्पतालमा ‘किमो’ लगाउने बिरामीको चाप

क्यान्सर अस्पतालमा ‘किमो’ लगाउने बिरामीको चाप

चितवन । बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा शय्या र जनशक्तिका...

एकै दिन विपद्का ४२ घटना, तीन जनाको मृत्यु

एकै दिन विपद्का ४२ घटना, तीन जनाको मृत्यु

काठमाडौँ । एकै दिन देशका विभिन्न भागमा विभिन्न प्रकारका विपद्का...

सुनको मूल्य घट्यो, चाँदीको बढ्यो

सुनको मूल्य घट्यो, चाँदीको बढ्यो

काठमाडौँ । स्थानीय बजारमा आज सुनको मूल्य केही घटेको छ...