back
CTIZAN AD

बस र जीप ठोक्किदा ५ जनाको मृत्यु, १८ जना घाईते

वि.सं.२०७९ वैशाख २१ बुधवार

804 

shares

काठमाडौं । काभ्रेको रोशी गाउँपालिकामा तीर्थ यात्रु सवार बस र जीप ठोक्किदा ५ जनाको मृत्यु भएको छ ।

बीपी राजमार्ग अन्तर्गत काभ्रेको रोशी गाउँपालिका ११ मा भएको उक्त दुर्घटनामा एक बालकसहित ५ जनाको मृत्यु भएको र १८ जना घाईते भएको प्रहरीले जनाएको छ ।

काभ्रेका एसपी चक्रराज जोशीका अनुसार सिन्धुलीबाट काठमाडौंतर्फ आइरहेको ना १ ज ४२१० नम्बरको जीप र काठमाडौंबाट भारततिर तिर्थयात्री बोकेर गइरहेको यूपी ५८३८१८१ नम्बरको बस ठोक्किदा पाँचजनाको मृत्यु भएको हो ।

दुर्घटनामा परेर मृत्यु हुनेमा जिपमा सवार सिन्धुलीको कमलामाई–७ का ३१ वर्षीय बिक्रम श्रेष्ठ, कमलामाई–४ का ४५ वर्षीय हरिबहादुर बल रामेछापकी ३५ वर्षीया सम्झना भुसाल, उनको ७ वर्षीय छोरा संगित भुसाल र सुनकोशी–१ की ४४ वर्षीया प्रमिला नेपाली रहेको जोशीले जानकारी दिएका छन् ।

त्यस्तै जीपमा सवार ८ र बसमा सवार १० गरी १८ जना घाईतेका धुलिखेल अस्पतालमा उपचार भइरहेको पनि प्रहरीले जनाएको छ ।

वि.सं.२०७९ वैशाख २१ बुधवार १५:२४ मा प्रकाशित

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको दैनिक काममा जटलिता नरहेको राष्ट्र बैंकको स्पष्टोक्ति

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको दैनिक काममा जटलिता नरहेको राष्ट्र बैंकको स्पष्टोक्ति

काठमाडौँ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लमिटेडका सञ्चालकहरू तथा प्रमुख...

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज...

पत्रकार किशोर श्रेष्ठलाई तत्काल रिहा गर्न प्रगतिशील लोकतान्त्रिक पार्टीको माग

पत्रकार किशोर श्रेष्ठलाई तत्काल रिहा गर्न प्रगतिशील लोकतान्त्रिक पार्टीको माग

काठमाडौँ । प्रगतिशील लोकतान्त्रिक पार्टी(प्रलोपा) ले वरिष्ठ पत्रकार तथा जनआस्था...

कांग्रेसले महिला उद्यमशीलता सम्मेलन गर्ने

कांग्रेसले महिला उद्यमशीलता सम्मेलन गर्ने

काठमाडौं । नेपाली कांग्रेसले आगामी भदौ ११ गते महिला उद्यमशीलता...

प्रहरी प्रमुखलाई तथानाम गर्नु अक्षम्य : रमेश खरेल

प्रहरी प्रमुखलाई तथानाम गर्नु अक्षम्य : रमेश खरेल

काठमाडौं । नेपाल प्रहरीका भूतपूर्व डिआईजी रमेश खरेलले प्रहरीको सर्वोच्च...

इजाजतपत्रप्राप्त गाइडमार्फत मात्र पर्यटकीय सेवा सञ्चालन गर्न निर्देशन

इजाजतपत्रप्राप्त गाइडमार्फत मात्र पर्यटकीय सेवा सञ्चालन गर्न निर्देशन

काठमाडौं । बागमती प्रदेश सरकार, उद्योग, पर्यटन, श्रम तथा यातायात...