
काठमाडौं । भारतमा तन्दूर पसलमा कबाब बनाउँदै गरेका एक पसलेको तस्बिरले विश्व अवार्ड जितेको छ । धुँवाले भरिएको ठाउँमा काम गर्दै गरेका स्ट्रेट फूड व्यापारीको भारतीय फोटोग्राफर देवदक्त चक्रवतीले लिएको तस्बिरले अवार्ड जितेको हो ।
चक्रवर्तीले भारत प्रशासित कश्मीरको श्रीनगरमा तस्बिर खिचेका हुन् । उनले यो तस्बिरको नाम कब्बैयाना राखेका छन् ।
उनले यो तस्बिर राति भीडभाड भएको सडकमा खिचेका थिए, जहाँ पसलहरूले तंदूरमा कोइला जलाएर वाज्वान कबाब र अन्य सडक खाना बनाउन लगाएका थिए।
फोटो प्रतियोगितामा विश्वका ६० भन्दा बढी देशबाट हजारौं मानिसले आफ्नो फोटो पठाएका थिए । लाइभ स्ट्रिम कार्यक्रममार्फत फोटो विजेताहरूको नाम घोषणा गरिएको थियो। विभिन्न विधामा बिजेता छनोट गरिएको छ ।
चर्चामा चीनको चेन यिङबाट लिइएको परम्परागत सीपहरू
यो तस्बिर चीनको फुजियान प्रान्तको जियाङ काउन्टीको कैलियन गाउँको सानो फार्महाउसमा खिचिएको हो । तस्बिरमा एक परिवार सदस्यहरु मिलेर चामल र मुगको पकौडा बनाउँदै छन् । ठूलो स्टीमरमा पकौडाहरू तयार भइरहेको थियो । चीनमा नयाँ वर्षको अवसरमा यस्ता खानाहरु बनाइने गरिन्छ ।
स्टकफिश सुकाउने
यो तस्बिर बेलायतकी कासिया सिसिलस्का फेबरले खिचेकी हुन् । यो तस्बिर नर्वेको लोफोटेन टापुको हो । जहाँ धेरै स्टक माछाहरू सँगै झुण्डिएका छन्।
पानीको संकट
यो तस्बिर बंगलादेशका फोटोग्राफर केएम असदले खिचेका हुन् । तस्बिर सेप्टेम्बर २०२१ को हो। जसमा बंगलादेशको ढाकाको चाड गार्डेन बस्तीमा एउटी सानी केटी आफ्नी जेठी बहिनीसँग पानी भरिरहेकी छिन्। सहरका सुकुम्बासी बस्तीमा बिहान र बेलुका दिनमा दुई पटक मात्रै पानी पाउँछन् ।
माछा प्रशोधन गर्दै
यो तस्बिर बंगलादेशका रुपकोथा रोय बराईले खिचेकी हुन् । तस्बिरमा महिलाहरू काँचो माछा सङ्कलन गर्दै छन् । उनीहरु उक्त माछालाई पछि प्रयोगमा ल्याउँछन् ।
पिंक लेडी फूड फोटोग्राफर अफ द इयर (दक्षिण पूर्व एशिया)
यो तस्बिर भियतनामका थिएन गुएन अंगोकले खिचेका हुन् । सबै तस्बिरहरू पिंक लेडी फूड फोटोग्राफर अफ द इयर २०२२ को सौजन्य। २० नोभेम्बर देखि १२ डिसेम्बर २०२२ सम्म ब्रिस्टलको रोयल फोटोग्राफिक सोसाइटीमा फाइनलिस्टहरूको प्रदर्शनी हुनेछ। एजेन्सीबाट