back
CTIZAN AD

बेल्जियममा पनि नेपाली पञ्चेबाजा तथा नौमती बाजाको शुभारम्भ

वि.सं.२०७९ वैशाख २१ बुधवार

954 

shares

युके । युरो नेपाल कलाकार संघ (ऐना) ले बेल्जियमको लुभेनमा नेपाली पञ्चेबाजा तथा नौमती बाजाको शुभारम्भ गरेको छ ।

नौमती बाजा समुहको युरोपमा पहिलो स्थापना र सन्चालनमा आधिकारीक कार्यक्रमको उद्घघाटन गर्दै प्रमुख अतिथि एवम् बेनेलुक्सका लागि नेपाली राजदूत गेहेन्द्रराज राजभण्डारीले विदेशी भूमिमा पनि नेपाली कला–संस्कृतिको संरक्षणका लागि ‘ऐना’ले खेलेको भूमिका प्रशंसनीय भएको भन्दै देश चिनाउने यस्ता सुकर्मलाई निरन्तरता दिन आग्रह गरेका थिए ।

पञ्चेबाजा तथा नौमती बाजाले प्रवासमा नेपालको मौलिकता प्रवद्र्धन गरेकोमा आफू अत्यन्त खुसी भएको भन्दै उनले यो बाजा प्रवद्र्धनका लागि दूतावासले आवश्यक सहयोग उपलब्ध गराउने प्रतिबद्धता समेत जनाए ।

यस्तै बिशेष अथितिमा AIF, VZW का प्रतीनीधी Miguel Estrada को उपस्थिति रहेको थियो । उनले नेपाली कम्युनीटीको यस्ता कार्यले स्थानिय अन्य स्थानियबासीसंग राम्रो सम्बन्ध सुधार हुने बताए ।

कार्यक्रमका विशेष अतिथि गैरआवासीय नेपाली संघ बेल्जियमका अध्यक्ष खड्गबहादुर केसीले ‘ऐना’ले प्रवासमा पनि नेपाली मौलिक संस्कृतिको जगेर्ना गर्न सफल भएकोमा खुसी व्यक्त गर्दै यो कार्यलाई निरन्तरता दिन सुझाव दिएका थिए भने अर्का अतिथि नेपाली व्यवसायी संघ बेल्जियमका अध्यक्ष यमु निरौलाले प्रवासमा मानिसले यान्त्रिकरूपले समय गुजारीरहेको अवस्थामा पनि पञ्चेबाजा प्रवद्र्धनका लागि ऐनाले खेलेको भूमिका सह्राहनीय भएको भन्दै यसलाई व्यवसायीक रुपमा अघि बढाउन समेत सुझाव दिए ।

त्यस्तै बेलायतबाट अतिथिको रुपमा उपस्थित भएका प्रथम नौमती बाजा गुल्मी युके समुहका प्रमुख ओम थापा काउचाले नौमती बाजा विषेशता र नेपाल बाहिर पहिलो नौमती समुहको स्थापना गर्दाको आफ्नो बिगतबारे भनाई राख्दै पछिल्लो समयमा विश्वमै नौमती बाजाको बिकास र संचालनमा आएको पाउँदा गौरव लागेको बताए ।

‘हामी बिश्वभरी रहेका नेपालीहरुले जन्मभूमी राष्ट्रका निम्ती पर्यटन प्रवद्र्धनमा टेवा पुर्याउन आ–आफ्नो ठाउँबाट एम्वासडरको भुमिका भुमिका खेल्न जरुरी छ । आफ्नो कला र संस्कृतिलाई प्रवद्र्धन र सम्बद्र्धनका लागि नौमती बाजाको छुट्टै महत्व हुनेछ ।

काउचाले नौमती समुहहरूलाई प्रोत्सान र सहयोगको खाँचो रहेको भन्दै नौमती पन्चेबाजा समुहलाई युरोपमा पहिलो स्थापना सन्चालन गरेको तथा प्रथम नौमती बाजा गुल्मी युके समुहलाई बिषेस सम्मान गरेकोमा आभार व्यक्त गरेका थिए ।

कार्यक्रममा युरो नेपाल कलाकार संघका अध्यक्ष एवं कार्यक्रमका सभापति बलराम पुनले नेपालमा समेत लोप हुँदै गएको पञ्चेबाजा (नौमती) को संरक्षण, उत्थान तथा प्रचारप्रसार गर्नका लागि आफूहरूले निकै प्रयत्न गर्नुपरेको उल्लेख गर्दै आगामी दिनमा यो बाजा विवाह, ब्रतबन्ध, जन्मोत्सव लगायतका शुभ कार्यमा व्यवसायिक रूपले बजाउन सकिने जानकारी दिए ।

अध्यक्ष पुनले नेपाल कला–संस्कृतिको धनी देश भएकोले नेपालमा रहेका कला संस्कृति विदेशमा, खासगरी युरोपमा आफूहरूले संरक्षण र सम्वद्र्धनका लागि जमर्को गरेको बताउँदै यसमा सबैलाई सहयोग गर्न अनुरोध गरेका थिए ।

