back
CTIZAN AD

पत्रकार महासङ्घ जुम्लामा महत

वि.सं.२०७३ चैत ६ आइतवार

900 

shares

 ६ चैत,जुम्ला । नेपाल पत्रकार महासङ् जुम्लाको पाँचौँ जिल्ला अधिवेशनले बरमबहादुर महतका अध्यक्षतामा १५ सदस्यीय नयाँ जिल्ला कार्यसमिति गठन भएको छ ।

अधिवेशनले खुला उपाध्यक्षमा नेत्रबहादुर शाही, समावेशी उपाध्यक्षमा गीता शाही महत, सचिवमा धनबहादुर बुढा, कोषाध्यक्षमा ईश्वरी देवकोटा, खुला सहसचिवमा भरतबहादुर बोहोरा र समावेशी सहसचिवमा नौरते नेपालीलाई चयन गरेको छ । त्यस्तै खुला सदस्यमा विजय रावत, धर्मसिंह कठायत, कृष्णबहादुर बोहोरा, महिला सदस्यमा विष्णुमाया रोकाया र रतन नेपाली, आदिवासी÷जनजाति सदस्यमा साङ्मु लामा, दलित सदस्यमा तीर्थ वड, अपाङ्गता भएका सदस्यमा सूर्यबहादुर अधिकारी निर्वाचित हुनुभएको छ ।
प्रदेश पार्षद्मा सुरजकुमार सिंह, धनलाल बस्नेत, पदम रोकाया, शिवराज न्यौपाने, खगेन्द्रबहादुर मल्ल, देवीप्रसाद पाण्डे, शिवा शाही, कर्णबहादुर भण्डारी, तुलराम रावत, कृष्णमाया उपाध्याय, धीरज महत, जयऋषि उपाध्याय र मोहनविक्रम शाही रहेको अध्यक्ष महतले जनाउनुभयो ।

त्यसैगरी केन्द्रीय पार्षद्मा नरेश भण्डारी, रमेश आचार्य, पूर्णप्रसाद चौलागार्इं, गोर्खबहादुर थापा, नेत्रबहादुर शाही, भीम नेपाली साने, नरेन्द्रनाथ योगी, उमेश आचार्य, इन्दिरा थारु र लक्ष्मीप्रसाद देवकोटा रहेको नेपाल पत्रकार महासङ्घ जिल्ला शाखा जुम्लाले जनाएको छ ।

अधिवेशनको बन्दसत्रमा नेपाल पत्रकार महासङ्घका केन्द्रीय सचिव प्रभात चलाउनेले खोज तथा अनुसन्धानमूलक पत्रकारितामा जोड दिन सबै पत्रकारलाई सुझाव दिनुभयो । निर्वाचन मण्डलका सदस्य राजबहादुर कुँवरले महासङ्घले कर्णालीको इतिहास तयार गर्नुपर्ने बताउनुपर्ने बताउनुभयो । रासस

वि.सं.२०७३ चैत ६ आइतवार ०७:३४ मा प्रकाशित

नेपाल टेलिकमको ‘मनसुन अफर २०८३’ सार्वजनिक, के-के छन त नयाँ सुविधा

नेपाल टेलिकमको ‘मनसुन अफर २०८३’ सार्वजनिक, के-के छन त नयाँ सुविधा

काठमाडौँ । नेपाल टेलिकमले आफ्ना ग्राहकहरूका लागि थप आकर्षक प्याकेज...

नेपाल राष्ट्र बैंकद्वारा वित्तीय ठगीबाट बच्न सर्वसाधारणमा सचेतनामूलक सन्देश जारी

नेपाल राष्ट्र बैंकद्वारा वित्तीय ठगीबाट बच्न सर्वसाधारणमा सचेतनामूलक सन्देश जारी

काठमाडौँ । नेपाल राष्ट्र बैंकले पछिल्लो समय प्रविधिको विकाससँगै बढ्दै...

पहिरामा परी एकाघरका दुई जनाको मृत्यु

पहिरामा परी एकाघरका दुई जनाको मृत्यु

गण्डकी । पहिरामा परी लमजुङको मध्यनेपाल नगरपालिका–७ भाटवेशीमा बुबा र...

नेप्सेको नयाँ सीईओका लागि आवेदन खुला, योग्यता र अनुभव कति चाहिन्छ ?

नेप्सेको नयाँ सीईओका लागि आवेदन खुला, योग्यता र अनुभव कति चाहिन्छ ?

काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) ले नयाँ प्रमुख...

ह्वातै घट्यो सुनको मूल्य प्रतितोला कतिमा हुँदै छ कारोबार ?

ह्वातै घट्यो सुनको मूल्य प्रतितोला कतिमा हुँदै छ कारोबार ?

काठमाडौँ । आज नेपाली बजारमा सुनको मूल्य घटेको छ ।...

करिडोरमा ठोकिँदा ट्रकमा आगलागी, चालकको जलेर मृत्यु

करिडोरमा ठोकिँदा ट्रकमा आगलागी, चालकको जलेर मृत्यु

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिका–४ फलामेटारस्थित तमोर करिडोर सडकखण्डमा ब्रेक...