back
CTIZAN AD

अमेरिकाद्वारा नेपाललाई ७९ अर्ब ७१ करोड अनुदान

वि.सं.२०७९ वैशाख २३ शुक्रवार

567 

shares

काठमाडौं । अमेरिकाले नेपाललाई एमसीसीभन्दा पनि ठूलो आर्थिक सहयोग प्रदान गर्ने भएको छ ।

बिहीबार अर्थमन्त्रालयमा आयोजित एक कार्यक्रममा अमेरिकी अन्तर्राष्ट्रिय आर्थिक सहयोग नियोग (यूएसएआईडी) का प्रतिनिधिले नेपाललाई ६५९ मिलियन डलर अर्थात् ७९ अर्ब ७१ करोड रुपैयाँ आर्थिक सहयोग अनुदान स्वरुप उपलब्ध गराउने घोषणा गरेका हुन् ।

अनुदान सहयोगसम्बन्धी सम्झौता पत्रमा युएसएआआइडीका निर्देशक सेपिदेह केवंशद र नेपालको तर्फबाट अर्थ मन्त्रालयको अन्तर्राष्ट्रिय आर्थिक सहयोग समन्वय महाशाखाका प्रमुख ईश्वरीप्रसाद अर्यालले हस्ताक्षर गरेका छन् ।

सम्झौताअनुसार सो आर्थिक सहयोगले नेपालको समग्र आर्थिक सामाजिक स्तरको वृद्धि विकाससँगै प्राकृतिक प्रकोप र जलवायु परिवर्तनको जोखिममा रहेका समुदायको प्रतिरोधात्मक क्षमता बढाएर नेपालको दिगो विकासमा सहयोग पुर्याउने लक्ष्य लिएको बताइएको छ । साथै सो सहयोगले मुलुकको गुणस्तरीय शिक्षा एवं स्वास्थ्य प्रणाली, दिगो ऊर्जा र कृषि विकासमा समेत उपयोगीमूलक सुधार ल्याई समग्र नेपालको आर्थिकस्तर नै माथि उठाएर मुलुकलाई विकासशील मुलुकबाट मध्य आयमुलक मुलुकमा स्तरोन्नती गराउने अपेक्षा गरिएको छ । यस परियोजनाको समयावधि पाँच वर्षको हुने सहमतिपत्रमा उल्लेख गरिएको छ ।

वि.सं.२०७९ वैशाख २३ शुक्रवार ०७:१८ मा प्रकाशित

संशोधित कार्यविधिअनुसार काम गर्न राष्ट्र बैंकद्वारा बैंक तथा वित्तीय संस्थालाई निर्देशन

संशोधित कार्यविधिअनुसार काम गर्न राष्ट्र बैंकद्वारा बैंक तथा वित्तीय संस्थालाई निर्देशन

काठमाडौँ । नेपाल राष्ट्र बैंकले सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदानसम्बन्धी...

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज...

कृषि नीति असफलताको कारण र सुधारको बाटो

कृषि नीति असफलताको कारण र सुधारको बाटो

​ हाम्रो अवस्था र परनिर्भरताको विडम्बना ​नेपालको संविधान, राष्ट्रिय दीर्घकालीन...

यस्तो छ  आजका लागि विदेशी मुद्राको विनिमयदर

यस्तो छ  आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ ।  नेपाल राष्ट्र बैङ्कले आज (बिहिबार)का लागि विदेशी मुद्राको...

यी दश सहकारीका १९७ बचतकर्ताले पाए बचत रकम फिर्ता

यी दश सहकारीका १९७ बचतकर्ताले पाए बचत रकम फिर्ता

काठमाडौँ ।   विभिन्न १० सहकारी संस्थाका १९७ जना बचतकर्ताले रकम...

नेपालमा मोन्ट्रा इलेक्ट्रिकको प्रवेश, ८ लाख ६४ हजार ९०० रुपैयाँमा ‘सुपर अटो’ सार्वजनिक

नेपालमा मोन्ट्रा इलेक्ट्रिकको प्रवेश, ८ लाख ६४ हजार ९०० रुपैयाँमा ‘सुपर अटो’ सार्वजनिक

काठमाडौं । भारतीय इलेक्ट्रिक कमर्सियल भेहिकल ब्रान्ड मोन्ट्रा इलेक्ट्रिकले आफ्नो...