काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले ‘प्लाटिनम प्लस बचत खाता’ सञ्चालनमा ल्याएको छ । बैंकले सो खातामा बचत गर्दा वार्षिक ८.०३५ प्रतिशत ब्याजदर दिने जनाएको छ ।
बैंकका अनुसार आकर्षक प्रतिफलका अतिरिक्त, प्लाटिनम प्लस बचत खाता खोल्ने ग्राहकहरुले मासिक ब्याज भुक्तानी पाउनेछन् । बैंकले प्रायोरिटी बैंकिङ सेवा, लकर सेवा शुल्कमा ५० प्रतिशतका छुट(पहिलो वर्षको लागि), पहिलो वर्ष निःशुल्क डेबिट कार्ड, इन्टरनेट बैंकिङ जस्ता सुविधा पनि प्रदान गरिने जनाएको छ ।
बैंकको १९० शाखा कार्यालयहरुबाट सहजै प्लाटिनम प्लस बचत खाता खोल्न सकिने बैंकले जनाएको छ ।
वि.सं.२०७९ वैशाख २१ बुधवार १७:१८ मा प्रकाशित




























