back
CTIZAN AD

भरतपुरको सभामा देउवाले भने – रेनुजस्तो काम गर्नेलाई हराउँदा जनताले के भन्छन् ?

वि.सं.२०७९ वैशाख २२ बिहीवार

801 

shares

काठमाडौं । प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भरतपुर महानगरपालिकाको मेयरको उम्मेदवार बनेकी रेनु दाहाललाई जिताउन पार्टी पंक्तिलाई आग्रह गरेका छन्। बिहीबार भरतपुरमा आयोजित गठबन्धनको संयुक्त चुनावी सभालाई सम्बोधन गर्दै देउवाले दाहालको कार्यकालमा भरतपुरका हरेक गल्ली पिच भएको बताए ।

“यस्तो काम गर्ने मान्छे मेयर नभएर को हुन्छ त ?”, देउवाले भने, “यस्तो काम गर्ने मान्छेलाई हरायो भने भरतपुरका जनताले के भन्लान् ?”

रेनुजी बेरुजु नभएको नगरपालिकाको मेयर भएको देउवाको भनाइ छ। “ठाउँ–ठाउँमा पिच भएको छ, कालोपत्रे भएको छ। यहाँको भाउ बढिसक्यो, सबैलाई थाहा छ नि”, देउवाले भनेका छन्, “स्मार्ट सिटीको कुरा उठाउनु भएको छ, अन्तर्राष्ट्रिय क्रिकेट मैदान बनाउने भन्नु भएको छ, यो सानो कुरा हो ? इन्टरनेसनल कन्फरेन्स हल बनाउने कुरा गर्नु भएको छ, यो सानो कुरा हो ?”

कुनै पनि पार्टीले पनि बहुमत ल्याउन नसक्ने भएकाले मुलुकमा गठबन्धन आवश्यक रहेको देउवाको भनाइ थियो । उनले गठबन्धन तोड्ने सबै खालका षडयन्त्रलाई परास्त पारिने बताए ।

वि.सं.२०७९ वैशाख २२ बिहीवार १७:०५ मा प्रकाशित

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको दैनिक काममा जटलिता नरहेको राष्ट्र बैंकको स्पष्टोक्ति

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको दैनिक काममा जटलिता नरहेको राष्ट्र बैंकको स्पष्टोक्ति

काठमाडौँ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लमिटेडका सञ्चालकहरू तथा प्रमुख...

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज...

पत्रकार किशोर श्रेष्ठलाई तत्काल रिहा गर्न प्रगतिशील लोकतान्त्रिक पार्टीको माग

पत्रकार किशोर श्रेष्ठलाई तत्काल रिहा गर्न प्रगतिशील लोकतान्त्रिक पार्टीको माग

काठमाडौँ । प्रगतिशील लोकतान्त्रिक पार्टी(प्रलोपा) ले वरिष्ठ पत्रकार तथा जनआस्था...

कांग्रेसले महिला उद्यमशीलता सम्मेलन गर्ने

कांग्रेसले महिला उद्यमशीलता सम्मेलन गर्ने

काठमाडौं । नेपाली कांग्रेसले आगामी भदौ ११ गते महिला उद्यमशीलता...

प्रहरी प्रमुखलाई तथानाम गर्नु अक्षम्य : रमेश खरेल

प्रहरी प्रमुखलाई तथानाम गर्नु अक्षम्य : रमेश खरेल

काठमाडौं । नेपाल प्रहरीका भूतपूर्व डिआईजी रमेश खरेलले प्रहरीको सर्वोच्च...

इजाजतपत्रप्राप्त गाइडमार्फत मात्र पर्यटकीय सेवा सञ्चालन गर्न निर्देशन

इजाजतपत्रप्राप्त गाइडमार्फत मात्र पर्यटकीय सेवा सञ्चालन गर्न निर्देशन

काठमाडौं । बागमती प्रदेश सरकार, उद्योग, पर्यटन, श्रम तथा यातायात...