नौमती बाजा गुल्मी युके समुहलाई सम्मान
सो अवसरमा नेपालदेखि बाहिर पहिलो नौमती बाजा स्थापना सन्चालनमा ल्याएका प्रथम नौमती बाजा गुल्मी युके समुहका प्रमुख सयोजक तथा गुल्मी जिल्ला समाज युकेका सस्थापक अध्यक्ष हाल टष्ट्री सल्लाहकार, ग्रेटर रशमोर नेपाली कम्युनिटीका पूर्वअध्यक्ष तथा गैरआवासीय नेपाली संघ बेलायतका सल्लाहाकार ओम थापा काउछा र समुहका सक्रिय सदस्य पदम गुरुङलाई बिशेष अतिथिमा निमन्त्रण गरिएको थियो ।

May be an image of 8 people, people standing and indoor

कार्यक्रममा प्रथम नौमती समुह युके समुहले बेलायत तथा युरोपमा पुर्याएको अतुलनिय कार्य र थापा र गुरुङकै सल्ल्लाह र सुझामा बेल्जियममा पनि नौमती बाजा समूह स्थापना गर्न सफल भएको भन्दै बिषेस सम्मान स्वरुप युरो नेपाल कलाकार संघका अध्यक्ष एवं कार्यक्रमका सभापति बलराम पुन र प्रमुखअतिथि एवम् बेनेलुक्सका लागि नेपाली राजदूत गेहेन्द्रराज राजभण्डारीको हातबाट ईएनएए पन्चेबाजा समुह र बेल्जियमबासीको तर्फबाट मायाको चिनोसहित सम्मान गरिएको थियो ।

May be an image of 7 people, people standing and indoor

कार्यक्रममा स्वागत मन्तव्यका क्रममा ऐनाका वरिष्ठ उपाध्यक्ष गडुलध्वज गुरुङले पञ्चेबाजा जनसमक्ष ल्याउन आफूहरूले चार वर्षदेखि अथक प्रयास गरेको अनुभव सुनाउँदै सबैको निरन्तर प्रयासले यसलाई प्रवासमा स्थापित गर्न सकेकोमा खसी व्यक्त गरेका थिए । उनले अगामी दिनमा आफूहरूले मनोरञ्जन तथा व्यवसायिक रुपमा समुदायसमक्ष प्रस्तुत गर्न सक्ने जानकारी गराए ।

कार्यक्रम सन्चालन युरो नेपाल कलाकार संघका सचिव संजय केसीले गरेका थिए ।

स्मरण रहोस्, ‘ऐना’ संसारभरबाट बेल्जियममा आएर बसोबास गर्ने कलाकारहरूको साझा संगठन हो । यो संगठनले बेल्जियममा नेपाली कला, गीत संगीत र नृत्यको संरक्षण तथा सम्वर्द्धनको कार्य गर्दै आएको छ । यो संस्था सन् २००९ देखि बेल्जियममा क्रियाशील छ ।

वि.सं.२०७९ वैशाख २१ बुधवार १५:०९ मा प्रकाशित

‘बर्डफ्लु’ नियन्त्रणका लागि आकस्मिक कार्य सुरु,१० जिल्लामा ५ लाख बढी कुखुरा नष्ट

‘बर्डफ्लु’ नियन्त्रणका लागि आकस्मिक कार्य सुरु,१० जिल्लामा ५ लाख बढी कुखुरा नष्ट

कीर्तिपुर (काठमाडौँ) । सरकारले बर्डफ्लु प्रभावित क्षेत्रमा रोग नियन्त्रण र...

विदेशबाट फर्किएर पशुपालन व्यवसायमा रमाउँदै ढुंगाना

विदेशबाट फर्किएर पशुपालन व्यवसायमा रमाउँदै ढुंगाना

म्याग्दी (बेनी) । म्याग्दीमा वैदेशिक रोजगारी त्यागेर पशुपालनमा लागेका युवाले...

कोरलानाका भन्सारबाट छ अर्ब ६६ करोड बढी राजस्व सङ्कलन

कोरलानाका भन्सारबाट छ अर्ब ६६ करोड बढी राजस्व सङ्कलन

मुस्ताङ । यहाँको उपल्लो मुस्ताङस्थित लोमान्थाङ–१ न्हेचुङमा रहेको मुस्ताङ भन्सार...

एक सय ८० मेगावाट क्षमताको कालीगण्डकी गर्ज जलविद्युत् आयोजना निर्माण सुरु

एक सय ८० मेगावाट क्षमताको कालीगण्डकी गर्ज जलविद्युत् आयोजना निर्माण सुरु

म्याग्दी । म्याग्दीमा १८० मेगावाट क्षमताको कालीगण्डकी गर्ज जलविद्युत् आयोजना...

लिटमस इन्डस्ट्रिजलाई सीएनआईद्वारा ’भारततर्फ सबैभन्दा बढी निकासी गर्ने उद्योग’ पुरस्कार प्रदान

लिटमस इन्डस्ट्रिजलाई सीएनआईद्वारा ’भारततर्फ सबैभन्दा बढी निकासी गर्ने उद्योग’ पुरस्कार प्रदान

काठमाडौँ । नेपालको प्रतिष्ठित औद्योगिक घराना लिटमस इन्डस्ट्रिज लिमिटेडले नेपाल...

चित्रपुरमा आँप महोत्सवः आँपको स्वाद चखाउने र चिनाउने कार्य एकैसाथ

चित्रपुरमा आँप महोत्सवः आँपको स्वाद चखाउने र चिनाउने कार्य एकैसाथ

महेन्द्रनगर (धनुषा) । धनुषाको बटेश्वर गाउँपालिका–१ चित्रपुरमा आगामी असारको पहिलो...